जो उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि गंगालाल अस्पतालमै अलपत्र छन्

काठमाडौं । ‘हार्ट अट्याक’ भएपछि काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा फलोअपका लागि पुगेका सर्लाहीका ६० वर्षीय राम औतार महतोलाई चिकित्सकले गत बिहीवार नै ‘डिस्चार्ज’ गर्ने भनेका थिए । तर, त्यसको चार दिनसम्म पनि उनको ‘डिस्चार्ज’ भएको छैन । रोग झन् बल्झेर वा अन्य स्वास्थ्य समस्याका कारण उनले अस्पतालमै बस्नुपरेको भने होइन, त्यसको कारण हो– उनीसँग अस्पताललाई तिर्ने पैसा नहुनु ।  ‘बुबाको उपचार गर्ने डाक्टरले गत बिहीवार पैसा तिर्नुस् डिस्चार्ज गरिदिन्छु भन्नुभएको थियो । तर, अस्पताललाई तिर्नुपर्ने पैसा बुझाउन सकिएन,’ उनीसँग आएका छोरा १८ वर्षीय सञ्जीवकुमार महतोले भने ।  उपचार खर्चबापतको रकम तिर्न नसकेपछि अस्पतालमै अलपत्र परेका छन् उनीहरू । अस्पताललाई ५२ हजार रुपैयाँ तिर्न बाँकी रहेको सञ्जीवले बताए । ‘उक्त रकम तत्काल जुटाउने हाम्रो परिवारको सामर्थ्य छैन । परिवारको आयस्रोत केही छैन, भएको अन्नजति सबै बेचिसके,’ उनले सुनाए । उनको बोलीले मात्रै होइन, पहिरनमा पनि विपन्नता झल्किन्थ्यो । झुत्रे जाकेट-पाइन्ट र सिलाएको प्लास्टिकको चप्पल लगाएका छन् उनले ।  राम औतारका छोरा सञ्जीव ।  अस्पताललाई तिर्ने रकम जुटाउन उनले आफन्त र छिमेकीलाई पनि गुहारे । बिहीवारयता हरेक दिन उनी आफन्त र छिमेकीलाई पैसाका लागि फोन गरिरहेका छन् । तर, कहीबाट पनि सहयोग पाएनन् उनले ।  रकम नजुटेपछि अस्पताल प्रशासनसँग पनि आफ्नो समस्या सुनाए सञ्जीवले । तर, त्यहाँबाट पनि निराश भए उनी ।  अस्पताल प्रशासनका एक कर्मचारीले कार्यकारी निर्देशकबाहेक अन्यले छूट दिन नमिल्ने बताएपछि उनी कार्यकारी निर्देशकलाई भेट्न पनि गए । तर, भेट्न पाएनन् । ‘कार्यकारी निर्देशकज्यूलाई भेट्न खोज्दा सेक्युरिटी गार्डले 'भित्र हुनुहुन्न' भन्दै फिर्ता पठाइदिनुभयाे,’ उनले सुनाए ।  अस्पतालले प्रशासनका कर्मचारीले सम्बन्धित चिकित्सकको सिफारिसमा जयन्ती ट्रस्टमार्फत १० हजार रुपैयाँसम्म छूट दिन सकिने बताएको उनले बताए । त्यो रकम पाए पनि आफूलाई नपुग्ने उनको भनाइ छ ।  उनलाई अस्पतालको खर्च जुटाउन नसक्दाको चिन्ता त छँदै थियो । डाक्टर र नर्सको व्यवहारले झनै दुःखी बनायो । ‘अस्पताललाई तिर्नुपर्ने खर्चबारे सुझाव माग्दा डाक्टर र नर्सहरूले अभद्र व्यवहार गर्नुभयो,’ उनले दुखेसो सुनाए, ‘उहाँहरूले पैसा नभए किन उपचार गर्न आएकोसम्म भन्नुभयो ।’  चार दिनदेखि अस्पतालमा भौतारिँदा पनि उनले आशा भने मारेका छैनन् । ‘आफन्त र छिमेकीलाई फोन गरिरहेको छु । सहयोग पाइन्छ होला,’ उनले सुनाए ।  ००० ‘हार्ट अट्याक’ भएपछि गत पुस २४ गते गंगालाल अस्पताल भर्ना भएका थिए रामऔतार । त्यतिबेला ४/५ दिन उपचारपछि ‘डिस्चार्ज’ भएका उनलाई १ महीनापछि फलोअपका लागि बोलाइएको थियो । त्यही फलोअपका लागि यही फागुन ३ गते उनी अस्पताल भर्ना भएका थिए ।  उपचारका लागि लिएका थिए ७० हजार ऋण  उनको परिवारको आयस्रोत कृषि हो । अर्थात् कृषिजन्य उपज बेचेरै उनको परिवारले घर खर्च चलाइरहेको छ । त्यही रकमबाट घरखर्चसँगै ३ जनाको पढाइ खर्च पनि जुटाउनुपर्छ उनको परिवारले । ‘परिवारको कसैलाई उपचार गर्नुपर्ने अवस्था आए आफन्त र छिमेकीसँग ऋण लिनुपर्छ,’ उनले सुनाए ।  बुबाको उपचारका लागि काठमाडौं आउँदा पनि उनले तीन जनासँग ७० हजार रुपैयाँ ऋण लिएका थिए । यससँगै अन्न बेचेको २० हजार पनि थियो उनीसँग । बुबाको उपचारमा यो रकमसँगै विपन्न नागरिकले राज्यबाट पाउने उपचार रकमको १ लाख रुपैयाँ सकिएको उनले बताए ।  ००० सरकारले विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नीति ल्याएको छ । तर, लक्षित समुदायले यसको अनुभूति गर्न सकेका छैनन् । सरकारले विपन्न वर्गका नागरिकलाई उपचार खर्चबापत रकम दिने गरेको भए पनि कतिपयलाई त्यो रकम पर्याप्त देखिँदैन । विपन्न नागरिकले स्वदेशमै निःशुल्क स्वास्थ्य सेवा पाउने दिन कहिले आउला ?

