कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले वास्तविक भूमिहीन परिवारलाई जग्गाको स्वामित्व उपलब्ध गराउन कानुनी अवरोध हटाउने उद्देश्यले भूमि तथा वनसम्बन्धी अध्यादेश जारी गरिएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यादेशको व्यवस्थाबारे जानकारी दिँदै उनले योग्य परिवारलाई कृषि प्रयोजनको जग्गामा न्यूनतम मूल्याङ्कनको ७ प्रतिशत र आवासीय जग्गामा १२ प्रतिशत दस्तुर लिएर स्वामित्व उपलब्ध गराउन सकिने उल्लेख […]
दुई वर्षअघि सार्वजनिक भएको हेमन्त शर्माको 'आउँथ्यो दसैं' यसपालि पनि दसैंको माहोलमा गुञ्जिरहेको छ।
युट्युबमा दैनिक करिब ८० हजार भ्युज पाइरहेको गीत बालबालिकादेखि पाका उमेरका मानिससम्मले मन पराएका छन्।
आखिर यो गीतमा यस्तो के छ, जसले हरेक वर्ष दसैंको सम्झना ताजा बनाउँछ?
उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जङ्गली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत हात्ती […]
भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सीसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सीसी क्यामेराको निगरानीमा राखिएको छ ।