चक्रपथ विस्तारमा ढिलाइ : चिनियाँ पक्ष काम थाल्न आतुर, सरकारले बनाएन वातावरण

काठमाडौं । चिनियाँ सरकारले निःशुल्क बनाइदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्ड विस्तारको काम नेपाल सरकारकै ढिलासुस्ती र कमजोरीका कारण लामो समयदेखि सुरु हुन सकेको छैन । सम्झौताअनुसार नेपाल पक्षले साइट ‘क्लिअर’ गरेर विस्तारका लागि चिनियाँ पक्षलाई जिम्मा दिनुपर्र्नेमा नेपाल पक्षले अहिलेसम्म पनि साइट क्लिअर गर्न नसक्दा चक्रपथ विस्तारको काम नै सुरु हुन नसकेको हो […] The post चक्रपथ विस्तारमा ढिलाइ : चिनियाँ पक्ष काम थाल्न आतुर, सरकारले बनाएन वातावरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कलङ्की– महाराजगञ्ज चाबहिल सडक विस्तारमा ढिलाइ

नेपाल पक्षको तयारी समयमा हुन नसक्दा चीनले अनुदान सहयोगमा विस्तार गर्न लागेको राजधानीको कलङ्कीदेखि महाराजगन्ज हुँदै चाबहिलसम्मको सडक विस्तारमा ढिलाइ भएको छ । स्वयम्भूका सम्पदाको व्यवस्थापन र महाराजगन्जको जग्गा अधिग्रहण नहुँदा राजधानी काठमाडौँकै अति महìवपूर्ण सडक चक्रपथको कलङ्कीदेखि धोबिखोला (चाहबिल) पुलसम्मको सडक विस्तार अझै सुरु हुन सकेको छैन । चक्रपथको सीमाक्षेत्रमा निर्माण गरिएको स्वयम्भूका सम्पदा तथा महाराजगन्ज क्षेत्रका घर भत्काउने र जग्गा अधिग्रहण हुन नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार कार्य प्रभावित भइरहेको छ । सडक क्षेत्रका बिजुलीका पोलसमेत स्थानान्तरण नहुँदा विस्तार कार्यका लागि चिनियाँ पक्ष नेपाल आउन सकेको छैन । चिनियाँ पक्षले सबै समस्या समाधान भएपछि कामको थालनी गर्ने जानकारी दुई वर्षअघि नै दिइसकेको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबिखोला पुलसम्म विस्तार गर्न दुई मुलुक (नेपाल र चीन)बीच सबै कानुनी प्रक्रिया पूरा भइसके पनि विस्तारका लागि नेपालतर्फको तयारी पूरा हुन नसकेकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको बताउनुभयो ।