भारतको विश्वकप २०१९ को यात्रा सेमिफाइनलमा पुगेर सकिएको छ। भारत न्यूजिल्यान्डसँग पराजित भएर विश्वकपको उपाधि होडबाट बाहिरिएको हो।
मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्न भएको थियो। जसमा न्यूजिल्यान्डले दिएको २३९ रनको मध्यम लक्ष्य भारतले पूरा गर्न सकेन र ४ बल बाँकी छँदा १८ रनले पराजित भयो।