गलकोट : अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ। लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबालीमा हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्याएको छ।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्याएको छ। यस वर्ष छ हजार हेक्टर…