पुष्करलाई अर्थ सचिव र दंगाललाई राजश्व सचिव बनाउने निर्णय

काठमाडौं, २६ साउन । सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिएको छ । उनी राजश्व सचिव थिए । आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसैगरी, राजश्व सचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका छन् ।

सम्बन्धित सामग्री

अर्थ सचिव मरासिनीको स्वागत र पुष्करको बिदाइ एकैसाथ

काठमाडौँ । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुष्कर कर्णको बिदाइ र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिकृतभन्दा माथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाइ कार्यक्रममा सहभागी थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले […]

सचिवद्वय राया र घिमिरेले सम्हाले कार्यभार

२२ पुस, काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारदेखि कार्यभार सम्हालेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गरेका हुन् । सचिवद्वय राया र घिमिरेलाई स्वागत गर्नुअघि मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आएका सचिवद्वय कृष्णहरि पुष्कर […]

दुई सचिवले सम्हाले मन्त्रालयको कार्यभार

काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारबाट अर्थमन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिव द्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गर्नुभएको हो । साथै मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका सचिवद्वय कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाललाई […]

राय अर्थ सचिव, घिमिरे राजस्व सचिवमा

अर्थमन्त्री विष्णु पौडेलले अर्थ र राजश्व सचिव फेरेका छन् । अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको एक साता नहुँदै अर्थमन्त्री पौडेलले दुबै सचिव फेरेका हुन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकबाट अर्थ सचिवमा तोयम राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको हो । राय वाणिज्य मन्त्रालयमा थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । रायले विगतमा अर्थमन्त्रालयका […]

सरकारले फेर्यो अर्थ र राजश्वका सचिव

सरकारले अर्थमन्त्रालयका सचिवको सरुवा गरेको छ। सरकारले अर्थका सचिव र राजश्व सचिव फेरेको हो।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तोयम रायालाई नयाँ अर्थ सचिव बनाएको छ भने रामप्रसाद घिमिरेलाई राजश्व सचिव बनाउने निर्णय ...

मन्त्रिपरिषद बैठकले के के निर्णय लेला

काठमाडौं, २६ साउन । मन्त्रिपरिषदको बैठक चलिरहेको छ । बैठकले चुनावको तयारीसम्बन्धी केही महतवपूर्ण निर्णय गर्ने बुझिएको छ । बैठकले कृष्णहरि पुष्करलाई अर्थ सचिव बनाउने विश्वस्त स्रोतले जानकारी दिएको छ । राजश्व सचिव पुष्करले नै अर्थको जिम्मेवारी सम्हालिरहेका छन् ।

मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अहिले केही बेरमा बस्दै छ । बैठक दिउँसो ४ बजे सिंहदरवारमा बोलाइएको हो । बैठकमा मन्त्रालयका नियमित एजेन्डालगायत केही महत्त्वपूर्ण निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यससँगै आजै अर्थ सचिव नियुक्त गर्ने सम्भावना उच्च छ । अर्थ मन्त्री जनार्दन शर्माको पुनर्बहालीपछि रिक्त रहेको अर्थ सचिवमा राजश्व सचिव कृष्णहरी पुष्करलाई […]