काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमा पुगेका थिए । ट्वीटरमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने बेरीले उल्लेख गरेका छन् ।