नक्कली मह उत्पादन गर्ने नरेशको नक्कली बिस्कुट उत्पादन गर्ने नयाँ धन्दा (तस्बिरहरुसहित)

गुणस्तहीन मह उत्पादन गरी बजारमा बिक्रि गर्दै आएका नरेश भनिने नरबहादुर श्रेष्ठले नक्कली बिस्कुट समेत उत्पादन गरी बिक्रि गर्दै आएको खुलेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले श्रेष्ठबाट सञ्चालित ललितपुरको...

सम्बन्धित सामग्री

अवैध आयातले स्वदेशी महको खपत घट्यो, 'किसान पलायन हुने खतरा'

चितवन । उत्पादनको तुलनामा स्वदेशी महको खपत कम भएपछि मौरीपालक किसान चिन्तामा परेका छन् । नेपाली बजारमा अवैधरूपमा मह भित्रिँदा स्वेदशी उत्पादनको खपत घटेको उनीहरूको भनाइ छ । मह खपत नभएपछि गत वर्षबाट नेपाली महको मौज्दात थपिँदै गएको छ ।  हाल नेपालमा वार्षिक ८ हजार मह खपत हुने गरेको अनुमानित तथ्यांक छ । जसमध्ये २ हजार ५०० मेट्रिक टन मह स्वदेशमै उत्पादन हुन्छ । यस्तै, १ हजार ५०० मेट्रिक टन मह आयात हुने गरेको छ । खपत हुने महमध्ये बाँकी हिस्सा अवैध रुपमा आयात हुने गरेको किसानको गुनासो छ । यसरी आयात हुने मह गुणस्तरीय पनि नभएको किसानको दाबी छ ।  नेपाल मौरीपालन महासंघका निर्वतमान अध्यक्ष शिवप्रसाद शर्माले नेपाली महले बजार नपाउँदा घरमै थन्किएको बताए । ‘एकातिर नेपाली महको लागत मूल्य नै बढी छ । अर्कोतिर विक्री नभई मौज्दात थुप्रेको थुप्रै छ,’ उनले भने, ‘नक्कली मह र अवैध आयातित मह नरोकिने हो भने हामी पलायन हुने बेर लाग्दैन ।’  भारतबाट आयात हुने मह नेपाल आउँदा प्रतिकेजी रू. २११ देखि २३७ सम्ममा आउने गरेको भए पनि नेपाली महको उत्पादन लागत रू. ४२५ पर्ने गरेको पौडेलको भनाइ छ । जसका कारण गत वर्षको ५ सय मेट्रिक टन मह कृषकहरूसँग मौज्दात रहेको तर हाल १ हजार मेट्रिक टन मह किसानसँग र थोक बजारमा गएको मह पनि विक्री नभएको उनले बताए ।  कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौरीपालन विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली विकास अधिकृत गोविन्द पोख्रेलले नेपालमा वार्षिक ८ हजार मेट्रिक टन मह खपत हुने गरेको बताए । उनका अनुसार नेपालबाट वार्षिक ८ मेट्रिक टन मह अष्ट्रेलिया, अमेरिका, जापान, कतार लगायतका देशमा निर्यात हुने गरेको बताए । मौरीपालन व्यवसायमा नीतिगत, प्राविधिक, बजारीकरण लगायतका समस्याहरू हुँदा नेपाली महले बजार पाउन नसकेको उनको भनाइ छ । मौरी प्रवद्र्धन नीति २०७३ को कार्यान्वयन हुन नसक्नु, मौरी बीमा र यसको कार्यान्वयनतर्फ व्यावसायी आकर्षित बन्न नसक्नु, विषादीको प्रयोगसम्बन्धी