हिमपातले मनाङमा खोप अभियान स्थगित

हिमपातले मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ । हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले जानकारी दिए ।मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान ५ माघबाट सञ्चालन भएको थियो । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्

सम्बन्धित सामग्री

डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

कोपेनहेगन । डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ । गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो । कोरोना भाइरसको महामारी कम हुँदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको […]

डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित

डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ । गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरु हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो । कोरोना भाइरसको महामारी कम हुदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र “अवस्था राम्रो” रहेकाले खोप अभियान स्थगित गरिएको जनाएको छ । डेनमार्कका ८१ प्रतिशतले कोरोना भाइरस विरुद्धको दुवै खोप लगा

हिमपातका कारण मनाङमा खोप अभियान स्थगित

काठमाडौं । हिमाली जिल्ला मनाङमा भारी मात्रामा हिमपात भएपछि खोप अभियान स्थगित भएको छ । माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा खोप अभियान चलिरहेकै अवस्थामा हिमपातका कारण खोप अभियान स्थगित भएको हो । यहाँ पछिल्लो पटक भएको हिमपात भारी मात्रामा रहेकाले अन्य कार्यक्रमहरु पनि प्रभावित रहेको र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको […]

टेकु अस्पतालमा खोप अभियान स्थगित !

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले स्थगित गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार भोलि माघ १० देखि माघ १६ गतेसम्म खोप अभियान स्थगित गरिएको हो । […]

सिरिन्ज अभाव भएपछि खोप अभियान स्थगित

जिल्लाको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिकामा खोप तथा सिरिन्ज अभावको कारण खोप अभियान स्थगित भएको हो।...

भोलिदेखि सुरु हुने खोप अभियान स्थगित

काठमाडौँ, १२ पुस। काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई भोलिदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । खोपका लागि आवश्यक पर्ने सिरिञ्ज अभाव भएका कारण अभियान स्थगित गरिएको खोप शाखाले जनाएको छ ।खोप शाखाका प्रमुख सागर दाहालकाअनुसार सिरिञ्ज ल्याउने तयारी भइरहेकाले केही दिनमै खोप अभियान सुरु हुनेछ । यसअघि स्वास्थ्य मन्त्रालयले भोलिदेखि २२ गतेसम्म ८ […]

काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित

काठमाडौं, साउन १ । काठमाडौं जिल्लामा चिनियाँ भेरोसेल खोप अभियान स्थगित गरिएको छ । खोपको मौज्दात सकिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले साउन २ गतेसम्म लागि तय गरिएको तालिका स्थगित गर्नुपरेको जनाएको हो । अर्को सूचना नभएसम्म खोप अभियान रोकिएको पनि सो कार्यालयले जनाएको छ ।

काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित

कोरोना भाइरसविरुद्धको भेरोसेल खोप अभाव भएको भन्दै काठमाडौंमा खोप अभियान स्थगित गरिएको छ

काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?

काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।

कोरोनाविरुद्धको खोप अभियान स्थगित

काठमाण्डाै – सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान हालका लागि स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको (आईसीएस) बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो ।बुधवारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताउनुभयो ।अग्रिम ...