ताप्लेजुङ – ताप्लेजुङमा निर्माण सुरु भएको २२ वर्षसम्म पनि बसपार्क बन्न सकेको छैन । २०५६ सालमा फुङलिङ नगरपालिकाको वडा नम्बर ४ र ५ मा पर्ने ठूलोगाउँमा बन्दै गरेको बसपार्क निर्माणका लागि अहिलेसम्म झन्डै चार करोड रुपैयाँ खर्च भइसक्दा पनि कहिलेसम्म बनिसक्छ भन्ने टुङ्गो छैन ।
बसपार्क निर्माणको काम अलपत्र हुँदा सडकका किनारमा पार्किङ गर्ने गरिएका छन् । विभिन्न विवादका कारण निर्माणको काम अलपत्र परेको फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताउनुभयो । नगरपालिकाकी उपमेयर भीमादेवी ओझाले आफूले पहिलेदेखि नै यहाँ...