भक्तपुर– भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ । चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रविन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । […]