रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात ठप्प

रसुवागढी नाकाबाट चीनतर्फ हुने निर्यात एक वर्षदेखि ठप्प छ । आयात पनि न्यून मात्रामा भइरहेको छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको एक वर्ष पूरा भयो । अहिले नाकाबाट दैनिक चाइनिज ५ कन्टेनर मात्र सामान आयात भइरहेको छ ।

सम्बन्धित सामग्री

केरुङ-रसुवागढी नाका दुईतर्फी खुल्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो ।आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्।  तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निर्यात पनि निरन्तर हुने अपेक्षा गरिएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले नेपालबाट हुने निर्यातअन्तर्गत खाद्य सामग्रीमा रोक लगाएको थियो ।

रसुवागढी नाकामा वितरण गरिने 'चाइना पास' एक वर्षदेखि राेकियाे

रसुवा - चीन प्रवेश रसुवाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) को वितरण एक वर्षदेखि रोकिएको छ । कोभिड–१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मंसिर २७ गतेदेखि पास वितरण रोकेको छ । नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण बन्द गरिएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो । ‘गएको एक वर्षदेखि हामीले पास जारी गरेका छैनौँ’, उहाँले भन्नुभयो, ‘नाकाबाट पार...

ढुवानी भाडा बढेपछि बढ्यो तयारी कपडाको मूल्य

काठमाडौं । ढुवानी भाडा बढेपछि तयारी कपडाको मूल्य बढेको छ । कोरोना महामारी शुरू भएयता अन्तरराष्ट्रिय बजारमा मजदूरको पारिश्रमिक वृद्धि हुनुका साथै ढुवानी भाडा बढेपछि विदेशबाट नेपालमा आयात हुने विभिन्न ब्रान्डका तयारी कपडाको मूल्य बढेको व्यापारीहरूले बताएका छन् । आइतवार राष्ट्रिय व्यापारसंघले काठमाडौंमा आयोजना गरेको १७औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशनमा बोल्दै नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठले कोरोना महामारीका कारण चीनतर्फका तातोपानी र रसुवागढी नाकाको अवस्था व्यापारीहरूका लागि भयावहजस्तै बनेकाले ढुवानी भाडा अत्यधिक रूपमा बढेको बताए । उनका अनुसार रसुवागढी नाकाबाट नेपाली व्यापारीहरूले सामान अयात गर्दा चीन तर्फबाट नेपालतर्फको सिमानामा सामान ल्याई पुर्‍याउन २२ किलोमीटर दूरीमा प्रतिगाडी भाडादर ४ लाख ५० हजार रुपैयाँभन्दा बढी तिर्नु परेको छ । यसले गर्दा यसअघि बजारमा १ हजार रुपैयाँ पर्ने जुनसुकै तयारी कपडाको मूल्य यतिबेला १५ सय रुपैयाँभन्दा बढी पर्ने गरेको छ । ‘विगतको तुलनामा ढुवानी भाडा निक्कै बढेको छ । त्यसैले कपडाको लागत बढेको देखिन जान्छ र बजारमा कपडा महँगो दरमा बेच्नुपर्ने बाध्यता छ,’ कार्यक्रममा बोल्दै उनले भने । चीनतर्फका दुवै नाकामा बारम्बार समस्या देखिने भएकाले कतिपय आयातकर्ता व्यवसायीले भारतको बाटो हुँदै जहाजमा सामान आयात गर्नु परेकाले पनि भाडादर महँगो पर्ने गरेको व्यापारीहरूको भनाइ छ । यसरी सामान अयात गर्दा व्यापारीहरूले ३ देखि ४ गुनासम्म बढी भाडा तिर्नुपर्दा व्यापारीहरूका साथसाथै सर्वसाधारण उपभोक्तासमेत मारमा परिरहेका छन् । सामान्य अवस्थामा पानि जहाजबाट सामान आयात गर्दा प्रतिकन्टेनर भाडा २ हजार अमेरिकी डलर थियो भने हालप्रति कन्टेनर सामानको भाडा ५ हजारदेखि ६ हजार अमेरिकी डलरसम्म पर्ने गरेको व्यापारीहरू बताउँछन् । महामारीको बढ्दो प्रभावका कारण एकातर्फ बढी भाडादर तिर्नु परेको र अर्कातर्फ अर्डर गरेको सामान समयमा आइनपुग्दा व्यापारीहरू झनै प्रताडित भएको नेपाल राष्ट्रिय व्यापार संघका अध्यक्ष नरेश कटुवालले बताए । उनका अनुसार महामारीको प्रभावका कारण पछिल्लो २ वर्षदेखि चीनले अघोषित रूपमा नाकाबन्दी गरिरहेको छनक दिइरहेकाले जाडो मौसममा आउनुपर्ने सामान गर्मीमा र गर्मी मौसममा आउनुपर्ने सामान जाडो महीनामा आउने समस्या बढेको छ ।

