व्यावसायिक किसानलाई क्रेडिट कार्डमार्फत कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले व्यावसायिक किसानलाई क्रेडिट कार्डमार्फत कर्जा योजनामा आकर्षित गर्न थालेका छन् । कृषि कर्जा विस्तारमा सरकारको जोड र आधुनिक प्रविधि प्रयोगतर्फ सर्वसाधारणको रुचिका कारण बैंकहरूले किसानलाई क्रेडिट कार्डमार्फत कर्जा प्रवाहमा जोड दिन थालेका हुन् । नेपाल राष्ट्र बैंकले कृषि कर्जा अघि बढाउन घोषणा गरेको ‘लिड बैंक’ कृषि विकास बैंकसँगै निजीक्षेत्रका मेगा, सिभिल, नेपाल बंगलादेश, ग्लोबल आईएमईलगायत बैंकले समेत किसान कार्ड विक्री गर्न थालेका छन् । बैंकहरूले स्थानीय निकाय तथा निजी कम्पनीसँग मिलेर किसानलाई क्रेडिट कार्डमार्फत ऋण दिन थालेका हुन् । यस योजनाअन्तर्गत बैंकले किसानलाई स्वीकृत ऋण रकम क्रेडिट कार्डमार्फत उपलब्ध गराउँछन् । किसानले आफूलाई आवश्यक मल, बीउ, कृषि उपकरणलगायत सामान किन्दा उक्त कार्डमार्फत भुक्तानी दिन सक्ने व्यवस्था छ । यसका लागि सामान विक्री गर्ने विक्रेता पनि बैंकमा आबद्ध भएको हुनुपर्छ । राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७७/७८ को मौद्रिक नीतिमार्फत किसान क्रेडिट कार्डको व्यवस्था गर्ने घोषणा गरेको थियो । केन्द्रीय बैंकको नीतिलाई बल पुग्ने गरी कृषि विकास बैंकले आफ्नो वार्षिक उत्सवको अवसर पारेर पोहोर माघमै किसान क्रेडिट कार्ड शुरू गरेको थियो । किसानलाई क्रेडिट कार्डमार्फत वित्तीय सेवाका साथै बजारका सूचनासमेत दिने गरी सेवा सञ्चालनमा जोड दिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय बताउँछन् । ‘क्रेडिट कार्डबाट किसानले स्वीकृत ऋणसम्म खरीद गर्न पाउँछ,’ उनले भने । बैंकले क्रेडिट कार्ड प्रयोग गर्न किसान एप्स प्रयोगमा ल्याएको छ । यसबाट किसानलाई बजार मूल्य, मौसमी अवस्थाको जानकारीका साथै प्राविधिक सल्लाह दिने गरेको बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै किसान कार्डको व्यवस्था घोषणा गरेपछि निजी बैंकहरू पनि यसमा आकर्षित देखिएका छन् । बैंकहरूले निजी कम्पनीका साथै स्थानीय तहका सरकारसँग मिलेर किसानलाई क्रेडिट कार्डमार्फत ऋण दिन थालेका हुन् । किसानलाई ससानो ऋण उपलब्ध गराउन क्रेडिट कार्डको सुविधा प्रभावकारी हुने भए पनि प्रयोगमा उनीहरूलाई अभ्यस्त बनाउन प्रचारप्रसार जरुरी रहेको कार्ड जारी गर्न प्राविधिक सेवा दिँदै आएको आर एन्ड डी इनोभेशन सोलुशनकी अध्यक्ष सुनिता नेमाफुकी बताउँछिन् । ‘किसानलाई विनाधितो ससानो ऋण क्रेडिट कार्डमार्फत दिन एकदमै प्रभावकारी हुन्छ,’ उनले भनिन्, ‘क्रेडिट कार्डको रकम तोकिएको केन्द्रमा सामान किन्न मात्र खर्च गर्न सकिने भएकाले कर्जा दुरुपयोगको सम्भावनासमेत कम हुन्छ ।’ कम्पनीले अहिले विभिन्न पालिकासँग मिलेर किसानलाई क्रेडिट कार्डमार्फत ऋण दिने काम गरिरहेको छ । कृषिक्षेत्रमा वित्तीय पहुँच बढाउन राष्ट्र बैंकले बैंकहरूलाई निश्चित प्रतिशत कृषिमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूले कुल कर्जाको १५ प्रतिशत कृषिक्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याइएको हो । राष्ट्र बैंकको तालिकाअनुसार बैंकहरूले २०७९ असारसम्ममा कुल कर्जाको १२ प्रतिशत, २०८० असारसम्ममा १३ प्रतिशत, २०८१ असारसम्ममा १४ प्रतिशत र २०८२ असारसम्ममा कृषिमा १५ प्रतिशत लगानी गर्नुपर्नेछ । गत माघसम्ममा बैंकहरूले कृषिक्षेत्रमा ३ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सरकारले पनि कृषिक्षेत्रमा वित्तीय लगानी बढाउन कृषि कर्जामा ब्याज अनुदान दिइरहेको छ । यस सुविधाअन्तर्गत चालू आवको पुससम्ममा बैंकहरूबाट ५१ हजार ७ सय ५६ सर्वसाधारणले ऋण लिएका छन् । उनीहरूले यो वर्ष १ खर्ब ३६ अर्ब रुपैयाँ ऋण लिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित सामग्री

