वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले राजनीतिक बहसभन्दा आर्थिक र व्यावसायिक विकासको बारेमा बहस हुन जरुरी भएको बताएका छन् । वैद्यज् अर्गनाइजेशनको ६० औं वार्षिकोत्सवको अवसरमा चितवनको चुम्लिङटारमा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले आर्थिक बहस गर्दै सबै आर्थिक विकासमा लाग्नपर्ने बताए ।