रसुवागढी नाकाबाट दुई वर्षदेखि विदेशी पर्यटकको आगमन ठप्प

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवाको रसुवागढीबाट दुई वर्षदेखि पर्यटक आगमन ठप्प रहेको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमपछि रसुवागढीबाट चिनियाँ तथा विदेशी पर्यटक आगमन ठप्प भएको हो । नाकाबाट मानिसको आवतजावतमा रोक लगाइएको छ । सन् २०२० पछि नाकाबाट पर्यटकको आगमन नभएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो । ‘२०२० जनवरीपछि नाकाबाट पर्यटक आएका छैनन्’, उहाँले भन्नुभयो, ‘नाकाबाट मानिसको आवतजावत खुला गरेपछि मात्र पर्यटक आउने क्रम सुरु हुनेछ ।’  रसुवागढी अध्याम...

रसुवागढी नाकाबाट भित्रियो १०० थान विद्युतीय कार

असोज १६, रसुवा ।यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।            आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० थान नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले बताएको छ । रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौं लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए।            आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ । कारबाट भन्सार शुल्कबापत १० करोड ९८ लाख रुपैयाँभन्दा बढी रकम राजस्व असुली भएको छ । धुँवा तथा आवाजरहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने बताइएको छ ।            रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए। डिजेल पेट्रोलजस्ता इन्धनबाट चल्ने अन्य सवारी साधनभन्दा चिनियाँ विद्युतीय कार गुडाउन अत्यन्तै सहज हुने बताइएको छ ।            गत आर्थिक वर्षदेखि हालसम्म करीब ८०० साना ठूला सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार अधिकारीले बताए । ठूलो सङ्ख्यामा लामबद्ध रूपले सेतो रङका चिनियाँ कार गुड्दा शुक्रवार राजमार्गमा निकै आकर्षण बढेको थियो । रासस

कोभिड–१९ का कारण चीनसँगकाे पहिलाे अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या

रसुवा – काेभिड–१९ का कारण चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । फैलिँदो कोरोना सङ्क्रमण र जोखिमका कारण नेपाल र चीन दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाउँदा प्रसारण लाइन निर्माण अघि बढ्न सकेको छैन । डेढ वर्षदेखि रसुवागढी नाकाबाट मानिसको आवतजावत ठप्प भएका कारण दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाएका हुन् । नेपाली पक्षले चीनतर्फ र चिनियाँ पक्षले नेपालतर्फ अध्ययन तथा अवलोकन गर्नुपर्ने भए पनि नाकाबाट आवतजावत हुन नपाउँदा समस्या भएको रातमाटे–रसुवागढी&nda...

कोरोनाको जोखिम कम भएपछि मात्र आयात निर्यात सहज हुने

कोरोनाको जोखिम घटेपछि मात्र पहिलेको अवस्थामा नाका सञ्चालन हुने देखिएको छ। रसुवागढी नाकाबाट दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एक वर्षदेखि मान्छेको आवतजावत रोकिएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासमा डेड वर्षदेखि सामग्री निर्यात हुन प...

डेढ वर्षदेखि रसुवागढी नाकाबाट निर्यात ठप्प

भाषाको समस्या समाधान हुने क्रममा रहेको समयमा चीनको उहानमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले निर्यातको लागि अझै अनुमति नदिएको हो। २०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात नभएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

डेड वर्षदेखि रसुवागढी नाकाबाट निर्यात ठप्प

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेड वर्षदेखि नेपाली सामग्रीको निर्यात ठप्प भएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले निर्यातमा रोक लगाएको थियो ।

रसुवागढी नाकाबाट भेडाच्याङ्ग्रा आयात घट्यो

यो वर्ष रसुवागढी नाकाबाट ५५ ओटा भेडाच्याङ्ग्रा मात्र आयात भएको छ । तिब्बतमा भेडाच्याङ्ग्र्राको मूल्य बढेको र उत्पादन भएको च्याङग्रा त्यहीँ खपत हुने भएको कारण आयातमा कमी आएको हो । दशैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडाच्याङ्ग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ ।