‘सन् २०२६ सम्ममा निर्यात १० खर्ब कटाउने लक्ष्य छ’

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालको निर्यात पहिलोपटक २ खर्बभन्दा माथि पुगेको छ । यस्तै, नेपालको आयात पनि १९ खर्ब २० अर्ब रुपैयाँ र व्यापारघाटा १७ खर्बभन्दा बढी पुगेको छ ।यस्तो स्थितिमा नेपालको निर्यात बढाएर व्यापारघाटा घटाउने उपायका सम्बन्धमा नेपाल निर्यात व्यवसायी महासंघका महासचिव अमृत खड्कासँग रातोपाटीका निकेश खत्रीले संक्षिप्त कुरा गरेका छन् । प्रस्तुत छ, खड्कासँग गरिएको कुराकानीको सम्पादित अंशः–भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको त

सम्बन्धित सामग्री

उच्चतम मूल्यमै नेपालबाट भारतमा बिजुली निर्यात

दैनिक २० करोडसम्म आम्दानी, यो आवमा १५ अर्बको निर्यात गर्ने लक्ष्य  भारतीय बजारमा विद्युत्को मूल्य बढेसँगै नेपाली बिजुली पनि त्यहाँको उच्चतम मूल्यमा बिक्री हुन थालेको छ । विभिन्न कारणले अहिले भारतमा विद्युत्को...

मौद्रिक नीतिको लक्ष्य

सरकारले विद्युत निर्यात गरेर भारतसँगको व्यापार घाटा कम गर्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकले आइतबार घोषणा गरेको मौद्रिक नीतिमार्फत चालु आर्थिक बर्ष २०८०/८१ मा विद्युत निर्यात बढाएर भारतसँगको व्यापार घाटा कम गर्ने लक्ष्य लिइएको हो । ‘आर्थिक वर्ष २०८०/८१ मा करिब ९०० मेगावाट विद्युत राष्ट्रिय ग्रिड प्रणालीमा थप हुने क्रममा रहेको छ । २०८० […]

२०३० भित्र एक खर्ब डलरको कपडा निर्यात गर्ने भारतको लक्ष्य

एजेन्सी, १ वैशाख । भारतको कपडा उद्योग फष्टाउन थालेको छ । निरन्तर निर्यात वृद्धिले भारतको कपडा विश्व बजारमा माग बढ्ने क्रम चलि नै रहेको छ । भारतका टेक्सटाइल हेर्ने मन्त्री पिउस गोयलले सन् २०३० भित्र निर्यात १ खर्ब डलर पुर्याउने लक्ष्य रहेको बताएका छन् । इकोनोमिक टाइम्सका अनुसार अष्ट्रेलिया र युएईमा भारतको कपडामा आकर्षण बढेको […]

जडिबुटी खेती विस्तार गर्दै निर्यात प्रवद्र्धनमा जोड

जडिबुटी बिस्तार गर्दै निर्यात प्रवद्र्धनमा जोड दिने सरकारले नीति लिएको छ । जडिबुटीबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न र दिगो विकासले तोकेको लक्ष्य पूरा गर्न जडिबुटीको खेती बिस्तार गरेर स्वदेशी जडिबुटी निर्यात गर्ने लक्ष्य लिइएको हो ।मंगलबार वनस्पति विभागको ६२ औं वार्षिकोत्सव तथा २३ औं वनस्पति दिवसको असरमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले […]

तीन वर्षमा आत्मनिर्भर, पाँच वर्षमा निर्यात

आगामी पाँच वर्षभित्रमा स्वदेशी काठ विदेशी बजारमा पु-याउने गरी सरकारले वन सुधारको रणनीतिक योजना बनाएको छ । वन क्षेत्रबाट मुलुकको अर्थतन्त्र सुधार गर्न आगामी पाँच वर्षमा निर्यात गर्ने लक्ष्य राखिएको हो ।वन तथा वातावरण मन्त्रालयले वनको व्यवस्थापनमार्फत काठको उत्पादन बढाएर निर्यात गर्ने लक्ष्य रहेको बताएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, सामुदायिक वन […]

निर्यात बढ्दा पनि सुध्रेन वैदेशिक व्यापारको स्थिति

धेरै वर्ष अगाडिदेखि सरकारले वर्षमा एक खर्ब निर्यात गर्ने लक्ष्य राखेकोमा बल्लतल्ल सरकारले उक्त लक्ष्य भेट्न थालेको थियो । वास्तवमा अघिल्लो सरकारले त एक खर्ब निर्यात पुगेकोमा त्यसलाई आफ्नो उपलब्धि नै मानेको पनि थियो । तर, चालू आर्थिक वर्षमा पाँचै महिनामा एक खर्ब निर्यात नाघेको छ । अर्थात् आधा आर्थिक वर्ष सकिनु अगावै एक खर्ब […]

सात अर्ब डलरको निर्यात आकार पुर्‍याउने लक्ष्य

काठमाडौं, (नेस) । सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पुर्‍याउने निर्यात व्यवसायी महासंघ नेपालले लक्ष्य राखेको छ । महासंघले आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पुर्‍याउने र सन् २०२५ को अन्त्यसम्म उक्त लक्ष्य पूरा गर्ने जनाएको हो । निर्यात व्यवसाय प्रवद्र्धन गर्न महासंघले गत […]

सन् २०२५ सम्म सात अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

काठमाडौँ । निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ। महासङ्घले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पुर्‍याउने र सन् २०२५ को अन्त्यसम्म सात अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको हो। नेपालको निर्यात व्यवसायलाई […]

सन् २०२५ सम्म सात अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । महासङ्घले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पुर्याउने र सन् २०२५ को अन्त्यसम्म सात अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको हो । नेपालको निर्यात व्यवसायलाई अभिवृद्धि गरी व्यापार घाटा कम गर्न महासङ्घले गत साउन २७ गतेदेखि साउन २९ गतेसम्म ४० देशका कूटनीतिक नियोगका प्रतिनिधिसँग भर्चुअल माध्यमबाट गरेको अन

तीन वर्षमा निर्यात दोब्बर पार्ने महासंघको योजना

निर्यात व्यवसायी महासंघले तीन वर्षमा हालको निर्यातलाई दोब्बर बनाउने तीन वर्षे रणनीति सार्वजनिक गरेको छ । महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात व्यापारको आकार १ अर्ब अमेरिकी डलरबाट २ अर्ब डलर र आगामी पाँच वर्ष अर्थात सन् २०२५ को अन्त्यसम्ममा ७ अर्ब डलर बनाउने लक्ष्य सार्वजनिक गरेको हो । महासंघले निर्यात वृद्धिका लागि २०२१÷०२३ सम्मको […]