प्रिमियर स्टिलले एक वर्षमै सवा ६ अर्ब रुपैयाँ आम्दानी गरेपनि किन घट्यो कर्जा रेटिङ ?

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले प्रिमियर स्टिलको रेटिङ घटाएको छ । एक वर्षमा नै ६ अर्ब १८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेपनि उद्योगलाई कर्जाका लागि दिएको रेटिङ घटाइएको हो ।  कम्पनीले रेटिङका लागि आवश्यक जानकारी उपलब्ध नगराएकाले इक्रा नेपालले कम्पनीको रेटिङ ‘डबल बि’ बाट घटाई ‘बि प्लस’ मात्र रेटिङ दिएको छ ।  इक्रा नेपालले कम्पनीले ‘क्रेडिट रेटिङ नियमावली २०११’ बमोजिम धेरै फलो-अपको बावजुद रेटिङको लागि आवश्यक जानकारी उपलब्ध नगराएकाले कम्पनीको रेटिङ घटाउनुका साथै कम्पनीलाई ‘इस्सुअर नट कोअपरेटिङ’ को सूचीमा पनि राखिएको जनाएको छ । शारडा ग्रुप र राठी ग्रुपको लगानी रहेको प्रिमियर स्टिलले टीएमटी बार र वायरको उत्पादन गर्दै आएको छ । सन् २०१६ बाट सञ्चालनमा आएको कम्पनीको प्लान्ट सुनसरी जिल्लाको दुहबीमा रहेको छ ।  प्रिमियर स्टिल उद्योगले ३ अर्ब ५५ करोड बराबरको दीर्घकालीन र अल्पकालीन कर्जाका लागि इक्रा नेपाल मार्फत रेटिङ गराएको थियो ।   कम्पनीले सन् २०२० मा ३ अर्ब ८९ करोड २० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी ५८ दशमलव ९६ प्रतिशतले बढेर ६ अर्ब १८ करोड ७० लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित सामग्री

अर्ना बियरको उत्पादक यती ब्रुअरीको आम्दानी २५ प्रतिशतले घट्यो

काठमाडौं । अर्ना बियरको उत्पादक यती ब्रुअरीको आम्दानी २५ प्रतिशतले घटेको छ । रेटिङ कम्पनी इन्फोमेरिक्स नेपालका अनुसार आर्थिक वर्ष सन् २०२२ मा ३ अर्ब ४७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको यतीको आम्दानी आव सन् २०२३ मा २५ दशमलव ६९ प्रतिशतले घटेर २ अर्ब ५८ करोड रुपैयाँमा (लेखापरीक्षण नभएको) सीमित भएको छ । कम्पनीले झण्डै ३ अर्ब कर्जाको रेटिङ गराएको छ । इन्फोमेरिक्सले कम्पनीको १ अर्ब ५२ करोड रुपैयाँको दीर्घाकालीन कर्जाको लागि ट्रिपल बी र १ अर्ब ४५ करोड रुपैयाँको अलपकालीन कर्जाको लागि एथ्री प्लस रेटिङ दिएको छ ।   सन् २०१३ मा स्थापित यती ब्रुअरी लिमिटेडको उद्योग चितवनमा छ । उद्योगको वार्षिक ३ करोड ६० लाख रुपैयाँ बियर उत्पादन क्षमता छ ।  कम्पनीले अर्ना, यती, शिखर, वाइबी, किङ्गफिसर र सेभेन सिन्स गरी ५ ओटा ब्राण्डमा उत्पादन विक्री वितरण गर्दै आएको छ । कम्पनीले २१४ ओटा डिस्ट्रिब्युटर्सहरूबाट मदिराको विक्री वितरण गर्दै आएको छ ।  विशाल ग्रुप र एभेरेष्ट ग्रुपको लगानी रहेको यस कम्पनीमा सञ्जीव सराफको ३२.८४ प्रतिशत, जयजिभ सराफको ११.६६ प्रतिशत र विशाल अग्रवालको ६.९२ प्रतिशत शेयर हिस्सा छ ।

१५ प्रतिशत नाफा बढाएको नोबेल मेडिकल कलेजको रेटिङ किन घट्यो ?

