हेटौंडा : बागमती प्रदेश सभाको दोस्रो कार्यकालमा राजनीतिक दलहरुको अंकगणित फेरिएको छ। ०७४ मा भएको निर्वाचनपछि बनेको प्रदेश सभाको पहिलो कार्यकालको अंकगणितलाई उत्लट्याउदै दोस्रो कार्यकालमा अंकगणित फेरिएको हो। मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनबाट बागमती प्रदेश सभामा अघिल्लो कार्यकालको दुईवटा दल बाहिरिदा अर्को एउटा नयाँ दलले प्रवेश पाएको छ। पहिलो कार्यकालमा ३ सिटसहित बागमती प्रदेश सभामा रहेको विवेकशील साझा र एक सिट रहेको जनता समाजवादी पार्टी जसपा यो निर्वाचनपछि