काठमाण्डाै – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । आज आइतवार नियुक्त भएका आठ मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सपथ ग्रहण गरेका छन् ।
प्रदेश १ मा मन्त्रालयको सङ्ख्या सातबाट बढाएर १३ पुर्याइएकाे छ भने एक राज्यमन्त्रीसहित प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।
आज नियुक्त भएका मन्त्रीहरूमा रामकुमार राई– खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, झलकबहादुर मगर– कृषि मन्त्री, राजन राई– सामाजिक विकास मन्त्री र खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृत...