तेस्रो मुुलुक केन्द्रित निर्यात व्यापारको आवश्यकता : हालका निर्यातले गरेका केही संकेत

आर्थिक वर्ष (आव) २०७९/८० को नेपालको वैदेशिक व्यापारको अवस्थालाई विश्लेषण गर्दा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ४ प्रतिशतले ह्रास आई रू. १,७६८.८७ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २१ दशमलव ४ प्रतिशतले ह्रास आई रू. १५७.१४ अर्ब तथा कुल पैठारीमा १६ दशमलव १ प्रतिशतले ह्रास आई रू. १,६११.७३ अर्ब पुगेको छ भने कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमश: ८ दशमलव ९ प्रतिशत र ९१ दशमलव १ प्रतिशत रहेको छ । आव २०७८/७९ मा निकासी पैठारी व्यापारको अनुपात १:९.६ रहेकोमा आव २०७९/८० को सोही अवधिमा उक्त अनुपात १:१०.३ मा कायम रहेको छ । आव २०७९/८० को नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालको कुल व्यापारको अंश ३६ दशमलव ४ रहेको छ भने सोही वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादनमा निकासी तथा पैठारीको हिस्सा क्रमश: ३ दशमलव २५ र ३३ दशमलव २५ रहेको छ । आव २०७८/७९ को नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा व्यापारको अंश ४९ दशमलव ६५ रहेको थियो भने सोही वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादनमा निकासी र पैठारीको अंश क्रमश: ४ दशमलव ७५ र ४४ दशमलव ९५ रहेको थियो । अन्तरराष्ट्रिय व्यापार केन्द्रले गरेको विश्व व्यापारको तथ्यांक विश्लेषणलाई अवलोकन गर्ने हो भने २०२२ मा विश्वको कुल निर्यात व्यापारमा नेपालका मालवस्तुहरूको कुल निर्यातको अंश १५५औं स्थानमा रहेको र विश्व व्यापारको कुल निर्यात रकममा नेपालबाट भएको कुल निर्यात रकमको ०.००५५ प्रतिशत रहेको देखिन्छ । आयाततर्फ भने विश्व व्यापारको कुल आयातमा नेपालको आयातको अंश १०१औं स्थानमा रहेको र नेपालको कुल आयात रकम विश्व व्यापारको कुल आयात रकमको ०.०५५५ प्रतिशत रहेको छ । प्रशोधित वस्तुहरूको निर्यात प्रवर्द्धन गर्न गुणस्तरका प्रावधानहरू पूरा गर्ने विषयमा सबैभन्दा बढी ध्यान जानुपर्छ । विशेष गरी नेपाली प्रयोगशालाका प्रमाणपत्रहरूलाई सम्बद्ध आयातकर्ता मुलुकहरूमा मान्यता प्राप्त गर्न नेपालको राजनीतिक र कूटनीतिक क्षेत्रबाट विशेष पहल हुन जरूरी देखिन्छ । आव २०७९/८० मा नेपालको निर्यात २१ दशमलव ४ प्रतिशतले ह्रास आई रू. १५७.१४ अर्ब पुगेको छ । यस अवधिमा नेपालबाट निर्यात भैरहेका अधिकांश वस्तुको निर्यातमा आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा खाने तेलको निर्यातबाहेक अन्य निकासी भइरहेका वस्तुहरूको सन्तोषजनक रूपमा वृद्धि भएको देखिन्छ । आव २०७९/८० मा नेपालबाट वस्तुगत तथा देशगत रूपमा निर्यात भएका मालवस्तुहरूको विश्लेषण गर्ने हो भने प्रमुख वस्तुहरूमा पामतेल, पोलिस्टर तथा अन्य धागो, ऊनी गलैंचा, फलाम तथा फलामका उत्पादनहरू, भटमासको तेल, अलैंची, जुट तथा जुटका सामानहरू, तयारी पोशाक तथा एक्सेसरिज, जुस, ऊनी फेल्टका उत्पादन, चिया, कुकुर बिरालाका आहारा, पश्मिना शल, कपडा, चाउचाउ, रोजिन एन्ड रेजिन एसिड, जडीबुटी, नेपाली हातेकागज, अदुवा र जुत्ता चप्पल प्रमुख रूपमा रहेका छन् ।  समीक्षा अवधिमा भौतिक संरचना निर्माणका सामग्रीहरू जस्तै फलाम, स्टील तथा तिनका सामानहरू आल्युमिनियम, तामाजस्ता वस्तुको आयातले मुलुकको पूर्वाधार तथा अन्य निर्यात गरिने मालवस्तुहरूको उत्पादनमा सकारात्मक योगदान पुर्‍याउन सकेको आकलन गर्न सकिन्छ । यसैगरी निर्यात हुने मालवस्तुहरू तयार गर्न आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थहरू जस्तै कच्चा पाम आयल, कच्चा भटमासको तेललगायत अन्य मालवस्तु उत्पादन गरी स्वदेशमा नै खपत हुने मालवस्तुहरूका लागि आवश्यक पर्ने पोलिथिनका दानाहरू, रबर र रसायनजस्ता वस्तुको आयातसमेत उल्लेख्य रूपमा भएको पाइन्छ । चालू आव २०७९/८० मा अघिल्लो आवको तुलनामा समग्र पैठारीमा ह्रास आउँदा व्यापारघाटामा सुधार भएको छ । यस अवधिमा व्यापारघाटामा १५ दशमलव ५ प्रतिशतले ह्रास आई कुल व्यापारघाटा रू. १,४५४.५९ अर्बमा झरेको छ । अघिल्लो आवमा २३ दशमलव शून्य प्रतिशतले वृद्धि भएको थियो । यसरी हेर्दा समीक्षा अवधिमा व्यापारघाटामा क्रमश: सुधार आएको देखिन्छ । निर्याततर्फ बृहत् आर्थिक वर्गीकरणअनुसार माध्यमिक उपभोगको योगदान ५४ दशमलव ७ प्रतिशत र अन्तिम उपभोगको योगदान ४४ दशमलव ६ प्रतिशत रहेको छ । समग्रमा नेपालको निर्यातमा अन्तिम उपभोगको अंश बढाउन आवश्यक देखिन्छ । आयाततर्फ बृहत् आर्थिक वर्गीकरणअनुसार माध्यमिक उपभोगको योगदान ५२ दशमलव ९ प्रतिशत, पूँजी निर्माण गर्ने वस्तुहरूको योगदान ८ दशमलव ९ प्रतिशत तथा अन्तिम उपभोगको योगदान ३८ दशमलव ३ प्रतिशत रहेको छ । समग्रमा नेपालको कुल आयातमा माध्यमिक उपभोग र पूँजी निर्माण गर्ने वस्तुहरूको योगदान ६१ दशमलव ७ प्रतिशत रहेको आँकडाले नेपालको अधिकांश आयात औद्योगिक क्रियाकलापका लागि उपयोग भइरहेको देखिन्छ । नेपालको आयात यस अर्थमा सकारात्मक नै देखिन्छ । निर्याततर्फ देशगत रूपमा हेर्दा प्रमुख १० गन्तव्य मुलुकहरूमा भारत र टर्कीयेतर्फको निर्यातमा ह्रास आए तापनि अन्य देशहरूसँगको निर्यातमा भने वृद्धिको अवस्था विद्यमान रहेको छ ।  उपर्युक्त तथ्यांकहरूले नेपालको वैदेशिक व्यापारमा केही संकेतहरू गरेको र केही नीतिगत सम्बोधनको अपेक्षा गरेको छ । सर्वप्रथम नेपालको निर्यात व्यापारमा प्रशोधित र तयारी मालवस्तुहरूको निर्यातको अंशमा वृद्धि गर्नुपर्र्ने देखिन्छ । नेपालको कुल निर्यातमा औद्योगिक कच्चा पदार्थको अंश ५४ दशमलव ७ प्रतिशत रहेको अवस्थामा नेपालको निर्यात सम्भावना पनि यही क्षेत्रमा रहेको संकेत गर्छ ।  