काठमाडौं । रेटिङ कम्पनी इक्रा नेपालले नोबेल मेडिकल कलेज (Nobel Medical College Teaching Hospital) को रेटिङ (Rating) घटाएको छ । इक्राले कलेजको दीर्घकालीन कर्जाको रेटिङ एल ट्रिपल बि माइनसबाट एल डबल माइनस र अल्पकालीन कर्जाको ए थ्रीबाट ए फोर प्लस रेटिङ दिएको छ ।  कलेजले इक्राबाट दुई अर्ब ५३ करोड रुपैयाँको दीर्घकालीन कर्जा र १५ करोड ७० लाख रुपैयाँको अल्पकालीन कर्जा गरी कुल २ अर्ब ६८ करोड कर्जाको लागि रेटिङ गराएको थियो । कलेजले यसअघि ३ अर्ब ६ करोड रुपैयाँ कर्जाको रेटिङ गराएको थियो ।  कलेजले सहायक कम्पनी नोबेल क्यान्सर अस्पताल प्राइभेट लिमिटेडमा पनि लगानी गर्नुका साथै सहायक परियोजनाको निर्माण कर्जाको ब्याज तिर्न नियमित रकम तिर्दै आएकाले रेटिङ घटेको रिपोर्टमा उल्लेख गरिएको छ ।  वित्तीय वर्ष २०२१ मा २ अर्ब २८ करोड रुपैयाँ सञ्चालन नाफा (Profit) गरेको कलेजको वित्तीय वर्ष २०२२ मा १४ दशमलव ८७ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ ।

किन घट्यो महिला लघुवित्तको रेटिङ ? यस्तो छ कारण

कम्पनीको वित्तीय अवस्था अध्ययन गरी जोखिमवहन क्षमतालाई जनाउने गरी दिइने उक्त रेटिङ कम्पनीले पुन: परिवर्तन गरेको हो ।

निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको कारोबार घट्यो, २०२१ मा २५% ले लाग्यो ओरालो

काठमाडौं। निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको व्यापार २०२१ मा घटेको छ। ८७ करोड २९ लाख रुपैयाँले घटेको हो। रेटिङ एजेन्सी इक्रा

द कपिल शर्मा शोको घट्यो आकर्षण, अर्को वर्षदेखि के होला ?

भारतको ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिलले विगत पाँच हप्ताको रेटिङ सार्वजनिक गरेको छ ।  त्यसमा द कपिल शर्मा शो, बिग बोस, केबीसी र द बिग पिक्चर कुनै पनि शीर्ष १० स्थानमा छैनन् । यहाँ हामी द कपिल शर्मा शोमा मात्र फोकस गर्नेछौं । केही समय ब्रेक लिएर पुनः आएको कपिलको शोमा पुराना कलाकार र नयाँ कन्सेप्ट आउने चर्चा चलेको थियो । तर कपिलले आफ्नो कन्टेन्टमा कुनै नयाँपन ल्याउन सकेका छैनन् । एउटै खालको स्टोरीलाइन र उस्तै किसिमका टिप्पणीहरू हुनाले दर्शकले यसमा कुनै नयाँ कुरा भेटेका छैनन् ।  बलिउडका सेलेब्रिटीह...

रेटिङ भएको कर्जाको जोखिम भार घट्यो, पुँजीकोष व्यवस्थापनमा सहज हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा माथिको कर्जा प्रवाह गर्दा  ‘त्रिपल ए’ रेटिङ आएमा भारित औसत जोखिम ५० प्रतिशत अर्थात् ५० प्रतिशत मात्रै क्यापिटल चार्ज लगाउँदा हुने व्यवस्था गरेको छ । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै ‘त्रिपल ए’ रेटिङ पाएको ऋणीलाई...

अमेरिकामा डोनाल्ड ट्रम्पको समर्थन घट्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा लगातार गिरावट आएको छ । एक समाचार च्यानलको सर्भेमा उनलाई हालसम्मकै कम रेटिङ मिलेको छ । यस पटक उनलाई केबल ३५ प्रतिशत समर्थन मिलेको छ । डिसेम्बरमा यो आंकडा ४० प्रतिशत थियो । जनवरीमा सकारात्मक अर्थव्यवस्थाका कारण उनलाई राम्रो रेटिङ मिलेको थियो ।