शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै

दोधारा चाँदनी– महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र रहेका वन्यजन्तुको आहारा पहिचान गर्न लागेको छ । निकुञ्जमा रहेको घाँसे मैदानमा वन्यजन्तुको आहारा पहिचानका लागि अध्ययन भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले घाँसे मैदानमा ‘प्लट’ छुट्याएर अध्ययन भइरहेको जानकारी दिए ।  ‘निकुञ्जको घाँसे मैदानमा खेतका गराजस्तै साना प्लट बनाएका छौँ, […]

सम्बन्धित सामग्री

स्वास्थ्यका लागि सिस्नु

स्वास्थ्यका लागि सिस्नु बहुउपयोगी र बहुगुणकारी रहेको छ । पहिलेपहिले गरिबको आहारा रहेको सिस्नु अहिले पाँचतारे होटल र आकाश छुने बंगलाका भान्साघरमा पनि विशेष परिकारका रूपमा पाक्न थालेको छ । यसमा हुने खाद्य तत्वको पहिचान र स्वास्थ्य हितलाई ध्यानमा राखेर यसको महिमा गरिन थालिएको छ । किंवदन्तीमा सिस्नुको महिमा कम छैन । सृष्टिकालको पूर्वाद्र्धमा जनजाति […] The post स्वास्थ्यका लागि सिस्नु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै

खेतका गरा जस्तै साना प्लट बनाएका छन् । कुनै प्लटमा घाँस छ । कुनै प्लटमा घाँस काटिएको छ । कतै काटिएको घाँसमा आगो लगाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसे मैदानमा निकुञ्ज प्रशासनले अध्ययनका लागि गरेको क्रियाकलापको दृश्य हो यो ।

विश्वकै सबैभन्दा जेठी जङ्गली चरीले ७० वर्षको उमेरमा बचेरो पाइन्

काठमाडौं । विश्वकै सबैभन्दा जेठी जङ्गली चरी विज्डम द एल्बाट्रसले कम्तीमा ७० वर्षको उमेरमा बचेरो कोरलेकी छन्। लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुअरी १ तारिखका दिन बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले जनाएको हो। सामान्यतया लेसेन एल्बाट्रसहरू १२ देखि ४० वर्षसम्म बाँच्छन्। तर विज्डमलाई सन् १९५६ मा अनुसन्धानकर्ताहरूले पहिलो पटक पहिचान गरेका थिए। वाइल्डलाइफसम्बन्धी अमेरिकी अधिकारीहरूका अनुसार विज्डमले एकीआकामाई नाम गरेका भालेको समागमबाट बचेरो पाएकी हुन्।सन् २०१२ देखि तिनी एकीआकामाईसँग बस्दै आएकी छन्। सामान्यतया एल्बाट्रसहरू एक पटक मात्रै जीवनसाथी बनाउँछन्। तर लामो समयसम्म बाँचिरहेकी विज्डमका पहिलाका जीवनसाथीहरू मरिसकेका ठानिएको छ। विज्डमले फेब्रुअरीमै बचेरो कोरले पनि त्यसबारे यो साता मात्र थाहा भएको हो। ‘विज्डमले नोभेम्बर महिनाको अन्तिमतिर अन्डा पारेको हुनुपर्छ,’ अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले नयाँ बचेरोबारे जानकारी गराएको विज्ञप्तिमा भनेको छ। ‘त्यसलगत्तै जब उनी आहाराका लागि समुद्रतिर फर्किइन्। तिनको जीवनसाथीले अण्डा स्याहार्ने जिम्मेवारी सम्हाल्यो। एल्बाट्रसको जोडीले अन्डा स्याहार्ने र बचेरो कोरलिएपछि आहारा खुवाउने जिम्मेवारी मिलीजुली सम्हाल्छन्।’ विज्डमले आफ्नो जीवनकालमा ३० देखि ३६ वटा बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसको विश्वास छ। बीबीसी