नेपालको निर्यातमा मूल्य अभिवृद्धि गर्न सकिने क्षेत्र पनि यही नै हो । उदाहरणका अलैंची र अदुवा निर्यात गर्नुको साटो यसको मसला निर्यात गर्ने रणनीति अंगीकार गर्नुपर्छ भन्ने यसको अर्थ हो । यस अवस्थामा नेपालले पूर्ण प्रशोधित र पूर्ण तयारी मालवस्तुको निर्यात गर्ने रणनीति अंगीकार गर्नु आवश्यक छ । यसका लागि सम्बद्ध कच्चा पदार्थ संकलन, उत्पादक र निर्यातकर्तासँग आवश्यक समन्वय गरी सम्बद्ध क्षेत्रका उद्योगहरूको स्तरोन्नति र नयाँ उद्योगहरूको विकासमा आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । पूर्ण प्रशोधित र पूर्ण तयारी मालवस्तुको निर्यातको रणनीति बनाउँदा यसको समग्र पहुँचको रणनीतिमा आधारित रही कोरिडोर अवधारणामा कच्चा पदार्थ उत्पादन, शीप विकास केन्द्र, नवप्रवर्तन, भण्डारण तथा सहायक उद्योगहरूको विकास गर्ने पक्षमा सबैको ध्यान जान आवश्यक छ । यस्तै नयाँ उद्योग स्थापना र स्थापित उद्योगहरूको स्तरोन्नति गर्न आवश्यक पर्ने सहुलियतयुक्त वित्त व्यवस्थापनमा पनि विशेष ध्यान जानु आवश्यक छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष यस्ता उद्योगको स्थापनासँगै यी उद्योगलाई लामो अवधिका लागि कर छूटको व्यवस्था गर्नु पनि जरूरी छ । साथै निर्यातमा नगद अनुदान, उद्योग स्थापनामा सहज जग्गा प्राप्ति, कृषिको अग्र र पृष्ठयोजन सहज हुने गरी भूमिको हदबन्दीको प्रावधानमा संशोधन जस्ता विषयमा पनि ध्यान जानु आवश्यक छ ।  प्रशोधित वस्तुहरूको निर्यात प्रवर्द्धन गर्न गुणस्तरका प्रावधानहरू पूरा गर्ने विषयमा सबैभन्दा बढी ध्यान जानुपर्छ । विशेष गरी नेपाली प्रयोगशालाका प्रमाणपत्रहरूलाई सम्बद्ध आयातकर्ता मुलुकहरूमा मान्यता प्राप्त गर्न नेपालको राजनीतिक र कूटनीतिक क्षेत्रबाट विशेष पहल हुन जरुरी देखिन्छ । स्वदेशमा पेस्ट रिस्क विश्लेषण तथा दुई देशहरूबीच पारस्परिक मान्यता सम्झौता गर्न सकेको खण्डमा निर्यातमा गुणस्तरसँग सम्बद्ध धेरै समस्याको समाधान हुने देखिन्छ ।  यसका अतिरिक्त नेपालको वैदेशिक व्यापारमा तेस्रो मुलुकहरूतर्फको निर्यातमा एकप्रकारको स्थिरता रहेको छ । आजभन्दा ५० वर्षअघि पहिचान गरिएका वस्तुहरू तयारी पोशाक, उनी गलैंचालगायत हस्तकलाका उत्पादनहरूले आज पनि राम्रो व्यापार गरिरहेको सन्दर्भमा यी वस्तुहरू केन्द्रित बजार प्रवर्द्धन गरी नेपालको निर्यात व्यापारलाई स्थिरता दिन सकिन्छ भन्ने संकेत पनि यस तथ्यांकले दर्शाएको छ । तसर्थ नेपाली उत्पादनहरू तुलनात्मक रूपमा बढी प्रतिस्पर्धी भएको तेस्रो मुलुक केन्द्रित निर्यात प्रवर्द्धन रणनीति बन्नु आवश्यक रहेको पनि यस तथ्यांकले संकेत गरेको छ ।  उपर्युक्त परिस्थितिलाई दृष्टिगत गर्दै नेपालले तेस्रो मुलुक केन्द्रित प्रशोधित र पूर्ण तयारी मालवस्तुहरूको निर्यातको दिशामा अघि बढ्नु उचित रहेको गत आवको नेपालको वैदेशिक व्यापारले संकेत गरेको छ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

