कमला नदीको बाढीले उर्वर भूमि बगरमा परिणत

सिन्धुली । सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका क्षेत्रका नदी तटीय क्षेत्रका उर्वर भूमिहरु बगरमा परिणत हुन थालेका छन् । जिल्लाको कमलाखोच क्षेत्रका उर्वरभूमिलाई जोगाउन सरकारले कुनै चासो नराख्दा वर्षेनी नदीले कटान गर्दे आएको छ । लगातार तीन दिनदेखिको बाढीले कमलामाई नगरपालिकाको करकरे, भिमान, रानीबास र दुधौलीको डकाहा, निपाने, हर्षाही, टाँडी र […]

सम्बन्धित सामग्री

डेढ हजार बिघा भूमि बाँझै

महेन्द्रनगर– कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको डेढ हजार बिघाभन्दा बढी उर्वरा भूमि दलदलमा परिणत भएपछि दुई दशकदेखि बाँझै रहेको छ । भू–उपयोग नियमावली, २०७९ अनुसार कृषिक्षेत्रमा वर्गीकृत जमिनलगातार तीन वर्षसम्म बाँझो राखेमा कसुर गरेको मानिने व्यवस्थासमेत छ । तर, कञ्चनपुरको बेलडाँडीमा भने दुई दशकयता डेढ हजार बिघाभन्दा बढी उर्वर भूमि सरकारकै कारण बाँझो रहेको हो । […]

बाँझो जमिनमा खेती लगाउन पहल

ग्रामीण भेगबाट बजार झर्नेको सङ्ख्या वृद्धि भएसँगै गाउँपाखामा रहेका उर्वर भूमि बाँझो हुने क्रम बढिरहेको छ । पुराना कलाले भरिएका ढुङ्गाको छानो भएका परम्परागत शैलीका घर जीर्ण अवस्थामा पुगेका छन् । गाउँमा बसेका गाउँले पनि किसानीप्रति त्यति लगाव भएका पाइँदैन । दुःखसुख गरेर उत्पादन गरेको अन्नबाली बाँदर र बँदेलले खाँदा किसानमा झन् निराशा पैदा भएको छ । खेतीयोग्य जमिन बर्सेनि बाँझो जमिनमा परिणत हुन थालेपछि पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भूमिकास्थान नगरपालिकाले बाँझो जमिनको खोजी गरेको छ । नगरभित्रका खेतीयोग्य बाँझो जमिनमा नगरले नै कागती खेती, आलु खेती, कफी खेती, सुन्तला खेतीलगायतका आयआर्जन दिने बिरुवाका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

बेनी नगरपालिकामा उर्वर भूमि मासिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगर फाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसंगै खेती योग्य जमिन नासिँदै गएको छ । जिल्लाको अन्न भण्डार र आग्र्यानिक खेतीको गाउँका रुपमा परिचित बगरफाँटमा पछिल्लो केही समय यता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कंक्रिणको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसानहरु चिन्तित […]

धनकुटाको गोलखाडी, आस्कोटमा खानेपानीको  चरम समस्या

धनकुटा : जिल्लाको साँगुरीगढी गाउँपालिका-७ को आस्कोटकी अनिता राई हरेक दिन बिहान ३ बजे उठेर धारामा पुग्छिन्। ३ बजे नगए उनको पालो आउनै समस्या हुने गरेको उनको गुनासो छ।३ बजे उठेर उनलाई डेढ घण्टाको पैदल दूरीमा गएको कुवामा पानी लिन जानु उनको बाध्यता नै हो। खडेरीको समय नआउँदै गाउँमा रहेका पानीका मुहान सुकेपछि खानेपानीको संकट आएको हो।साँगुरीगढी गाउँपालिकाको आस्कोट र गोलखाडीमा वर्षौदेखि खानेपानी समस्या छ। पानीकै समस्याका कारण गोलखाडी, आस्कोट गाउँवरिपरि रहेको पर्याप्त उर्वर भूमि मरुभूमिमा परिणत हुन थालेको

फोहोरलाई मोहाेरमा बदल्दै गलकोट

बागलुङ : गलकोट नगरपालिकामा विकासले मुहार फेरिँदै गएको छ। विकासले मुहार फेरिए पनि नगरपालिकाले बजार व्यवस्थापनमा जोड दिनुपर्ने देखिएको छ।पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ भने हटियामा पनि घर भवनहरु थपिरहेका छन्।उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेतहरू विस्तारै शहरमा परिणत हुँदै आएका छन्।बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ। नगरपालिकामा फोहोर व्यवस्थापनका लागि जग्गा अभावले लामो

नहर चुहिएर हजाराैँ बिघा जमिन सिमसारमा परिणत, अढाई दशकदेखि उर्वर भूमि बाँझै

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं १ देखि ५ सम्मका करिब तीन हजार बिघा उर्वर जमिन दशकाैँ देखि बाँझै रहेको छ । ०५५ सालदेखि महाकाली सिँचाइ दोस्रो चरणको नहर निर्माण भएसँगै नहरबाट...

