मदन–विद्यापुत्री उषाकिरणलाई काठमाडौं-२ मा उठाउने एमाले तयारी

३१ साउन, काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् । भर्खरै भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेको छ । सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरियाे […]

सम्बन्धित सामग्री

काठमाडौं–२ (ख)मा राप्रपाका विष्ट निर्वाचित

काठमाडौं, ७ मंसिर । काठमाडौं–२ प्रदेशसभा (ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्ट निर्वाचित भएका छन् । विष्टले ३ हजार ७८ मतान्तरले पराजित गर्दै १२ हजार १६३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार सुवण श्रेष्ठले ९ हजार ८५ मत ल्याएका छन् । तेस्रो स्थानमा भने सत्तागठबन्धनका भरत फुयाल रहेका […]

काठमाडौं-२ मा सर्वदलीय बैठक सुरु

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुने जनाइएको छ । काठमाडौं-२ मा नेकपा एमालेबाट मणिराम फुयाल, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम मुख्य प्रतिस्पर्धामा छन् ।

काठमाडौं-२ मा राप्रपाको घरदैलो कार्यक्रम

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएकाे छ । राप्रपा की नेतृ तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ति पोखरेलले विकास, समृद्धि र राष्ट्रियताका लागि आफ्नो पार्टीले जित्नुपर्ने बताउनुभएको हाे । आज आइतबार काठमाडौं-२ मा घरदैलोका क्रममा नवदुर्गा टोल सुधार समितिले गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्ताे […]

काठमाडौं-२ मा माओवादीबाट ओनसरी घर्तीलाई टिकट

माओवादी केन्द्रले काठमाडौं क्षेत्र नंबर २ मा ओनसरी घर्तीलाई टिकट दिएको छ । सत्ता गठबन्धनले गरेको भागबण्डामा माओवादी केन्द्रको भागमा काठमाडौं-२ परेपछि अन्तिम समयमा आएर घर्तीलाई टिकट दिएको हो ।  यसअघि माओवादीका स्थानीय नेता कृष्णराज सुवेदीलाई टिकट दिने चर्चा चलेपनि उनले पाउन सकेनन् । सो निर्वाचन क्षेत्रबाट अघिल्लो प्रतिनिधि सभाको चुनावमा माधव नेपाल विजयी भएका थिए । त्यसअघि २०७० को निर्वाचनमा पनि माधव नेपाल विजयी भएका थिए तर उनी रौतहटबाट पनि विजयी भएकोले सो क्षेत्र छोडेका थिए । त्यसपछि भए

रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने

काठमाडौं, असोज ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् । काठमाडौं–२ मा गठबन्धनतर्फका र एमालेका उम्मेदवार कमजोर देखिएपछि लामिछानेले उक्त क्षेत्रबाट चुनावमा उठ्ने तयारी गरेका हुन् । आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले यसअघि काठमाडौं–५ वा २ मध्ये एक क्षेत्रबबाट चुनाव लड्ने योजना बनाएका […]

काठमाडौं-२ मा अधिकारीको स्वतन्त्र उम्मेदवारी घोषणा

४ असोज, काठमाडौं ।  आगामी प्रतिनिधिसभा चुनावका लागि काठमाडौं- २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । कानून व्यवसायी समेत रहेका अधिकारीले मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले  त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका थिए ।  उनले ‘आर्टिफिसिएल इन्टेलिजेन्स’बारे त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधी समेत गरेका छन् […]

माधवले छाडेपछि काठमाडौं-२ मा गठबन्धनबाट को होला उम्मेदवार ?

२६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ को चुनाव जितेको काठमाडौं २ बाट उम्मेदवार नबन्ने भएका छन् । एकीकृत समाजवादीको काठमाडौं–२ क्षेत्रीय समितिले उम्मेदवार बनाउने सर्वसम्मत निर्णय पनि गरेको क्षेत्र छाडेर नेपाल रौतहट १ बाट चुनाव लड्ने छन् । गत निर्वाचनमा एमालेबाट विजयी नेपालले काठमाडौं २ बाट चुनाव नलड्ने भएपछि समाजवादीकै […]

माधव नेपाल जितेको काठमाडौं-२ मा कस्को पल्लाभारी (अंकगणितसहित)

काठमाडौं, ५ भाद्र । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौं-२ या रौतहट-१ मध्ये कुन क्षेत्रबाट उम्मेदवार बन्ने हुन् ? चासो बनेको छ । २०७४ को चुनावमा उनी काठाडौं २ बाट विजयी भएका थिए । विगतमा पनि उनी उक्त क्षेत्रलाई चुनावी क्षेत्र बनाउँदै आएका छन् । काठमाडौं-२ बाट २०७४ को चुनावमा नेपाल २७ हजार ३६६ मत ल्याई विजयी […]

काठमाडौं–२ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल

काठमाडौं, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोख्रेलले पार्टीले टिकट दिए काठमाडौं–२ मा आफूले नै जित्ने दाबी गरेकी छन् । शनिवार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्–‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु […]

काठमाडौं २ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले पार्टीले टिकट दिए काठमाडौं २ मा आफूले नै जित्ने दाबी गरेकी छन् । शनिबार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले भनिन्, ‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु पार्टीका अग्रजहरूले आशीर्वाद दिनुहुनेछ । यहाँ उपस्थित सबै साथीहरूलाई भन्न चाहन्छु हाम्रो एजेन्डा स्थापित गर्न लागि परौँ । हाम्रो जित सुनिश्चित छ।’देशका फरक विचारधारा ब