सम्बन्धित सामग्री

प्रशोधनभन्दा उत्पादनमा जोड देऊ

नेपालको आर्थिक अवस्थामा पछिल्लो समयमा सुधार भएको संकेत मिलेको भनी प्रक्षेपण गरिए पनि यो सुधारको संकेत लामो समय टिक्न सकेन । निर्यात व्यापारमा कमीका कारण यसको टिकाउ र दीर्घकालीन प्रभाव देखिएको छैन । त्यसो त यो निर्यात व्यापार सामान आयत गरेर प्रशोधन गरी पुनः निर्यात गर्दा हुन गएको मात्र हो । आफ्नो उत्पादन होइन । […] The post प्रशोधनभन्दा उत्पादनमा जोड देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अलैंची निकासीको संकेत

नेपालमा नै उत्पादन हुने वस्तुमध्ये पहिलो नम्बरमा रहेको अलैंचीको निर्यात यस वर्ष उल्लेखनीय रूपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएपछि निर्यातमा वृद्धि भएको हो । हालै नेपालबाट निकासी हुने अलैंचीको मूल्य बढे पनि निर्यातसमेत बढेको छ । भारतमा अलैंचीको उत्पादन घटेपछि र माग र मूल्य दुवै बढेसँगै निर्यातको ग्राफ बढेको हो । […]

आयात निर्यात दुवै खुम्चियो

चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन–भदौ) मा मुलुकको आयात निर्यात दुवै खुम्चिएको छ। आयात खुम्चिनु राम्रो भए पनि निर्यात घटनु राम्रो संकेत होइन।...

निर्यात व्यापारमा ‘ब्रेक थ्रु’ को संकेत

नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरू कुन–कुन हुन् भनेर सोध्यौं भने सबैको मुखमा जुट, पस्मिना, गलैंचा, तयारी पोसाक, जडीबुटी आदि पर्छन् । यी वस्तुहरूको सूची आजको दिनमा मात्र होइन, नेपालले अन्तर्राष्ट्रिय व्यापार सुरु गरेदेखि नै निर्यात व्यापारमा पर्ने प्रमुख वस्तुहरू यिनै हुन् । नेपालको वैदेशिक व्यापारको इतिहास हेर्ने हो भने सन् १९५० को दशकमा दुई […]

चुलिदो व्यापार घाटामा सिमेन्टले मलम लगाउने संकेत

सरकारले निर्यातलाई प्रोत्साहन गर्ने नीति लिएपछि भारततर्फ सिमेन्ट निर्यात हुन सुरु भएको छ। नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले अघिल्लो साता भारतमा सिमेन्ट निर्यात गरेको छ।...

खाद्य संकटको संकेत

भारतलगायत मुलुकले धानको निर्यातमा प्रतिबन्ध लगाए नेपालमा खाद्य संकट आउन सक्ने विज्ञहरुले बताएका छन् । चालू आर्थिक वर्ष २०७८/०७९ को ११ औं महिनासम्ममा ४५ अर्ब २८ करोडको धान, चामल तथा कनिका आयात गरेको नेपालले आफ्नै उत्पादनले माग धान्न नसक्ने उनीहरुको तर्क छ ।तथ्यांकले समेत हरेक वर्ष धान र चामलको निर्यात बढ्दै गएको देखाएको छ । […]

खाद्य संकटको संकेत

काठमाडौं । भारतलगायत मुलुकले धानको निर्यातमा प्रतिबन्ध लगाए नेपपालमा खाद्य संकट आउन सक्ने विज्ञहरूले बताएका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को ११ औं महिनासम्ममा ४५ अर्ब २८ करोडको धान, चामल तथा कनिका आयात गरेको नेपालले आफ्नै उत्पादनले माग धान् नसक्ने उनीहरूको तर्क छ । तथ्यांकलेसमेत हरेक वर्ष धान र चामलको निर्यात बढ्दै गएको देखाएको […]

