काठमाडौं : नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ।विभागले पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखी अहिले सञ्चालनमा रहेका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरूलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आह्वान गरेको छ। तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनधिकृत घोषित गरी कानूनी दायरामा ल्याउने विभागले जनाएको छ। विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा सोमबार बसेको विभागको बैठकले कांग्रेसको सरकारले आजसम्म गरेका राम्र