किसानलाई धान काट्न भ्याइनभ्याई

दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ । यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन् । खेतमा लटरम्म धान पाकेका कारण वर्षा र पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न चटारो सुरु भएको छ । धान धत्पादनको दृष्टिकोणले पकेट क्षेत्रका रुपमा चिनिँदै आएका यहाँका बनिडुग्रिसैन, दिपायल, पिपल्ला, जोरायल, गड्सेरा, बर्छैन, सायल, पूर्वीचौकी लगायतका ठाउँहरुमा किसानहरु अहिले धान काट्ने चटारोमा व्यस्त भएका हुन् ।यो वर्ष समयमै बर्सात भएका

सम्बन्धित सामग्री

कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई

काठमाडौँ, २२ वैशाख । म्याग्दी जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ । चीनबाट माग आएपछि कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याइनभ्याई भएको छ । म्याग्दी कारागारका चौकीदार वसन्त रोकाले पहिलो चरणमा आठ सय २० वटा मुढा चीन पठाइएको जानकारी दिए । “एक महिनाअघि एक हजार छ सयवटा मुढाको माग आएको […]

नेपाल एयरलाइन्सको न्यारोबडीलाई भ्याइनभ्याई, वाइडबडीले बिजनेस पाएन

काठमाडौं, ९ माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नुअगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन सुझाव दिएका छन्। निगममा सोमबार आयोजि कार्यक्रममा बोल्दै उनले भने, ‘अन्तर्राष्ट्रिय उडानको लागि न्यारोबडीलाई भ्याइनभ्याई छ, वाइडबडीले बिजनेस पाइरहेको छैन।’ वााइडबडीका लागि नयाँ गन्तव्य पहिचान गर्ने र उडान भर्नसक्ने क्षमता विकास गर्न उनले सुझाए।

सल्यानका उम्मेदवारलाई मतदातासँग भोट माग्न भ्याइनभ्याई

सल्यान : सल्यानका राजनीतिक दलका उम्मेदवारहरूलाई यतिवेला मतदातासँग भोट माग्न भ्याइनभ्याई छ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)‚ एकीकृत समाजवादी र प्रतिपक्षी दल नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ता चुनावी एजेन्डा लिएर गाउँ बस्ती पुगेका छन्।सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, प्रदेशसभा (क

जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन भ्याइनभ्याई

देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिका–२ का स्थानीयवासी लक्ष्मी कुमाईंले बताइन् ।जुम्लामा मात्र उत्पादन हुने अति लोकप्रिय मार्सीधान यो वर्ष गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षाले क्षति पुर्याउँदा विशेषगरी सिञ्जा क्षेत्रका किसान मर्कामा परेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

विकास खर्च भ्याइनभ्याई

जुम्लामा विकास बजेट खर्च आर्थिक वर्षको अन्तिम तीन महिनामा मात्रै बढी हुने गरेको छ । जुम्लामा वैशाख, जेठ र असार महिनामा मात्र विकास बजेट अधिक खर्च हुने गरेको हो । अझ असार मसान्तमा विकास बजेट खर्च गर्न स्थानीय तह तथा विषयगत कार्यालयलाई भ्याइनभ्याई छ ।अख्तियारी समयमै नआउनु, दसैं र तिहार चाडपर्व बिदा हुनु र हिउँदमा […]

भक्तपुरका ‘जुजु धौँ' व्यवसायीलाई भ्याइनभ्याई

भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब २०० लिटर जुजु...

माग बढेपछि भक्तपुरका प्रजापति समुदायलाई पाला बनाउन भ्याइनभ्याई

नेपालीहरूको दोस्रो महान् चाड तिहार आएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ।

दशैंमा निजी हवाई कम्पनीलाई भ्याइनभ्याई

काठमाडौं, असोज २९ । हवाई सेवाप्रदायक कम्पनीका लागि दशैं व्यापारको राम्रो अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दशैंको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यापार भने सुस्त छ । निगमसँग उडानका लागि आवश्यक जहाज नहुदा र भएकाको पनि राम्रो व्यवस्थापन हुन नसक्दा आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ । यो समयमा निजी […]

दशैंमा निजी एयरलाइन्सलाई भ्याइनभ्याई

हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ । निगमको उपस्थिति आन्तरिक उडानमा मात्रै छ । निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज […]

विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन भ्याइनभ्याई (फोटो फिचर)

काठमाडौं :  विश्वकर्मा पूजाका लागि विश्वकर्माको मूर्ति बनाउन कालिगढहरूलाई यतिबेला भ्याइनभ्याई छ।असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि मूर्ति बनाउँदैमा उनीहरूलाई अहिले खाना खानेसमेत फूर्सद छैन।विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने मात्र नभएर सिंगार्नमा पनि उनीहरू उत्तिकै व्यस्त छन्। ललितपुरको बुसिंगल सानेपाका कलाकारलाई मूर्ति बनाउन र सिंगारपटार गर्न भ्याइनभ्याई छ। विश्वकर्मा पूजा सकिएपछि दशैंका लागि नवदुर्गा भगवती, तिहारका लागि लक्ष्मी, कुमार र ग