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न नबिल बैंकले कर्जा उपलब्ध गराउने

एफडी मोटर्स ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्न नबिल बैंकले क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध गराउने भएको छ ।

किसानलाई क्रेडिट कार्ड

साना किसानलाई व्यावसायिक कृषिका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गत सातादेखि ‘किसान क्रेडिट कार्ड’ वितरण थालेको छ ।

दिक्तेल रुपाकोट मझुवागढीमा 'किसान क्रेडिट कार्ड' वितरण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु गरेको छ । किसानलाई व्यावसायिक कृषिका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले कर्जा दिने

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले अब कर्जा दिने भएको छ । यसका लागि ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र कुमारी बैंकबिच सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा पाउने गरी सम्झौता भएको हो ।  यस अन्तर्गत कुनै पनि ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखि १८ महिनासम्मको किस्ता तिरेर...

३ लाखसम्मको क्रेडिट कार्ड र ५ लाखको डिजिटल ऋणमा कर्जा सूचना नचाहिने

२६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ लाखसम्मको क्रेडिट कार्ड कर्जा र ५ लाख रुपैयाँसम्मको विद्युतीय माध्यमबाट स्वीकृत हुने कर्जाको कर्जा सूचना लिन अनिवार्य नहुने व्यवस्था गरेको छ । यसअघि सुनचाँदी, मुद्दती रसिद र सरकारी सुरक्षणपत्र धितो कर्जा, २ लाखसम्मको क्रेडिट कार्ड कर्जा र संक्षिप्त प्रक्रिया पूरा गरी विद्युतीय (डिजिटल) माध्यमबाट स्वीकृत हुने २ […]

नाडामा नबिलको आकर्षक योजना, तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । जसअनुसार बैंकले यही असोज ६ गतेदेखि असोज ९ गते सम्म भृकुटीमण्डपमा आयोजना हुने नाडा ईभी एक्स्पोमा सहभागी हुने आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउने जनाएको छ । वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो  आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ । एक्स्पो अन्तर्गत बैंकको स्टल नं.जी–१२ मा ग्राहक वर्गलाई तत्काल ऋण मुल्य

कृषि कर्जा सहज बनाउन ‘कृषक क्रेडिट कार्ड’ वितरण

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिट कार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३ दशमलव ५६ प्रतिशत र पुरुषलाई ४ दशमलव ५६ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए । हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहुँचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ । धितो दिन नसक्ने र सहज हिसाबले ऋण लिएर व्यवसाय गर्न नसक्ने कृषकका लागि यो कार्यक्रमले सहयोग पुग्ने उनले बताए । मनकामना दुग्ध सहकारी लिमिटेडसँगको सहकार्यमा नेपाल बंगलादेश बैंक, मकवानपुरगढी शाखाबाट कृषकले ऋण प्राप्त गर्नेछन् । नेपाल बंगलादेश बैंकका प्रमुख बद्रीविक्रम थापाले बैंकले किसान क्रेडिटकार्ड मार्फत पहिलोपटक नौलो कार्यक्रमअन्तर्गत ऋण लगानी गरेको जानकारी दिए । यस कार्यक्रमले बैंक र किसान दुवैले लाभ गर्ने लक्ष्य राखेको शाखा प्रमुख थापाले बताए । रासस

नेपाल बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड सेवा

असार १४, काठमाडौं । नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुरुवात गरेको छ । निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिकजीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त सेवा शुरुवात गरेको बताएको छ । बैंकले उक्त सुविधाअन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतमसीमा २० हजार रुपैयाँदेखि अधिकतमसीमा ५ लाख रुपैयाँ कायम गरिएको बताएको छ ।  भिसा इन्टरनेशनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोग पीओस टर्मिनल, एटीएम टर्मिनल तथा अनलाइन प्रणालीमार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा गर्न सकिनेछ । स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म उक्त  बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंकहरुको एटीएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिनेछ । क्रेडिट कार्डको प्रयोग नेपाललगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षितवर्गको भुक्तानी प्रणालीमा सहजता पुर्‍याउने विश्वास लिएको बैंकले बताएको छ ।   भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले सोमवार बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष मरासिनीले क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधिमार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आएको बताए ।  यसैगरी बैंक सञ्चालक समितिका सदस्य विवेक शम्शेर जबराले नयाँ विशेषतासहितको क्रेडिट कार्ड सेवा प्रारम्भ गरेकोमा बैंक परिवारलाई धन्यवाद दिएका थिए ।

नेपाल बैंकले शुरु गर्यो क्रेडिट कार्ड सेवा

काठमाडौं । नेपाल बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख कायम गरिएको बैंकले जनाएको छ । भिसा इन्टरनेशनलसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट पीओएस टर्मिनल, एटीएम तथा अनलाइन प्रणाली मार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा भिसा इन्टरनेशनलका आवद्ध बैंकहरुको एटीएम टर्मिनलबाट नगद भुक्तानी सम