नीति बन्न नसक्नु, मौरी चरन र मौरी स्थानान्तरणमा देखिएको समस्या समाधान गर्न नसक्नु मुख्य समस्याको रूपमा रहेको उनको कार्यपत्रमा उल्लेख थियो । यी नीतिगत समस्या समाधानका लागि तीन तहका सरकारबीच समन्वयको अभाव भएको उनको भनाइ छ  । यतिमात्र नभई मौरीपालनमा संलग्न जनशक्तिमा दक्षताको कमी, मौरी विज्ञको अभाव, मौरीसम्बन्धी विषयमा अनुसन्धानको कमी, गुणस्तरीय मौरी घार तथा मौरीपालन सम्बन्धी अन्य सामग्रीको अभाव, गुणस्तरीय भालेको अभाव, सीमित मौरी चरन क्षेत्रमा मौरीपालकबीच प्रतिस्पर्धा, चरन नक्साङ्कन भई पर्याप्त चरन क्षेत्रको पहिचान हुन नसक्नु जस्ता समस्या मौरीपालक किसानले भोग्दै आएका छन् । यस्तै चिउरी लगायतका चरनजन्य वनस्पतिको संरक्षण एवं क्षेत्र विस्तार हुन नसक्नु, विषादीको बढ्दो प्रयोग अहिलेको मौरीपालन गर्ने किसानका लागि समस्या देखिएको विज्ञहरूको भनाइ छ  । कार्यपत्र प्रस्तुत गर्दै मौरी विज्ञ डा. शिवप्रसाद रिजालले नेपालमा उत्पादित महको बजार व्यवस्थापनका लागि सरकारका कुनै पनि निकायले ध्यान दिन नसक्दा मौरीपालन व्यवसाय धराशायी बन्ने खतरा बढेको बताए । मौरी लोप भएको ४ वर्षमा मानिसको समेत अस्तित्व समेत खतरा हुने भन्दै उनले मौरी र मौरीपालक किसानको समस्या समाधान गर्नेगरी काम गर्न जरुरी रहेको बताए । मौरीका कारण ८० प्रतिशत परागसेचन हुने भए पनि कृषकहरूले यस विषयलाई बुझ्न नसकेको र राज्यले बुझाउन नसकेको डा. रिजालको भनाइ छ । कृषिबालीमा विषादीको प्रयोग बढाउंँदै लग्दा नेपालमा मौरीको संख्या र गुणस्तर घट्न गई कृषि उत्पादनको साथै महको उत्पादनमा पनि ह्रास आउने उनले बताए ।  महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेले चरीचरण मासिंँदै जानु, उत्पादन लागत बढ्दै जानु र नक्कली महको बिगबिगी नरोकिएका कारण पनि नेपाली महले बजार नपाएको बताए । ‘माग हुंँदा पुर्याउन सकिँदैन, मौज्दात रहँदा विक्री गर्न सकिदैन,’ उनले भने ।  कोरोना कालमा महको उत्पादन र विक्री राम्रै भए पनि पछिल्लो समय नक्कली महले बजार पाउँदा वास्तविक किसानलाई मर्का परेको उनको भनाइ थियो । राज्यले महको गुणस्तर मापन र वर्गीकरण गरी बजार व्यवस्थापन गर्नुपर्ने घिमिरेले बताए ।  नेपालमा अहिले २ लाख ४९ हजार ६८० गोला मौरी पालन भइरहेको छ । जसमा ४ हजार ६२ मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । एपिस सेराना १ लाख १७ हजार ६८० गोला र एपिस मेलिफेरा १ लाख ३२ हजार गोला मौरी पालिँदै छ । नेपालमा मौरीपालक कृषक १ लाख ६५ हजारभन्दा बढी छन् ।

