नवौं खेलकुदका लागि तीन दिनमै कभर्ड हल चिटिक्क

३ कात्तिक, गलकोट । लामो समयको प्रयासमा निर्माण गरिएको बागलुङको बाङ्गेचौरस्थित कभर्डहलमा नवौं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिताका लागि पर्याप्त आवश्यक पूर्वाधार थिएन । सानो कभर्डहल, बाहिरी संरचना अस्तव्यस्त, टिनको छानोमुनी खेल आयोजना गर्न निकै कठिन र चुनौतीपूर्णनै थियो । विद्युत्, खानेपानी तथा शौचालयको व्यवस्थापन नभएको सो हल तीन दिनमै चिटिक्क पर्‍यो । हलको रातारात मर्मत […]

सम्बन्धित सामग्री

खेलकुद पूर्वाधारमा हेलचेक्र्याइँ

नेपालले क्रिकेट, फुटबलमा राम्रैसँग सफलता प्राप्त गरिरहेको छ । क्रिकेटमा त विश्व कप खेल्न सक्ने हैसियत बनाइसकेको छ । तर, दुर्भाग्य नेपालको अझै स्तरीय क्रिकेट ग्राउन्ड नै छैन । क्रिकेटमात्र होइन, अन्य खेलकुदका लागि पनि पूर्वाधार बनाउन सकिएको छैन । सरकारले विभिन्न परियोजनाका लागि बजेट विनियोजन गरे पनि पर्याप्त छैन । खेलाडीले खर्च गर्दा जहिले पनि मुठी कस्नुपर्ने अवस्था छ । नेपालको खेलकुदमा क्रिकेटले कम महत्त्व पाए पनि यसले अन्तरराष्ट्रिय उपाधि र र्‍यान्किङमा भने निकै सुधार गरेको छ । विश्वकप छनोट खेलमा पर्न सक्नु पनि यसको ठूलो उपलब्धि हो यद्यपि आउँदै गरेको विश्वकप खेल्न भने नेपाल वञ्चित भएको छ । १९ वर्षभन्दा कम उमेरसमूहको विश्व कपमा नेपालले भाग लिन पाउने भएको छ । यसरी समग्रमा क्रिकेटमा नेपालले ठूलै उपलब्धि प्राप्त गरेको देखिन्छ । अहिलेसम्म त्रिभुवन विश्वविद्यालयको परिसरमा रहेको ग्राउन्डबाटै नेपालले काम चलाइरहेको छ । मूलपानीमा बनेको ग्राउन्ड अझै राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । खेलकुद पूर्वाधारमा लगानी नगरी खेलकुदमा प्रगति प्राप्त हुन सक्दैन । तर, खेलकुदको विकासमा लाग्नुपर्ने निकाय जहिले पनि राजनीतिमा बढी केन्द्रित हुने गरेका छन् । क्रिकेट, फुटबल मात्र नभई नेपालीले अवसर पाउने हो भने भलिबल, रग्बी, करातेलगायत थुप्रै खेलमा राम्रो गर्न सक्छन् भन्ने उदाहरण देखाइसकेका छन् । खेलाडीले राम्रो खेल्ने भनेको स्वयम् उनीहरूका लागि मात्र होइन । यसले देशको नामलाई अन्तरराष्ट्रिय स्तरमा फैलाउन समेत मद्दत गरिरहेको हुन्छ । नेपालले राम्रो गरेका खेलबाट सिक्न विभिन्न देशका युवा खेलाडी नेपाल आउन सक्छन्, जसले खेल पर्यटनको विकासमा सहयोग पुर्‍याउँछ ।  खेलकुदको विकासकै लागि राष्ट्रिय खेलकुद परिषद् र त्यसअन्तर्गत विभिन्न विधागत रूपमा विभिन्न समिति छन् । तिनले आआफ्नो खेलका लागि आवश्यक पर्ने पूर्वाधार बनाउन र प्रतियोगिताहरू आयोजना गर्न भूमिका खेल्नुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । खेल पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा ५२ करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । यसबाट १४ ओटा कभर्ड हल, रंगशाला, सुटिङ हल निर्माण गर्ने लक्ष्य रहेकोमा १९ करोड ६४ लाखमात्रै खर्च हुन सक्यो । यो विनियोजित बजेटको ३६ दशमलव ४९ प्रतिशत हो । बजेट खर्च हुन नसक्दा फिर्ता भएको छ । त्यस्तै खेलकुदको विकासका लागि आन्तरिक प्रतियोगिताहरू भइरहनुपर्छ । खेलाडीहरू कुनै न कुनै खेलमा संलग्न भइरहनुपर्छ । त्यसले खेलाडीको खेलमा निखार आउँदै जान्छ । तर, नेपालमा खेल पूर्वाधार नबनेको मात्र होइन, प्रतियोगिताहरू पनि निकै कम हुने गरेका छन् । क्लबस्तरीय, प्रदेश स्तरीय, प्रतियोगिता भइरहने हो भने त्यसले अर्थतन्त्रमा पनि केही प्रभाव पार्छ । यस्ता खेलका लागि कम्पनीहरूले क्लबको स्पोन्सर गर्ने गर्छन् । यसले खेलकुदलाई व्यावसायिक बनाउँदै लैजान्छ । खेलकुद पूर्वाधार बनेमा प्रतियोगिताहरू आयोजना हुन थाल्छन् ।  खेलकुदको विकासकै लागि राष्ट्रिय खेलकुद परिषद् र त्यसअन्तर्गत विभिन्न विधागत रूपमा विभिन्न समिति छन् । तिनले आआफ्नो खेलका लागि आवश्यक पर्ने पूर्वाधार बनाउन र प्रतियोगिताहरू आयोजना गर्न भूमिका खेल्नुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । १५ औं योजनाले करीब ९ हजार युवालाई खेल पूर्वाधारमा रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ । त्यस्तै ७८ हजार खेलाडी तयार पार्ने, ३२ हजारलाई राष्ट्रिय अन्तरराष्ट्रिय प्रशिक्षण उपलब्ध गराउने स्थानीय तहमा १७१ खेलग्राम निर्माण गर्ने लक्ष्य लिइए पनि त्यसअनुसार प्रगति भएको छैन । देशभित्र खेलकुद गतिविधि नहुँदा खेलाडीहरू विदेश पलायन हुने क्रम बढेको छ भने नेपालमै खेल्न चाहने खेलाडीहरूले उचित प्रोत्साहन पाउन सकेका छैनन् । सरकारले खासै प्रोत्साहन नदिए पनि आफ्नै लगन र अभ्यासबाट खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यस्ता खेलाडीलाई सरकारले नगद पुरस्कार दिने, घर बनाइदिने जस्ता कार्यक्रम घोषणा गरे पनि सहयोग पाउन सकेका छैनन् । नीति जति नै राम्रो बनाए पनि त्यो कार्यान्वयनमा गएन भने कागजको खोस्टोसरह हुन्छ । त्यसैले सरकारले खेल पूर्वाधार पनि महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा महसूस गरी सोही खाले योजना र कार्यक्रम अघि सार्नुपर्छ ।

