काठमाडौँ । बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर आज दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार दिउँसो १ बजेर ६ मिनेटमा ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको थियो ।
काठमाडौं काठमाडौंको वसन्तपुरस्थित ऐतिहासिक श्रीखण्ड तरुमुल महाविहारका सदस्यहरूले जीवित देवदेवी गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरी यस वर्षको मोहनी नखः मनाएका छन्। श्रीखण्ड तरुमुल महाविहार संरक्षण तथा सञ्चालन समितिको आयोजनामा परम्परागत नेवारी बाजागाजासहित नगर परिक्रमा गरी जीवित देवदेवीको घरमा पुगेर पूजाअर्चना गरिएको थियो। त्यसपछि गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरिएको हो। […]
काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित गर्न नमिल्ने फैसला गरेको छ । कैदहदको सुविधा पाएकै आधारमा प्यारोल रोक्नु कानुनसम्मत नहुने ठहर गर्दै अदालतले संघीय प्रोबेसन तथा प्यारोल बोर्डको निर्णय उल्ट्याएको हो । दुई फरक कसुरमा कैद सजाय तोकिएको अवस्थामा अधिकतम कैद अवधिभित्र अर्को कसुरको छोटो कैद अवधि समायोजन हुने व्यवस्थालाई ‘कैद […]
एजेन्सी । यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तरराष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडानहरू पुनः सुरु भएका छन् । यद्यपि, इरान समर्थित यस समूहले आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ । ’फ्लाइट राडार’ नामक अनुगमन साइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाह तर्फ गइरहेको […]
मेचीदेखि महाकालीसम्मको प्रस्तावित पदयात्रालाई रास्वपा नेता डा. अमरेशकुमार सिंहको व्यक्तिगत राजनीतिक अभियानका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । यो तराई–मधेशका नागरिकका समस्या बुझ्ने, वर्षौँदेखि अधुरा विकास आयोजनाको अवस्था नियाल्ने र नागरिकका अपेक्षालाई राष्ट्रिय राजनीतिको केन्द्रमा …