काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परेमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीबाट हटेपछि मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले अहिले संविधानको सर्वस्वीकार्यता भएको बताएका हुन् । उनले थरूहटलगायतसँग सहमति भएको पनि दाबी गरे । उनले भने, ‘संविधानको स्वीकार्यता भएको छ । आवश्यकता पर्यो भने संविधानको संशोधन पनि गर्नुपर्छ । त्यसलाई संविधानको अस्वीकार्यता […]