नेकपा एमालेका नेता एवम् राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्ने बताएका छन् । शनिबार काठमाडौंमा युथ फोर्स भ्याली कमाण्डको घोषणा एवं सपथ कार्यक्रममा बोल्दै उनले एमाले फुटाउने गरी अध्यादेश नल्याउन सरकारलाई चेतावनी दिएका हुन् । उनले एमालेलाई कमजोर बनाउनेगरी अध्यादेश ल्याए युथ फोर्सले देशभरी आगो बाल्ने उल्लेख गरे । उनले युथ फोर्स कुनै बौद्धिक समूहको विरुद्धमा खोलिएको संगठन नभएको बताउँदै चावहिलको भट्टीमा बसेर जाँड खाँदै बौद्धिक अराजकता मच्चाउनेका