जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको निर्वाचन प्रणाली गलत भएको बताएका छन् । जसपा रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार रोहिणी गाउँपालिका–३, धकधईमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले अहिलेको निर्वाचन प्रणाली खिचडीजस्तो र अत्यन्तै महँगो भएको बताए ।खर्चिलो निर्वाचन प्रणालीका कारण आम जनतालाई निर्वाचनमा उम्मेदवार बन्न समस्या रहेको उनको भनाइ छ । उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले नेपालजस्तो गरीब मुलुकमा