जुत्ता निर्यात घट्नुका संकेत

नेपालमा सञ्चालनमा रहेका उद्योगहरू सामान्य बेलामा त समस्यामा थिए नै, कोरोनाका कारण थप समस्यामा परेका छन् । आत्मनिर्भरको सूचीमा राखिएको जुत्ताको निर्यात ह्वात्तै घटेको छ भने आयात बढेको छ । यसले नेपालको औद्योगिक विकासको अवस्था कस्तो छ भन्ने स्पष्ट संकेत दिइरहेको छ । साथै, उद्योगका समस्यामा सरकार संवेदनशील छैन भन्ने पनि यसले उजागर पार्दछ । विगत ४ वर्षदेखि नेपालमा उत्पादित जुत्ताको निर्यात बढ्दै गएको र विदेशी जुत्ताको आयात बढिरहेको सन्दर्भमा गत आवमा निर्यात ६० प्रतिशतले घट्यो भने ३५ प्रतिशतले वृद्धि भयो । आव २०७६/७७ मा नेपालबाट ५६ लाख ६२ हजार जोर जुत्ता निर्यात भएकामा गत आव २०७७/७८ मा घटेर २२ लाख ७४ हजार थानमा खुम्चन पुग्यो । २०७६/७७ मा २० लाख जुत्ता आयात भएकामा ७७/७८ मा १० लाख ९८ हजार जोर जुत्ता आयात भएको छ । यो एउटा नमूना हो कोभिडले नेपालका उद्योगहरूलाई कत्तिको प्रभावित गरेको छ भन्ने सन्दर्भमा । जुत्ता उद्योग मात्र होइन, नेपालका धेरैजसो उद्योगले भोगिरहेका समस्या उस्तै छन् । सरकारले औद्योगिक उत्पादन बढाउने भनेर बजेट वक्तव्यमा जति नै उल्लेख गरे पनि वा कार्यनीति र रणनीति तय गरे पनि उद्योगहरूले भोग्नुपरिरहेका समस्यालाई सम्बोधन नगरेसम्म औद्योगिक विकास बहसको विषयमात्रै हुनेछ । नेपालको औद्योगिक विकास हुन नसक्नुमा जुत्ता उद्योग एउटा केस स्टडीको विषय हुन सक्छ । सरकारले औद्योगिक उत्पादन बढाउने भनेर बजेट वक्तव्यमा जति नै उल्लेख गरे पनि वा कार्यनीति र रणनीति तय गरे पनि उद्योगहरूले भोग्नुपरिरहेका समस्यालाई सम्बोधन नगरेसम्म औद्योगिक विकास बहसको विषयमात्रै हुनेछ । आयात बढ्नु र निर्यात घट्नुमा जुत्ता उत्पादनको परिमाण घट्नु एउटा प्रमुख कारण उद्योगीहरूले मानेका छन् । कोरोनाका कारण भारतीय कामदार नहुँदा उत्पादन गर्न नसकिएको उद्योगीहरूको भनाइ छ । त्यसैले यो जुत्ता उद्योग पुनःस्थापित भए पनि यसले सृजना गरेको रोजगारीमा नेपाली नहुनु विडम्बना नै हुनेछ । सबैजसो उद्योगले यस्तो समस्या भोगेको पाइन्छ । एकातिर रोजगारी नपाएर युवाहरू विदेशिनुपर्ने र अर्कातिर उद्योगहरूले कामदार नभपाएर विदेशीलाई ल्याउनुपर्ने बाध्यता अहिले देखिएको छ । यसबाट नेपाली कामदारले तालीम पाएका छैनन् वा नेपालीहरू यो काम गर्न रुचाउँदैनन् भन्ने देखाउँछ । कोरोनाबाट थलिएका उद्योगहरू पुनरुत्थान हुने क्रम शुरू भएको छ । यही चरणमा नै कामदारको यो समस्यामा सुधार गर्दै जान सकिए उद्योग पुनःस्थापित हुँदा समग्र मुलुकका लागि लाभदायी अवस्था सृजना हुन सक्छ । जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्नुपर्ने र त्यसमा सरकारले भन्सार लिने गर्दा उद्योगहरू समस्यामा परेका छन् । कतिपय वस्तुमा त तयारी सामानमा भन्दा कच्चा पदार्थमा बढी भन्सार छ । धागो, कागज आदि उद्योगले यो समस्या भोगिरहेका छन् । जुत्ता उत्पादनका लागि आवश्यक धेरैजसो कच्चा पदार्थ नेपालमै उपलब्ध हुन सक्छ वा बनाउन सकिन्छ । नेपालमै छाला प्रशोधन कारखाना छन् भने सोल पनि नेपालभित्र बनाउन सकिन्छ । तुनालगायत धेरै वस्तु नेपालमै बनाउन सकिनुपर्ने हो । यहीँ बनाउन सकिने वस्तुका सहउद्योगहरू पनि खोल्नुपर्छ । अन्य उद्योगका हकमा पनि यस्तो रणनीति भएमा नेपाली उत्पादनको फाइदा नेपालले पाउँछ । जुत्ता उद्योगले समस्या भोग्नुमा कोरोनामात्र दोषी छैन, समस्याको व्यवस्थापनमा नेपालको कमजोरी बढी दोषी छ । बन्दाबन्दी वा निषेधाज्ञाका बेलामा नेपालका उद्योगहरूले काम गर्न पाएनन् । भएका कामदार पनि काम गर्न जान पाएनन् । कोभिडका बेलामा अर्थतन्त्रलाई जसरी व्यवस्थापन गर्नुपर्थ्यो त्यो हुन सकेन । यसको अर्को उदाहरण तरकारीलाई लिन सकिन्छ । बन्दाबन्दीका बेलामा नेपाली उत्पादन खेर जाने अवस्था आयो । किसानहरूको उपजलाई बजारसम्म पुर्‍याउने व्यवस्था गरिएन । तर, विडम्बना भारतीय तरकारी भने निर्बाध आयात भइरहे । यस्तो समस्या अझै पनि नेपाली उद्योगहरूले भोगिरहेको अवस्था छ । सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिएको छ तर ती नीतिमा व्यावहारिकता पाइँदैन । व्यवसायीका गुनासा नसुन्ने सरकारी संयन्त्रका कारण भएका उद्योगहरू कमजोर हुँदै आएका छन् । अझै पनि यही प्रवृत्ति रहे थप उद्योगहरू समस्याग्रस्त हुँदै जाने सम्भावना बढी देखिन्छ । यस्तोमा आत्मनिर्भर अर्थतन्त्र व्यर्थको नारा सीमित हुने देखिन्छ ।

निर्यात व्यापारमा देखिएको सकारात्मक संकेत

पछिल्ला केही समयमा देशको निर्यात व्यापारमा उल्लेखनीय वृद्धि हुँदै गएको छ । विदेशी मुद्रा आर्जनका लागि मात्र निर्भर रहँदै आएको देशका लागि निर्यात व्यापारमा सुधार आउनु पक्कै पनि सकारात्मक संकेत हो । निर्यात व्यापारमा वृद्धि हुँदा त्यसले देशको विदेशी मुद्रा आर्जन मात्र बढाउँदैन, सँगसँगै व्यापारघाटामा सुधारका लागिसमेत योगदान दिइरहेको हुन्छ । यद्यपि, हाम्रो देशको निर्यात डालो निकै सानो छ, जसका कारणले विश्व बजारमा अवसर हुँदाहुँदै पनि नेपालले त्यसबाट लाभ लिन सकिरहेको भने छैन । नेपालबाट हाल निर्यात हुने वस्तुहरू या त प्राथमिक कृषि वस्तुहरू रहने गरेका छन् अथवा न्यून मूल्य अभिवृद्धि गरिएका वस्तुहरू हुने गरेका छन् ।