खेतीयोग्य उर्वर फाँट घडेरीमा परिणत

करिब पाँच दशक अगाडि म त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको विद्यार्थी थिएँ । त्यसताका स्नातकोत्तर (एमए) मा अध्ययन गर्ने विद्यार्थीहरूले एक वर्ष गाउँगाउँमा गएर सेवा गर्नु पर्दथ्यो जसलाई राष्ट्रिय विकास सेवा (राविसे) भनिन्थ्यो । हाल दुई वर्षको कोर्स त्यो समयमा तीन वर्ष लाग्दथ्यो । म मात्र होइन त्रिभुवन विश्वविद्यालयका सबै केन्द्रीय विभागहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले करीब एक वर्ष गाउँका विद्यालयहरूमा अध्यापन गराउनुका साथै सामाजिक कार्य पनि गर्नु पर्दथ्यो । यसै सिलसिलामा सिन्धुली जिल्लास्थित खुर्कोटको तत्कालीन निम्न माध्यमिक विद्यालयमा पठनपाठनका निमित्त म पनि  खटिएको थिएँ । विद्यालयका शिक्षक शिक्षिका मात्र होइन त्यस विद्यालयमा म पहिलो राविसे भएको हुनाले सबै गाउँवासीहरू हर्षित र उत्साहित थिए । पहिलो कार्य त जनसहभागिता जुटाई विद्यालयहरूमा चर्पीको निर्माण नै प्राथमिकतामा पर्दथ्यो । म गएको विद्यालयमा पनि चर्पी थिएन । चर्पी निर्माणको एजेन्डाले विद्यालय प्रमुख र विद्यालय सञ्चालक समितिमा प्रवेश गर्‍यो र यो कार्य गर्न सबैको सहमति रह्यो । गाउँका मानिसहरू सहयोगी थिए । चर्पी निर्माणको निमित्त आवश्यक पर्ने स्रोत र साधन जनसहभागिताबाट जुटेको थियो । उनीहरूको सहयोगका साथै विद्यालयको तदारुकतामा उक्त कार्य सम्पन्न भयो । करीब तीन महिनाको अवधिमा अन्तरविद्यालय हाजिरी जबाफ प्रतियोगिता सञ्चालन र खेलकुद आयोजनाका साथै स्काउटिङ तालिम आदि कार्यक्रम गरियो । सामाजिक कुरीतिको विरुद्धमा उभिई गाउँका मानिसहरूमा चेतना जगाउनुको साथै छात्राहरूलाई विद्यालय पठाउन गाउँलेहरूलाई प्रोत्साहित गर्नु आदि कार्य भए । मधेश, पहाड र उपत्यकाका उर्वर फाँटहरू घरघडेरीका निमित्त धमाधम प्लटिङ भैरहेका छन् । यसलाई रोकथाम नगर्ने हो भने नेपालले निकट भविष्यमा खाद्यान्न संकट ब्यहोर्नुपर्ने निश्चित छ । मधेश र पहाडको संगम स्थल छ खुर्कोट जहाँबाट ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा आदि जिल्लाका मानिसहरू मधेशका जिल्लाहरू उदाहरणस्वरूप सर्लाही, महोत्तरी, धनुषा आदिमा आवत जावतको केन्द्र खुर्कोट नै रहेको छ ।  त्यस समयका साथै आज पनि माथि उल्लिखित क्षेत्रका बासिन्दाहरूको बजारको केन्द्र नै रहेको छ । केही वर्ष यता धुलिखेल–बर्दिबास र खुर्कोट–मन्थली–चरिकोट–जिरी–कटारी–ओखलढुंगा–खोटाङ सडकलाई यसले चुम्बन गर्ने मौका पायो ।  