‘स्पर्श’ब्राण्डमा नक्कली धन्दा : महदेखि बिस्कुटसम्म अखाद्य

९ फागुन, काठमाडौं । काठमाडौंमा नक्कली मह उत्पादन गरेर विक्री वितरण गरेको अभियोगमा पक्राउ परेका नरबहादुर श्रेष्ठले अखाद्य कुकिज, विस्कुट र पाउरोटीसमेत बजारमा पठाउने गरेको भेटिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले गरेको अनुसन्धानका क्रममा अखाद्य वस्तु मिसाएर ‘स्पर्श मह’उत्पादन गरिरहेका श्रेष्ठले म्याद गुज्रेका र बजारमा बिक्री नभइ फिर्ता भएका सामग्रीलाई पुनः प्याकेजिङ गरेर […]

बजारमा नक्कली मह, खाद्य विभागले बल्ल मुख खोल्यो

काठमाडौँ – चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुमतिपत्र लिन भनेको छ । मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था भए पनि विभागले कानुन पालना भए नभएकोबारे खासै चासो दिएको थिएन । तर, हालै मात्र प्रहरीले नक्कली मह […]

बजारमा नक्कली मह, बल्ल सचेत गराउँदै खाद्य विभाग

चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुज्ञापत्र लिन भनेको छ । मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुज्ञापत्र लिनुपर्ने कानुनी व्यवस्था भए पनि विभागले कानुन पालना भए नभएकोबारे खासै चासो दिएको थिएन । तर, हालै मात्र प्रहरीले नक्कली मह उत्पादन गर्ने उद्योगमा छापे हानेर एक जनालाई पक्राउ गरेपछि विभाग पनि चनाखो भएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले गत बिहीबार काठमाडौंको ज्याठाबाट नक्कल

काठमाडौंमा नक्कली मह कारखाना

काठमाडौँमै एक व्यक्तिले श्रीमतीको नाममा उद्योग दर्ता गरी खान अयोग्य (गुणस्तरहीन मह) बनाएर विक्री गर्ने गरेको खुलेको छ । ती व्यक्तिले विगत सात वर्षदेखि नै यसरी खान अयोग्य मह खुवाउँदै आएको फेला परेको छ । उनले विशेषगरी होटल रेष्टुरेन्टमा उक्त मह पठाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । मिसावट गरी गुणस्तरहीन मह उत्पादन तथा …

नक्कली मह बनाएर बेच्ने श्रेष्ठ नेकपा एसको नेता, ७ हजार लिटर महसहित पक्राउ

काठमाडौं । नक्कली मह बनाएर बेच्ने क्रममा पक्राउ परेका नरबहादुर श्रेष्ठ नेकपा एकीकृत समाजवादीका सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रहेको खुलेको छ । उनलाई नक्कली मह बनाउने क्रममा कच्चा पदार्थसहित प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको ज्याठाबाट प्रहरीले करिब ७ हजार लिटर नक्कली महसहित पक्राउ गरेको थियो । ग्लुकोज र चिनी मिसाएर मह उत्पादन गर्ने गरेको […]

७ हजार लिटर नक्कली महसहित एकजना पक्राउ

काठमाडाैं । काठमाडौंको ज्याठाबाट प्रहरीले करिव ७ हजार लिटर नक्कली महसहित एक जनालाई पक्राउ गरेको छ । ग्लुकोज र चिनी मिसाएर मह उत्पादन गर्ने गरेको आरोपसहित महानगरीय प्रहरी अपराध महाशाखाले नरेश श्रेष्ठलाई विहीबार पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डकाे नामबाट बजारमा विक्री गर्ने […]

नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौंको ज्याठाबाट १ जना पक्राउ

नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् । ज्याठास्थित उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने–‘सरकारी निकायसँग अनुमती नलिइकन गुणस्तरहीन मह उत्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टा

