नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम , दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक २१.५१ ले घटेर २६२९ अङ्कमा कायम भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झन्डै २ अर्बले घटेको छ । आइतबार ५ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ४ अर्बमा खुम्चियो । जलविद्युत र म्युचुअल फन्ड उपसमूह […]

सम्बन्धित सामग्री

यो साताको बजार : १.६४ प्रतिशत घट्यो नेप्से, कारोबार रकम ४३ प्रतिशत बढ्यो

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार गत साताको तुलनामा घटेको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत साताको तुलनामा यो साता नेप्से परिसूचक १ दशमलव ६४ प्रतिशत अर्थात् ३४ दशमलव २९ अंक घटेको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ९६ दशमलव ३२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६२ दशमलव शून्य ३ विन्दुमा बन्द भएको हो । यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन घटेको छ भने दुई कारोबार दिन बढेको छ । पहिलो कारोबार दिन १० दशमलव ५० अंकले घटेको बजार दोस्रो दिन १५ दशमलव ३३ अंकले बढेको छ । त्यस्तै तेस्रो दिन ३० दशमलव ५६ अंकले घटेको बजार चौथो दिन ५ दशमलव ९१ अंकले बढेको छ भने पाँचौं दिन १४ दशमलव ४६ अंकले घटेको छ ।  यो साताको कारोबार हेर्दा बजार एक दिन बढ्ने र अर्को दिन घट्ने देखिएको छ । लगानीकर्ताको सक्रियता अल्पकालीन कारोबारमा रहेको ब्रोकर बताउँछन् । लगानीकर्ता बजार अझै माथि जाने अपेक्षामा रहे पनि दीर्घकालीन लगानीका लागि भने डराइरहेको ब्रोकरको अनुमान छ । धितोपत्र बजारमा लगानीका लागि पर्याप्त आधार रहे पनि लगानीकर्ताको आत्मबल बढ्न नसक्नु बजारले गति लिन नसक्नुको प्रमुख कारण रहेको ब्रोकरको बुझाई छ । यो साता नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत साता १४ अर्ब ३० करोड ११ लाख रुपैयाँभन्दा बढीको ४ करोड १२ लाख ९२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २० अर्ब ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीको ५ करोड ६६ लाख १४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम ६ अर्ब १६ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ५३ लाखभन्दा बढी भएको हो । औसतमा समेत यो साता कारोबार रकम र कित्ता दुवै बढेको छ । गत साताभन्दा यो साता औसतमा कारोबार रकम १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी र औसत कारोबार कित्ता ३० लाख ६४ हजारले बढी भएको हो । बजार घट्दा कुल पूँजीकरण पनि १ दशमलव ६४ प्रतिशत कम भएको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रहेको कुुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४१ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । यो साता लगानीकर्ताले ५३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति मूल्य गुमाएका छन् । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । वित्त र जलविद्युत् समूहको मात्र परिसूचक बढ्यो  यो साताको कारोबारमा दुई समूहगत परिसूचक मात्र बढेका छन् । गत साताको तुलनामा वित्त समूहको २ दशमलव शून्य ५ प्रतिशत र जलविद्युत् समूहको १ दशमलव शून्य २ प्रतिशत परिसूचक बढेको हो । बाँकी समूहको परिसूचक भने यो साता घटेको छ । यो साता सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ३ दशमलव ८१ प्रतिशत घटेको हो । त्यस्तै व्यापारिक समूहको २ दशमलव ९० प्रतिशत, अन्यको २ दशमलव ९० प्रतिशत, जीवन बीमाको २ दशमलव ६३ प्रतिशत, बैंकिङको २ दशमलव ५२ प्रतिशत, लगानीको १ दशमलव ९० प्रतिशत, लघुवित्तको १ दशमलव ७९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४९ प्रतिशत परिसूचक घटेको छ ।  परिसूचक घटेको आधार मान्दा यो साता वित्त समूहले सबैभन्दा बढी कमाएका छन् भने होटल तथा पर्यटन समूहले सबैभन्दा बढी गुमाएका छन् । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

शेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि घटेर तीन अर्ब भन्दा तल

काठमाण्डौ – शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार १ सय ८३ दशमलव २१ विन्दुमा झरेको छ । आज फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय ५४ वटा कम्पनीका ७७ लाख ६४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धरै समृद्धी फाइनान्सको नौ करोड ७० लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो । समृद्धी फाइनान्सको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि लुम्बिन...