एक करोड बजेट सकियो, ६ वर्षमा पनि निर्माण भएन कभर्ड हल

रुकुम पूर्वमा कभर्ड हल निर्माण प्रक्रिया सुरु गरेको ६ वर्ष  पुगे पनि निर्माण कार्य सम्पन्न भएको छैन । जिल्लाको सिस्ने गाउँपालिका–६ ढकाल बारामा खेलकुदका गतिविधि सञ्चालन गर्न सहजताका लागि भन्दै २०७२ सालबाट कभर्ड हल निर्माणको प्रक्रिया सुरु गरिएको थियो । त्यतिबेला सो क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा तत्कालीन मन्त्री गणेशमान पुनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख रुपैयाँ खर्च गरी कभर्ड निर्माण थालिएको थियो ।पछि तत्कालीन खेलकुद मन्त्री दलजित सिर्पालीले पनि कभर्ड ह

कभर्ड हल निर्माण ७ वर्षपछि सम्पन्न हुँदै

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा निर्माण शुरू भएको ७ वर्षपछि कभर्ड हलको काम सम्पन्न हुने भएको छ । जिल्लाको मुसीकोट नगरपालिका–१ खलंगामा निर्माणाधीन कभर्ड हलको अधिकांश काम यसअघि नै सम्पन्न भए पनि घेरबार लगायत काम बाँकी थियो । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँ विनियोजन भई अहिले कभर्ड हलको बाँकी काम गरिएको निर्माण समितिका अध्यक्ष अनिल बुढामगरले बताए । ‘खुला रूपमा रहेको कभर्ड हललाई चारैतिरबाट घेराबार गरिँदै छ,’ अध्यक्ष बुढामगरले भने, ‘चार भागमध्ये तीन भागमा जस्ताले बारेर एक भागमा इँटाको पर्खाल लगाउने काम लगभग सकिएको छ ।’ निषेधाज्ञाको समयमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम भएकाले छिट्टै सम्पन्न हुने उनले बताए । कभर्ड हलको निर्माण २०७० सालमा शुरू भएको थियो । जिल्ला खेलकुद विकास समिति रुकुमको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ७४ लाख १६ हजार आर्थिक सहयोग रहेको कभर्ड हल निर्माणको जिम्मा दिवा निर्माण प्रालि ललितपुरले लिएको थियो । बजेट सकिए पनि काम नसकिएपछि अहिले विनियोजित २० लाख बजेटबाट निर्माण अघि बढाइएको हो । इन्डोर खेलहरू सञ्चालन र प्रशिक्षण सहज बनाउने उद्देश्यले कभर्ड हल निर्माण शुरू गरिए पनि वर्षौंसम्म निर्माण पूरा नहुँदा  खेलकुदका गतिविधि हुन सकेको थिएनन् । प्रयोगमै नआई कभर्ड हल जीर्ण बन्दै गएको थियो । लामो समयपछि निर्माण सम्पन्न हुने भएपछि खेलाडीका साथै प्रशिक्षकहरू उत्साहित भएका छन् ।

https://nagariknews.nagariknetwork.com/sports/247381-1592564613.html

पोखरा रंगशाला फुटबल मैदान निर्माणका झन्डै डेढवर्षपछि गण्डकी प्रदेशका दुई जिल्लामा खेलकुदका पूर्वाधार थपिदैं छन् । नवलपुरमा कावासोतीमा फुटबल मैदानसहितको अन्य पूर्वाधार बनाउने तयारीसहित विस्तृत परियोजना प्रतिवदेन बन्दै छ । पर्वतको फलेवास नगरपालिकामा पनि गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्रयाकसहित फुटबल मैदान, कभर्ड हल निर्माण शुरु गरिदै छ ।