पूर्व, पश्चिम, उत्तर र दक्षिण सबैतिरको सडकको जमघटले व्यापारिक केन्द्रको विकास हुनु आफैमा अनौठो होइन । यसैको परिणामले देवकोटा गाउँको नजिकै सानो बजारको विकास भएको छ जहाँ होटेल, लजका साथै विभिन्न प्रकारका खुद्रा पसलहरू खुलेको देख्न सकिन्छ । मानिसहरूको आवतजावतको थलो खुर्कोटले मुहार नै फेरेको रहेछ । तर स्थानीय बासिन्दाहरूको मुहार भने फेरिएको देख्न मुस्किल नै छ । साढे चार दशक अगाडि जुन अनुहारहरू थिए आज पनि तिनै अनुहारहरू देख्न सकिन्छ । आर्थात् बाटोघाटोको विकासले स्थानीयको जीवनस्तर र रहनसहनमा परिवर्तन आएको देख्न सकिंदैन । त्यसताकाका घरका छानाहरू खरका थिए भने आज जस्ताका । फरक यति नै देख्न सकिन्छ । ठूल्ठूला होटेल तथा लजहरूको विकास भएको छ । ती सबै स्थानीयवासीहरूको स्वामित्वमा होलाजस्तो लाग्दैन । अन्यत्रबाट आएका मानिसहरूको स्वामित्व रहेको छ । क्षेत्रीबाहुनको बस्ती । केवल खेतीपाती र जागिर बासिन्दाहरूको पेशा थियो । त्यसले आज पनि निरन्तरता पाइरहेको छ । यस बाहेक आजको वैदेशिक रोजगारको परिवेशमा गाउँका युवायुवतीहरू विदेशिएका छन् । विशेष गरेर देवकोटा र आचार्यहरूको बस्ती थियो । त्यसताका यी एक अर्काका विरोधीको रूपमा चिनिने गर्थे । सामाजिक काममा पनि राजनीतिक रङ दिनु उनीहरूको खेती थियो त्यसताका । मलाई पनि राजनीतिक रङ दिन गाउँलेहरू पछि पर्दैनथे । सामाजिक कार्य गर्न यसले केही छेकेबार लगाउँथ्यो । यति हुँदाहँुदै पनि सामाजिक कार्यमा सबैको साथ र सहयोगले भने निरन्तरता पाइरह्यो । सुनकोशीको तिर र महाभारत शृंखलाको फेदमा अवस्थित खुर्कोट व्यापारिक केन्द्रका साथै खेतीपातीको लागि अत्यन्त उर्वर जमिनको धनी छ । उर्वर जमिन भने सीमित रहेको छ । त्यसताका खेतीपातीको लागि उपयुक्त जमिनमा बस्ती थिएन । बस्ती सबै महाभारत शृंखलाको फेदको पाखामा अवस्थित थियो जहाँ कृषिजन्य विशेष गरेर खाद्यान्न वस्तुको उतपादकत्व कमी हुन्छ । । मकै, गहुँ र धान यहाँका मुख्य बाली हुन् । सिञ्चाइको सुविधा भएको जमिनमा कृषकहरू वर्षको तीन बाली लगाउने गर्दछन् । खेतीयोग्य जमिन सीमित भए पनि अत्यन्त उर्वर हुनाले करीब एकहजार घरपरिवारको जीविकोपार्जन यसैमा निर्भर रहेको छ । खुर्कोट र झागाझोलीको बीचमा मुलकोट पर्दछ । मुलकोटमा रहेको जमिन पनि अत्यन्त खेतीयोग्य र उर्वर छ । त्यस्तै अन्य फाँटहरू जस्तै खाल्टे, रातमाटा, झागाझोली, कुशेश्वर आदि हुन् । सबै करीब पाँच छ हजार घरपरिवारको जीविकोपार्जनको आधार हुन् । एक हजार परिवारको जीविकोपार्जनको आधार खुर्कोटको उर्बर भूमिले रूप बदल्न लागेको छ । स्थानीय बासिन्दालाई सुकुमबासी बनाउन अग्रसर भएको दृश्य जोकोहीले पनि देख्न सक्दछ । यो ठाउँको बासिन्दा म नभए पनि  यो ठाउँसँग धेरै पहिलेदेखि मेरो संलग्नता अत्यन्त नजिक रहेको हुनाले के भन्न सक्छु भने सीमित भए पनि यस ठाउँमा रहेको उर्वर भूमि खुर्कोटवासीको गहना हो जसले स्थानीय बासिन्दालाई रोजीरोटी प्रदान गरिरहेको छ । म खोटाङको भ्रमणमा केही दिन अगाडि गएको थिएँ । फर्कंदा घुर्मी–खुर्कोट हुँदै काठमाडौँ आउने अवसर प्राप्त भयो । आउँदा आउँदै सीमित खेतीयोग्य जमिनमा घरघडेरीको लागि प्लटिङ भैरहेको ठाउँमा दृष्टि पुग्यो ।  