दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे गरेको ६ महिना नबित्दै उक्किन थालेको छ । निर्माण कम्पनीले गत असारमा गरेको कालोपत्रे असोज नबित्दै ठाउँठाउँमा भत्किएपछि सडकको गुणस्तरमाथि प्रश्न उठेको छ । महालक्ष्मी–कञ्चनजङ्घा–शुभकामना जेभीले कालोपत्रे गरेको बागखोर–कालापानी खण्डका दर्जनभन्दा बढी स्थानमा सडक भत्किएको छ । कतिपय ठाउँमा कालोपत्रे उक्किएर सडक हिलाम्मे बनेको छ। […]
हेटौँडा, २५ असोज । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी जिल्लाभर ६३६ जना प्रहरी परिचालन गरेको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा राजमार्गमा बढ्ने सवारीसाधनको चाप व्यवस्थापनका लागि विशेष सुरक्षा योजना लागू गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद […]
त्रिशूली (नुवाकोट), २५ असोज । भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसगैँ यातायातमार्फत जिल्लासँग अन्य जिल्ला जोडिएको हो । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले बेत्रावतीस्थित विदुर नगरपालिका–१० र उत्तरगया गाउँपालिका–५ बेत्रावती जोड्ने दुई पक्की पुल बगाएसँगै रसुवा र नुवाकोटबीचको सम्पर्क टुटेको […]
हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी जिल्लाभर ६३६ जना प्रहरी परिचालन गरेको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा राजमार्गमा बढ्ने सवारीसाधनको चाप व्यवस्थापनका लागि विशेष सुरक्षा योजना लागू गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जिल्ला प्रहरी […]