टेलिकमको खुद नाफा आठ अर्ब

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्षमा आठ अर्ब रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । २०७८ असार मसान्तसम्म सात अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपियाँ खुद मुनाफा गरेको नेपाल टेलिकमले २०७९ असारसम्ममा एक अर्ब २५ करोड छ लाख ४७ हजार रुपियाँले वृद्धि गरी आठ अर्ब ३८ करोड ८८ हजार रुपियाँ नाफा गरेको हो ।

सम्बन्धित सामग्री

नेपाल टेलिकमको खुद नाफा घट्यो

काठमाडौं– नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आएर नाफा कमाएको छ । टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो र वित्तीय आम्दानी पनि घटेको […]

किन घट्यो नेपाल टेलिकमको खुद नाफा ?

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । टेलिकमले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा टेलिकमको खुद नाफा २ करोड ३३ लाख ७१ हजार रूपैयाँले घटेको हो ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्म टेलिकमले  ५ अर्ब ४१ करोड ७४ हजार खुद मुनाफा आर्जन गरेको छ । जब की गएको आर्थिक वर्षको चैतसम्म टेलिकमले ५ अर्ब...

एक अर्ब २५ करोड रुपैयाँले बढ्यो नेपाल टेलिकमको खुद नाफा

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको खुद नाफा बढेको छ । टेलिकमले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ अर्ब २५ करोड रुपैयाँले खुद नाफा बढेको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ थियो । जुन गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २५ करोडले बढेर ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ । यसैगरी, यस अवधिमा टेलिकमको कूल सञ्चालन आय पनि बढेको छ । टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आय १ अर्ब ९५ करोड ४२

नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड रुपैयाँ पुग्यो

काठमाण्डाै – नेपाल दूरसञ्चार कम्पनी एनटीसीको नाफा बढेर झन्डै साढे आठ अर्ब रुपैयाँ पुगेको छ । टेलिकमले आज साेमवार सार्वजनिक गरेको विवरणअनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा एक अर्ब २५ करोड ६ लाख रुपैयाँले धेरै हो ।  यस्तै टेलिकमको सञ्चालन आय पनि झन्डै ३८ अर्ब रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षमा टेलिकमले ३७ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ सञ्चालन आय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ९५ कराेड ४२ लाख रुपैयाँले धेर...

टेलिकमको खुद नाफा ५ अर्ब ४३ करोड

काठमाडौं । नेपाल टेलिकम चालु आर्थिक बर्षको चैत्र महिनासम्म ५ अर्ब ४३ करोड खुद नाफा कमाउन सफल भएको छ । टेलिकमको आ.व.२०७८/७९ को तृतीय त्रैमासिकको वित्तीय अनुसार खुद नाफा केही घट्न पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा करिब ४५ करोड बरारबले कम हो । गत बर्षको चैत्रसम्म कम्पनी ५ अर्ब ८८ करोड […]

कोरोनाको तेस्रो लहर र ओटीटीको बढ्दो प्रयोगले घट्यो टेलिकमको नाफा

चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो ।गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ थियो । जुन, यो वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा आइपुगेको छ । यो, ४४ करोड ९१ लाख २५ हजार रुपैयाँको गिरावट हो ।कोभिड महामारीको तेस्रो लहर र ओभर द टप (ओटीटी)को बढ्दो प्रयोगले अन्त

टेलिकमको नाफा सवा सात अर्ब

नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा ४२ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको कम्पनीले जनाएको छ । कम्पनीले गत...

टेलिकमको खुद नाफा ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ

काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल टेलिकमले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो वर्ष नाफा १८.५० प्रतिशतले बढेको हो । यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । […] The post टेलिकमको खुद नाफा ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

१८ प्रतिशतले बढ्यो टेलिकमको खुद नाफा

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिना पुस मसान्त सम्ममा नेपाल टेलिकमको खुद नाफा १८.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा साढे १८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद नाफा तीन अर्ब २८ करोड ९३ लाख रुपैयाँ थियो । जुन, यो वर्षको ६ महिनामा ६० करोड ८४ लाख ८१ हजार रुपैयाँले बढेर तीन अर्ब ८९ करोड ७८ लाख रुपैयाँ पुगेको हो ।यस्तै, कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ रहेको सञ्चालन आय यो वर्ष

टेलिकमको नाफा ७४ करोडले बढ्यो

काठमाडौँ । यस आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको नाफा ७४ करोडले बढेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख खुद नाफा कमाएको थियो […]