नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिले सिद्धान्तको राजनीति आवश्यक भएकोमा जोड दिएका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबारदेखि दमौलीमा शुरु गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सिद्धान्तको राजनीतिले मात्रै मुलुकलाई समृद्ध बनाउने बताए ।