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ता निष्क्रिय बन्दा कारोबार रकम घट्दै

१४ मंसिर, काठामाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ । सामान्य उतारचढाव देखिएको बजारमा लगानीकर्ता सक्रिय नहुँदा परिसूचकमा पनि ठूलो घटबढ भएन भने कारोबार रकम पनि घट्दै गएको छ । बुधबार बजार परिसूचक नेप्से ३.५१ अंक (०.१८ प्रतिशत) ले गिरावट भएर १९४९.८५ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकाम्स […]

नेप्से १ प्रतिशत माथिले वृद्धि हुँदा करिब १ अर्ब ७२ करोडको कारोबार

१ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार नेप्से २५.५७ अंक (१.३४ प्रतिशत)ले वृद्धि भएर १९३६.८३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.१४ प्रतिशतले बढेको छ । बिहीबार कारोबार […]

नेप्से ६.५९ अंकले घट्दा कारोबार रकम अर्ब नाघ्यो

२९ कात्तिक, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ६.५९ अंक (०.३५ प्रतिशत) ले गिरावट भएर १८९६.३८ अंकमा बन्द भएको छ । मंगलबार बैंकिङ, निर्जीवन बीमा कम्पनी, व्यापार उपसूचकमा वृद्धि भएको छ भने त्यसबाहेकका सबै उपसूचक घटेको छ । विकास बैंक, […]

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम ५० करोड रुपैयाँ पनि पुगेन

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अङ्कले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ । आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । १३ लाख ७० हजार कित्ता शेयर ४८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको प्रमोटर शेयर चार करोड ७५ लाख रुपैयाँमा किनबेच भयो । आज मन्दाकिनी हाइड्रोको शेयर नौ प्रतिशत तथा अभियान लघुवित्...

साताको सेयर बजार– ७५ अंक घटेर बन्द हुँदा कारोबार रकम पनि खुम्चियो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.६३ अंकले घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन २११३.५५ अंकमा रोकिएको नेप्से ३ प्रतिशत घटेर २०३७.९२ अंकमा आइपुगेको हो । साताभरमा ५ दिन कारोबार भएको नेप्से ४ कारोबार दिन घट्यो । जसले गर्दा एकै हप्तामा ७५ अंकभन्दा बढीको गिरावट आएको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्समा समेत १४.७८ अंकको गिरावट आएको छ ।परिसूचक उल्लेख्य मात्रामा घटेको साता कारोबार रकम पनि घटेको छ । यो साता नेप्सेमा १२ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघि

सोमबार यता नेप्सेमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो

२५ साउन, काठमाडौं । सोमबार यता सेयर बजारमा निरन्तर गिरावट आएको छ । साताको चौथो कारोबार दिन बुधबार परिसूचक नेप्से ५.११ अंक (०.२५ प्रतिशत) ले गिरावट हुँदा २०५७.६८ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । बुधबार उत्पादनमुलक र लगानी उपसूचक बाहे सबै उपसूचक घटेको छ । […]

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने ८ अर्ब

शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १४.६० अंकले घटेको छ । नेप्से परिसूचक ०.५० अंकले घटेर २८७६.७४ विन्दूमा पुगेको छ । आज शेयर बजारमा २२४ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयरको कारोबार भएको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको उल्लेख छ ।   बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने कमाएका छन् । यसको शेयरमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पनि ९ प्रतिशत भन्दा बढीले क...