हुन ता यो कुनै नौलो कुरा होइन चाहे उपत्यकाहरूका फाँटहरू हुन् या पहाड मधेशका  खेतीयोग्य फाँटहरू सबै मरुभूमिमा परिणत भइसकेका छन् र बाँकी फाँटहरू मरुभूमीकरणको प्रक्रियामा अग्रसर भइरहेका छन् । यो कुनै खास निश्चित ठाउँको विशेषता होइन । सबै ठाउँमा यसले जरो गाडिसकेको छ । खुर्कोटको यो उर्वर भूमिमा पनि घरघडेरीको लागि प्लटिङ भैरहेको छ । म सवार भएको बसको समय आधा घण्टा छिटो भएको कारणले चालकले खुर्कोटमा निर्मित सानो बजारमा रोकेर समय कटाइरहेको थियो । यसलाई मैले अवसरको रूपमा लिएँ । म सडकको बीचमा बनेको चौतारीमा मानिसहरूको जमघट देखेर त्यसतर्फ आकर्षित भएँ । शीतल तापेर चौतारीमा विराजमान मानिसहरू सबै खुर्कोटवासी । सबैलाई चिन्ने प्रयत्न गरे । यो क्रम दोहोरो नै रह्यो । चिनापर्ची गर्दै जाँदा एक अर्कालाई ठम्याउन सफल भइयो । यसै बीचमा अर्को एक भलाद्मीको आगमन भयो । मैले जिज्ञासा राखेँ –धान फल्ने खेत त घरघडेरीमा परिवर्तित हुन लागेछ ? के यो उचित कदम हो ? सबैको एक स्वर थियो –गल्ती भयो । यसो हुन दिनु हुँदैनथ्यो । हामी पनि जालमा पर्‍यौं । शहरीकरणको आशमा न उर्वर खेतीयोग्य जमिन रह्यो न शहरीकरण । मुलकोटको उर्वर भूमि सबै मासेर घरघडेरीमा परिवर्तित भएको छ । ठूल्ठूला घरहरू बनेका छन् । खेतीयोग्य उर्वर भूमिमा बस्ती बसालेपछिको परिणाम स्थानीयको उठिबास त स्वाभाविक नै भयो । यस्तोमा नेपालमा खाद्यान्न उत्पादनमा ह्रास आई खाद्यान्नको आपूर्तिमा परनिर्भर हुने तथ्यलाई नकार्न सकिंदैन । उपलब्ध तथ्यांक अनुसार सन् २००७ मा नेपालमा कुल भूभागको करीब १५ दशमलव ८ प्रतिशत खेतीयोग्य जमिन उपलब्ध थियो । सन् २०१८ मा १४ दशमलव ७ प्रतिशत मात्र खेतीयोग्य जमिन उपलब्ध छ । यसरी खेतीयोग्य जमिनमा ह्रास आउनुमा बाढीपहिरो जस्ता विभिन्न कारण हुन सक्छन् । तर माथि उल्लेख भएअनुसार मधेश, पहाड र उपत्यकाका उर्वर फाँटहरू घरघडेरीका निमित्त धमाधम प्लटिङ भैरहेका छन् । यसलाई रोकथाम नगर्ने हो भने नेपालले निकट भविष्यमा खाद्यान्न संकट ब्यहोर्नुपर्ने निश्चित छ । सरकारी उदासीनता नै यसो हुनुको प्रमुख कारण हो । समयमा नै यसलाई रोक्ने ठोस कदम नचाल्ने हो भने नेपाल खाद्यान्न आपूर्तिका निमित्त परनिर्भर हुनेछ । आजको विश्वयुद्धतिर आकर्षित भैरहेको छ । विश्वयुद्धको चपेटामा रहँदा अन्तरदेशीय खाद्यान्न आपूर्तिमा संकट आउँछ । यसले नेपालजस्तो खाद्यान्न आपूर्तिमा परनिर्भर देशमा भोकमरी हुनसक्ने तथ्यलाई नकार्न सकिंदैन । लेखक अर्थशास्त्री हुन् ।

फोहरलाई मोहरमा बदल्दै गलकोट नगरपालिका

साउन ७, बागलुङ । विसं २०७३ मा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ । पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ ।  उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेत विस्तारै शहरमा परिणत हुँदै आएका छन् । बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ । नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गा अभावले लामो समयदेखि समस्या थियो तर पछिल्लो समय नगरपालिकाले जग्गा भाडामा लिएरै फोहरलाई मोहरमा बदल्न थालेको छ ।  यसअघि हटिया बजारको फोहर गौदीखोलामा फालिँदै आइएको थियो । बजारकै छेउमा फोहर फाल्दा बजार क्षेत्रनै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह हुँदै आएको थियो ।  नगरपालिकाले जग्गा अभावमा फोहरको डम्पिङ साइट खोज्न नसके पछि जग्गा भाडामा व्यवस्थापन गरेर अहिले फोहर प्रशोधन केन्द्र स्थापना गरेको छ । गलकोट–९ स्थित दरमखोला किनार नजिकै जग्गा व्यवस्थापन गरी फोहर प्रशोधन उपकरण जडानसमेत गरिसकिएको छ । कोरोना कहरका कारण फोहर प्रशोधनमा कर्मचारी खटाउन समस्या भएको र आगामी दुई महीनाभित्रै नगरपालिकाले फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।  फोहर व्यवस्थापनका लागि लामो समयको प्रयत्न र पहलमा हटिया बजारभन्दा केही पर वडा नम्बर ९ मा तीन रोपनी जग्गा मासिक रू. २० हजार भाडा तिर्ने गरी व्यवस्थापन गरिएको जग्गामा पूर्वाधार निर्माण गरिएको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।  ‘फोहर फाल्ने डम्पिङ साइट पाएनौँ, त्यसैले केही उपकरण खरिद गरेर फोहर प्रशोधन गरी बिक्री गर्ने नगरपालिकाको नीतिअनुसार प्रशोधन केन्द्रको पूर्वाधार निर्माणसँगै उपकरण जडान भएको छ’, नगर प्रमुख शर्मा गैरेले भने, ‘भाडामा जग्गा लिएर कुहिने फोहर व्यवस्थापन र नकुहिनेलाई प्रशोधन गरी प्याकिङ गरेर बिक्री गर्ने काम अघि बढेको छ, अब सबै तयारी सकिएकाले छिट्टै सञ्चालमा ल्याउने तयारी छ ।’ नगरपालिकाले तीन रोपनी जग्गामा सडक पुर्‍याउने, विद्युतीकरण गर्ने, ट्रस हाल्नेलगायतका पूर्वाधार निर्माणमा रू. २३ लाख र उपकरण खरिद तथा जडानमा रू. १० लाख खर्च गरिसकेको प्रशासकीय अधिकृत तुलबहादुर विश्वकर्माले जानकारी दिए ।  अहिले नगरपालिकाले एउटा ट्र्याक्टरमा फोहर संकलन गर्दै आएको छ । जिल्लामै तीव्र शहरीकरण भएको स्थानमा पर्ने गलकोटमा घर थपिँदै गए पछि फोहर व्यवस्थापनमा चुनौती बढ्दै गएको हो । संकलित कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिने छ ।  कुहिने फोहरको मल बनाइनेछ भने नकुहिने फोहरलाई टुक्राउने, धूने र पुनः प्रयोगका लागि विक्री गरिनेछ । नगरपालिकाले फोहर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहर प्रशोधनपछि विक्री गरेर उठाउने लक्ष्य राखेको छ । नगरपालिकामा सार्वजनिक जग्गा अभाव रहेका कारण व्यक्तिको जग्गा खरिद गर्दा निकै महँगो भएपछि भाडाको जग्गामा फोहर व्यवस्थापन गर्न थालिएको हो ।  फोहरलाई मोहर बनाएर बिक्री गर्ने योजना नगरपालिका स्थापना भएको पाँच वर्षमा पूरा हुन थालेको नगरपालिकाले जनाएको छ । गलकोटमा जग्गा अभावकै कारण बसपार्क नहुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ । रासस

फोहोरलाई मोहरमा बदल्दै गलकोट

विसं २०७३ मा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ । पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ । उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेत विस्तारै शहरमा परिणत हुँदै आएका छन् । बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ । नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गा अभावले लामो समयदेखि समस्या थियो तर पछिल्लो समय नगरपालिकाले जग्गा भाडामा

मानवीय व्यवहार नै वातावरण विनाशका कारक

गिट्टी–बालुवा उत्खननका कारण मुलुकका चुरे पहाड ढलेर बगरमा परिणत भइरहेका छन् । मलिला जमीन कङ्क्रिटमा परिणत छ । उर्वर भूमि सङ्कटमा परिरहेको छ । पानीका मुहार र स्रोत सुक्दैछ । अधिक र न्यून वर्षाका कारण कतै अनावृष्टि तर कतै अति वृष्टि छ । जथाभावी वन विनाश भइरहेको र विकास निर्माणका काम योजनाविहीन हुँदा बाढीपहिराका प्रकोपले …