काठमाडौँ- बिहीबार भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्। उनले नेपाली जनता तथा नेपाल सरकारका तर्फबाट राष्ट्रपति मुर्मुलाई बधाई दिएका हुन्। उनले सामाजिक सञ्जालबाट भारतको १५ औँ राष्ट्रपति निर्वाचित भएकामा मुर्मुलाई बधाई दिएका हुन्। द्रौपदी मुर्मु आदिवासी समुदायबाट भारतको उपल्लो पदमा पुग्ने पहिलो महिला हुन्।