मौरीपालनमा निषेधाज्ञाको असर : उत्पादन पनि छैन, विक्री पनि छैन

जेठ १८, चितवन । देशका अधिकांश जिल्लामा गरिएको निषेधाज्ञा एक महीनाभन्दा बढी कटिसकेको अवस्थामा  यसक्षेत्रका मौरीपालक किसानलाई थप चिन्तित बनाएको छ । चरनको अभाव हुँदै जाँदा मह उत्पादनमा पनि ह्रास हुँदै गएको छ। अघिल्लो वर्षबाट मह उत्पादन ओरोलो हुँदै जाँदा यसपटकको निशेधाज्ञाले उनीहरुलाई  झन ठूलो मार परेको छ । ‘चरण पनि छैन ,उत्पादन पनि छैन, विक्री पनि छैन’, भरतपुर महानगरपालिका वडा नम्बर ९ का मौरीपालक कृषक विष्णु भुषाल भन्छन् । यतिबेला वन लगायत स्थानीय बारी तथा खेतहरुमा फूल फुल्ने सिजन नहुँदा मह उत्पादन पनि हुँदैन, भएका मौरीलाई चिनी चास्नी खुवाएर घारभित्रै पाल्नु पर्छ ।  ‘अहिले हाम्रो मौरीका लागि खर्च मात्रै हो, आम्दानी शून्य छ, भएको महपनि कहाँ लगेर बेच्ने ?’, भूषालले प्रतिप्रश्न गरे  । गत सालदेखि निशेधाज्ञाको मार खेपिरहेका मौरीपालक किसान यसवर्ष थप मारमा परेका छन ।  स्थानीय खैरहनी नगरपालिका वडा नम्बर ४ का किसान श्याम गुरुङ्गले विगत केही दिनदेखि परेको हावाहुरी र पानीले घारभित्रका मौरी मर्न थालेको र रानो पनि उत्पादन हुन नसकेको बताए ।  जिल्लाका अन्य मौराीपालक किसानको सबैजसो हविगत उस्तै छ । उनीहरुले कहिले चरण, कहिले विक्री, कहिले मूल्यका कारण सँधैजसो नोक्सान बेहोर्दै आएको बताएका छन् । जसका कारण कतिपय किसान विस्थापित हुने क्रम छन् त कतिपय किसान विस्थापित भइसकेका छन्  भने केही किसान आउने क्रम पनि छ ।  ‘महको माग भएर के गर्नु उत्पादननै छैन, चरन पनि छैन । मौरीलाई बचाउन पनि उत्तिकै गाह्रो छ’, उनले भने । स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न प्रोत्साहन गर्न सरकारले बिशेष खालको योजना नल्याउँदा यस व्यवसायप्रति निराशा बनाएको उनको भनाइ छ । मौरीको विस्तार र  महको  विक्री मात्रै होइन उत्पादनमा वर्षेनी ह्रास आएको छ । जसका कारण उपभोक्ता कि त विदेशी महंगो मह किन्न बाध्य छन् कित नक्कली मह उपभोग गर्नुपर्ने बाध्यतामा छन् ।  ‘मौसममा व्यापक परिवर्तन छ, न मौसममा फूलहरु फुलेका छन्, नत प्रशस्त रुपमा मौरीले चरन गर्न पाएको छ’,मौरी विज्ञ डाक्टर खेमराज न्यौपाने भन्छन्, ‘नत फलफूल र बालीहरुमा प्रशस्त रस नै छ । ’ । स्वदेशी उत्पादन र प्रर्वद्धनमा राज्यको नीति तथा आंँखा नपर्ने भएकोले यस व्यवसायमा थप आकर्षण हुन नसकेको उनले बताए ।  मौरीको भूमिका मह मात्र उत्पादन गर्ने नभई परागसेचनको कारण खाद्यान्न बाली उत्पादन पनि ठूलो प्रभाव पार्ने उनको भनाइ छ । केही वर्षदेखि महको उत्पादन घटेपछि यसको माग बढ्न थालेपछि नयांँ किसानहरु यस व्यवसायमा थपिएपनि उत्पादनमा  भने कुनै परिवर्तन आएको छैन ।  ‘मूल्य बढ्यो, माग बढ्यो भनेर नयाँ किसानहरु आएका छन्’, मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले भने, तर घारको संख्यामा वृद्धि भएपनि मह उत्पादनमा वृद्धि भएन ।’ उनका अनुसार गत वर्षभन्दा यसवर्ष ३० प्रतिशतले उत्पादनमा ह्रास आएको छ । विगतका वर्षहरुमा प्रतिघार २२ केजी उत्पादन भएपनि हाल प्रतिघार १५ देखि १६ केजी महमात्र उत्पाादन हुने गरेको शर्माले बताए । चितवनमा ३५ हजार मौरीको घार रहेका छन् भने किसानको संख्या ५०० को हाराहारीमा रहेको छ ।

नक्कली मह बनाएर बेच्ने सात भारतीय नागरिक पक्राउ

अर्गानिक मह भन्दै घर–घरमा बेच्दै हिड्ने तर बुटवलमै घर भाडा लिएर नक्कली मह उत्पादन गर्ने सात जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका –११ सिर्जनानगरमा चार वटा घर भाडामा लिई नक्कली महको कारखाना खोलको प्रहरीले जनाएको छ ।