काठमाडौंं भाइरस म्युटेसन भएर नयाँ रुप ग्रहण गर्नु विज्ञानको दृष्टिले साधारण कुरा हो । त्यही अनुसार, विश्वभरि हाहाकार मच्चाइरहेको कोरोनाभाइरसमा म्युटेसन भएर बेलायतमा कोरोनाभाइरसको नयाँ स्वरुप देखापर्यो । बेलायतमा देखापरेको नयाँ रुपको भाइरस चाहिँ यसको माउ भाइरसभन्दा अत्यधिक धेरै छिटो संक्रमण हुने (५० देखि ७० प्रतिशत बढी) खालको भएपछि विश्वमा नयाँ चिन्ता र चासो देखापर्यो । यो भाइरसको प्रसारप्रसारलाई नियन्त्रण र रोकथाम गर्न विश्वका थुप्रै मुलुकहरुले बेलायत यात्रामा प्रतिबन्ध लगाए । तर त्यसले उक