भारतमा दैनिक संक्रमित दरमा कमी, सक्रिय संक्रमितको संख्या पनि घट्यो

साउन २३, नयाँदिल्ली (भारत) । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी आएको छ ।             शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिवार सार्वजनिक गरिएको विवरणमा दैनिक संक्रमितको संख्यामा कमी देखिएको हो ।             शुक्रवारभन्दा शनिवारको विवरणमा झण्डै ६ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । शनिवार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन् । जवकी शुक्रवार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ संक्रमित भएको उल्लेख थियो ।             सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै समयावधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले अहिले संक्रमित अवस्थामै रहेकाको संख्या घटेको छ ।             भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कुल संख्या ४ लाख १२ हजार १५३ रहेको छ । जवकी अघिल्लो दिन ४ लाख १४ हजार १५३ रहेको थियो ।             सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ । तीमध्ये १ दशमलव २९ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामै रहेका छन् । संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने ३ करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।             भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर ४ लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ । तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।             अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ ।  भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार १३८ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । योसँगै अहिलेसम्म खोप लगाएकाको संख्या ५० करोड १० लाख ९ हजार ६०९ पुगेको छ ।  रासस/ एएनआई

सम्बन्धित सामग्री

दिल्ली र मुम्बईमा ह्वात्तै घट्यो कोरोना संक्रमण

३ माघ, काठमाडौं । भारतका दुई मुख्य शहरमा कोभिड-१९ का संक्रमित एक्कासी घटेका छन् । अधिकारीहरूले दिल्ली र मुम्बईमा कोभिड संक्रमितको संख्या ह्वात्तै घटेको बताएका हुन् । भारतमा तेस्रो लहर शुरु भएसँगै पछिल्लो समय दैनिक संक्रमितको संख्या बढिरहेको देखिन्छ । त्यहाँ केही दिनयता दैनिक संक्रमितको संख्या साढे २ लाख नाघेका छन् । तर राजधानी दिल्ली […]

भारतमा दैनिक संक्रमितको संख्या घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या फेरि घटेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

महाराष्ट्रमा घट्यो कोरोना संक्रमण दर, सुरु हुन थाले फिल्मको छायांकन

भारतमा कोरोना संक्रमणको दर अहिले घट्दो छ। भारतमा धेरै संक्रमित पहिचान भएको महाराष्ट्रमा पनि संक्रमितको संख्या घटेको छ। यसबिच महाराष्ट्र सरकारले ७ जुनदेखि लकडाउन खुकुलो गरेको छ।    'लुज डाउन' नीति लिएको सरकारले फिल्म उद्योगको लागि मापदण्ड बनाएर निश्चित समयको लागि फिल्म सुटिङ गर्ने अनुमति समेत दिएको छ। सुटिङ अनुमति…

भारतमा घट्यो कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमणको दर घटेको छ । अघिल्लो २४ घण्टामा १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६३६ संक्रमित थपिएका छन् ।  संक्रमितको यो संख्या दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि एकैदिन संक्रमण भएको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा भारतमा २ हजार...