भारतलाई हराउँदै न्युजिल्यान्ड बन्यो च्याम्पियन

एजेन्सी। कप्तान केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले भारतलाई आठ विकेटले हराउँदै आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दुई दिन वर्षाले प्रभावित भएपछि छैटौं दिन खेलाइएको थियो। ६४/२ को स्थितिबाट छैटौं दिन थालेको भारतले दोस्रो इनिङमा १७० रन जोड्दा सबै विकेट गुमाएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पायो। जुन दुई विकेट गुमाएर पुरा गर्यो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो।

सम्बन्धित सामग्री

सेमिफाइनलमा पुग्ने पाकिस्तानको लक्ष्य

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर–१२ मा अपराजित पाकिस्तान टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक नामिबियासँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा भारतलाई हराउँदै उच्च मनोबलमा रहेको पाकिस्तानले दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । पाकिस्तान ब्याटिङ तथा बलिङ दुवै पक्षमा बलियो छ । कप्तान बाबर आजमले विश्वकप क्रिकेटअन्तर्गत...

भारतलाई हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियन

काठमाडौं । न्युजिल्यान्डले पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियन बनको छ । फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियन बनेको हो । बुधबार दोस्रो इनिङ्समा भारत १७० रन जोड्दा अलआउट भएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पाएको थियो  । साउथह्याम्पटनमा सामान्य लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर पूरा गर्‍याे...

भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा

भारतको विश्वकप २०१९ को यात्रा सेमिफाइनलमा पुगेर सकिएको छ। भारत न्यूजिल्यान्डसँग पराजित भएर विश्वकपको उपाधि होडबाट बाहिरिएको हो। मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्न भएको थियो। जसमा न्यूजिल्यान्डले दिएको २३९ रनको मध्यम लक्ष्य भारतले पूरा गर्न सकेन र ४ बल बाँकी छँदा १८ रनले पराजित भयो।