सम्बन्धित सामग्री

उपचार खर्च नपाउँदा बिरामी समस्यामा

मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन्।

उपचार खर्च जोहो गर्न नसक्दा धनबहादुर ओछ्यानमै

कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान परेका छन्।

भरतपुर महानगरले दीर्घरोगीलाई उपचार खर्च दिने, माग्यो बिरामीको विवरण

भरतपुर महानगरले गम्भीर प्रकृतिका दीर्घरोगीहरुलाई उपचार खर्च उपलब्ध गराउने भएको छ। महानगरले आइतबार सूचना जारी गरी औषधि उपचार खर्च उपलब्ध गराउनुपर्ने बिरामीको विवरण माग गरेको छ।

उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने

मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् ।सरकारले गत चैत १३ गते मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले सरकारले स्वीकृत […]

सर्वोच्चले सोध्योः झलनाथलाई उपचार खर्च किन दिएको?

काठमाडौँ – सर्वोच्च अदाललते पूर्वप्रधानमन्त्री खलनाथ खनाललाई राज्यकोषबाट उपचार खर्च दिनुको कारण पेश गर्न आदेश दिएको छ। खनाललाई सरकारले दिल्लीमा उपचार गराउन पैसा दिएको विरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो। अघिल्लो सरकारले खनालाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो। अधिवक्ता विमल पोखरेलले दायर गरको रिट निवेदनमाथि सुनुवाई गर्दै […]

झलनाथ खनालको उपचार खर्च फिर्ताकाे माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गर्नुभएको हो । खनालले आफ्नो स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको खर्च सरकारले व्यहोर्नु गैरकानुनी हुने भन्दै सरकारले दिएको उपचार खर्च […]

खनालको उपचार खर्च सरकारले व्यहोर्ने, पहिले जस्तै अस्वीकार होला ?

ओली नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथा खनालको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिंदा खनाल परिवारले त्यसलाई अस्वीकार गरेको थियो । अहिले खनालको पनि बलजोडमा गठन भएको देउवा नेतृत्वको सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेपछि पहिले जस्तै अस्वीकार होला कि स्वीकार गर्लान् भन्ने प्रश्न उठेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले …

झलनाथ खनालको सबै उपचार खर्च एमालेले बेहोर्ने

नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालको सवै उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको बैठकले नेता खनालको सवै उपचार खर्च बेहोर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।नेता खनाल दुई सातादेखि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् ।बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

एमालेले झलनाथ खनालको उपचार खर्च बेहोर्ने

काठमाडौं / वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको १० औं महाधिवेशन आयोजक समितिकाे बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च पार्टिले बेहोर्ने निर्णय गरेको हो । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको उपचार भइरहेकाे छ । The post एमालेले झलनाथ खनालको उपचार खर्च बेहोर्ने appeared first on Purbeli News.

एमालेले नेता खनालको उपचार खर्च बेहोर्ने

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो । नेता खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् ।