महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले आइतबार पत्रकार सम्मेलनमार्फत पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो ।दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।लिगमा पुरुष र महिलातर्फ समान सात टोलीको सहभागिता हुनेछ । यद्यपि, हाल पुरुषतर्फ ६ र महिलातर्फ ४ क्लबको टुङ्गो लागेको छ । बाँकी ट