ट्विटर र फेसबूकबाट निकालिएपछि आफ्नो कुरा राख्न नपाएर छटपटिरहेका अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्न लागेका छन् ।
ट्रुथ सोसल नामक उक्त सञ्जाल सन् २०२२ को शुरूतिरै खोल्ने उनको योजना छ ।
ट्रम्प मिडिया यान्ड टेक्नोलोजी ग्रुपले उदारवादी मिडियाको झुण्डलाई टक्कर दिन नयाँ सामाजिक सञ्जाल खोल्न खोजेको बताए । अमेरिकामा फरक मतलाई मौन राख्नका लागि एकपक्षीय शक्ति दुरुपयोग गर्ने सिलिकन भ्यालीका ठूला प्रविधि कम्पनीविरुद्ध लड्न यो सञ्जाल खोलेको कम्पनीको भनाइ छ ।
ट्रम्प उक्त ग्रुपका अध्यक्ष हुन् । उन...