स्वास्थ्य मन्त्रीको भ्रमणपछि जुम्लाबासी खुशी

जुम्ला । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको जुम्ला भ्रमणपछि त्यहाँका बासिन्दा खुशी भएका छन् । मन्त्री बस्नेतले कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण गरेर त्यहाँको स्वास्थ्य सेवा सुधारका क्षेत्रमा पहल कदमी गरेका थिए । मन्त्री बस्नेतले भदौ १४ गते प्रतिष्ठानमा डायलासिस सेवाको सुभारम्भ गरेका थिए । डायलासिस सेवा सुरु भएपछि डायलासिस […]

सम्बन्धित सामग्री

‘मन्त्रीमुखी’ बजेटले प्रदेशभरका जनता खुशी हुन सक्दैनन् : सांसद केसी

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको वार्षिक विकास पुस्तिका हेर्दा मन्त्रीको निर्वाचन क्षेत्रबाहेक अरु ठाउँका जनता खुशी हुने अवस्था नरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रतिष्ठानलगायतको आगामी आर्थिक वर्षको बजेटमाथि बुधबार आफ्नो धारणा राख्दै एमाले सांसद केसीले बजेट ‘मन्त्रीमुखी’ भएको टिप्पणी गरे । ‘मन्त्री ज्यूका जिल्लाको निर्वाचन […]

एक महीनाभित्र मिरगञ्ज पुल सञ्चालनमा ल्याउन निर्देशन

विराटनगर  । एक महीनाभित्र मिरगञ्जको पुल सञ्चालनमा ल्याउन भारतका मन्त्रीले निर्देशन दिएका छन् । मोरङ व्यापार संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँ पुलको शीघ्र सञ्चालनका लागि एक महीनादेखि उठाउँदै आएको मागप्रति भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गड्करीले सकारात्मक प्रतिक्रिया दिएका हुन् । उनले आगामी एक महीनाभित्र सो पुल पूर्णरूपमा सञ्चालनमा ल्याउने गरी कार्य अघि बढाउन आफूले निर्देशन दिएको बताएका छन् । नेपालस्थित भारतीय राजदूतावासमार्फत भारतका केन्द्रीय मन्त्री गड्करीले उक्त जानकारी गराएका हुन् । भारतस्थित नेपाली राजदूतावासले समेत संघको माग भारतीय पक्षसमक्ष पेश गरेको थियो । भारतीय मन्त्रीको सकारात्मक प्रतिक्रियापछि मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले खुशी व्यक्त गरेका छन् । नेपाली उद्योगी–व्यवसायीले मोरङ–सुनसरी आर्थिक कोरिडोरको दु:ख भनी सम्बोधन गर्दै आएको जीर्ण अवस्थाको मीरगञ्ज पुलको विकल्पका लागि नेपाल र भारतका विभिन्न निकायको ध्यानाकर्षण गराउँदै आएको छ । विगतमा आएका बाढीका कारण मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा विराटनगर भन्सार कार्यालय मार्फत मालवाहक सवारीसाधनको आवागमन अवरुद्ध हुँदै आएको छ । मिरगञ्ज पुल क्षतिग्रस्त भएपछि तत्कालीन रूपमा भीमनगर–भन्टाबारी नाकामार्फत रि–रूट र क्षतिग्रस्त पुलको जीर्णोद्धार लगायत कार्य गरी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । संघले त्यसको स्थायी समाधानका लागि मिरगञ्ज पुलको समानान्तरमा ४ लेनको नयाँ पक्की पुल निर्माणका लागि भारत र नेपालका विभिन्न निकायमा पहल गर्दै आएको छ । परिणामस्वरूप २ वर्ष अवधिमै उक्त नयाँ चार लेनको पुलको निर्माण अन्तिम अवस्थामा आइपुगेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : एक महिने ‘जागिर’ले कतै खुशी, कतै चिन्ता

भक्तपुर – सूर्यविनायक नजिकै इम्पेरर ब्यांकटको प्राङ्गण । मध्यान १२ बजेको टण्टलापुर घाम । शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रममा उपस्थित भएकाहरुलाई चर्को घामको वास्तै थिएन । सरकारले एक महिनाको काम दिंदैछ भन्ने सुनेर खुशी भएका उनीहरुलाई प्रधानमन्त्री र मन्त्रीको उपस्थितिले थप उत्साहित बनायो । प्रधानमन्त्री र मन्त्रीले हातमा ब...

अर्थमन्त्रीज्यू , पुँजीबजारमा मलमपट्टी लिएर निस्कने कि तरबार ?

सम्माननिय अर्थमन्त्रीज्यू नमस्कार, तपाईं अर्थमन्त्री हुनुभएको दिन अरुजस्तै म पनि देशले विज्ञ अर्थमन्त्री पाएकोमा खुशी भएको थिएँ ! आशा थियो, वाम गठबन्धनको सरकारसँगै विज्ञ अर्थमन्त्री देशले पाएको छ, अब अर्थतन्त्र पनि सही दिशामा हिँड्ने छ, पुँजी बजार उदयमान हुनेछ ! धेरैको अनुमान थियो, चमत्कार गर्नुहुनेछ । म पनि ढुक्क थिएँ, तर आज म गलत सावित भएकी छु । केही महिनादेखि निरन्तर ओरालो लागेको पुँजी बजारमा घटबढ हुने सामान्य प्रक्रिया नै हो । र, पुँजी बजारको व्यूटी पनि यही हो ! भन्नेहरुको पनि पुँजी बजारमा कमी छैन । तर यसो हुँदै गर्दा यहाँहरुलाई विपक्षले लगाएको दाग वामपन्थी भनेका पुँजी बजारका लागि अभिश्राप नै हुन् भन्ने कुरा पनि अछुतो रहेन है ? निरन्तर ओरालो लाग्दा विशेष गरी सानानयाँ लगानीकर्ता निकै चेपुवामा पर्ने गरेका छन् ! डा. साव जिम्मेवार व्यक्तिले सम्वेदनशील क्षेत्रको बारेमा असम्वेदनशील कुरा गरिदिँदा त्यसको कति गम्भीर असर पर्दोरहेछ भन्ने कुरा नेपालको पुँजी बजारले देखाइसक्यो ! यस्ता असान्दर्भिक तर्कले डुब्ने त आखिर साना लगानिकर्ता नै हुन ! उनीहरुको पीडाको कतैबाट पनि सुनुवाइ हुन सकेको छैन । हाम्रो बजारमा पछिल्लो समय साना लगानीकर्ता र गृहिणीहरुको ठूलो समूह प्रवेश भएको छ । सेयर बजारमा लगानी गर्ने सबै करोडौंका मालिक हुँदैनन् । यहाँ कयौं गृहिणीहरुले आफूले नखाएर, ५० लाख युवाहरू आज पनि विदेशमा रगतपसिना बगाएर, कैयौंले घरजग्गा धितो राखेर लगानी गरेका छन् ! अझ भनाैं हामी जस्ता युवाको बजारमा लगानी गरी नेपालमै केही गरौं भन्ने सोचका साथ विदेश मोह नै हराएको देख्दा मेरो मन रोमान्चित भएर ऑउछ ! दैनिक घरायशी खर्च कटाएर सेयर बजारमा लगानी गरेका उनीहरुको अवस्था झन् निकै दयनीय बन्दै गएको देखिन्छ । यस्तै भइरहे त धेरै जनाले आत्महत्या गर्न बेर छैन यसको सारा दोष तपार्इं र तपार्इंकाे पार्टीमा लाग्न सक्छ ! रिसानी माफ गर्नुस् । सत्य बोल्ने साहस गर्नैपर्छ । मेलै सेयर बजारलाई नै बढाइदिनु पर्यो भन्दै लेखेको आरोप लाउनु सक्नुहुन्छ तर डा. साव लाई मैले सेयर वजार वढाउनु पर्छ भन्न खोजेकी हुँदै हैन है ! दुई मन्त्री दुई थरी कुरा ( अर्थ र उर्जा ) किन गरिन्छ ? एक मन्त्रीको अभिव्यक्ती अनुत्पादक क्षेत्र भन्ने आउँछ भने अर्को मन्त्री भन्छन् तपार्इंसंग सेयर छ भने ज्वाइँ बनाउनेको लर्को लाग्छन ! अर्थ मन्त्रीज्यू, विश्वकै महँगो व्रोकर कमिसन घटाउन तिर खोइ पहल गर्नुभएको ? कमिसन लाई ०.१०% देखी ०.१५% ( हुनत यो पनि महँगो नै हो ) सम्म गरिने छ भनेर बजेटमार्फत सम्वोधन गरिदिनुस् । राष्ट्र बैंकको अकर्मण्यताले गर्दाआज हामीले पुरपुरोमा हात लगाउनु परेको छ । ७७ जिल्लाका नगरिक के नेपाली होइनन् ? तिनको खोइ पुँजी बजारमा पँहुच ? तपाईंले लगानिकर्ताका प्रतिनिधिसँगकाे भेटमा “सबै नेपालीको सेयरमा लगानी होस् , एक दुईवटा वण्ड पेपर घरमा होस् , केही रकम …