भारतबाट जंगली हात्तीका बथान बर्दिया निकुञ्जमा आए

बर्दिया : भारतबाट ठूलो संख्यामा जंगली हात्ती बर्दिया प्रवेश गरेका छन्।हिजो दिउँसोदेखि नै बर्दियाको खाता करिडोर सामुदायिक वन हुँदै भारतबाट जंगली हात्तीको ठूलो समूह बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए।बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वनमा झन्डै ३० वटा समुहको हात्तीको बथान हिँडिरहेको तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्।यसअघि बर्दियाको बबई भ्याली क्षेत्रमा पनि पहिल्यै हात्तीको अ

सम्बन्धित सामग्री

बर्दियामा जंगली हात्ती आतंक, घर भत्काउन थालेपछि स्थानीय त्रसित

बर्दिया । बर्दियामा जंगली हात्तीले गाउँ पसेर घर भत्काउन थालेपछि स्थानीय जनता त्रसित भएका छन् । बुधबार राति जंगली हात्तीले ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ स्थित तुल्सीपुर र मोतिपुरबस्तिमा केही घर भत्काएको छ । मोतिपुर बस्तीमा छिरेको एक हात्तीले घर भत्काई घरभित्र राखेको अन्नसमेत सबै खाएर बिजोग बनाएको स्थानीय ज‌ंगबहादुर सुनारले बताएका छन्  । “हात्तीले […]

बस्तीमा दिनदहाडै जंगली हात्ती, स्थानिय त्रसित

बर्दिया । ठाकुरबाबा नगरपालिका–१ डुम्रेनी गाउँका कमल बुढाका परिवारहरु सोमबार दिउँसो आगनमा घाम ताप्दै बसेका थिए । त्यहीबेला आगनमै एक्कासी अजंगको जंगली हात्ती देखा पर्यो । घाम ताप्दै गरेका सबै जना चिच्याउँदै भागाभाग गरे । हात्तीले घरको पालीको खाँबो ढलायो । अनी सुढले घरको माथी राखेको धानको भकारीमा ढाल्यो । मज्जाले धान खायो । घर […] The post बस्तीमा दिनदहाडै जंगली हात्ती, स्थानिय त्रसित appeared first on राजधानी राष्ट्रिय दैनिक.

जंगली हात्ती मृत अवस्थामा फेला

राजापुर नगरपालिका–१० ढुण्डीपुरपुरमा मंगलबार जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल भारत सिमाना नजिक ढुण्डीपुर गाउँको गहुँ र तोरी खेतमा हात्ती मृत अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बर्दियामा जंगली हात्ती आतंक

बर्दिया । बर्दियामा जंगली हात्तीको आतंक बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ मा जंगली हात्ति आतंक बढेको हो । दिनहुँ जस्तो निकुञ्जबाट आउने हात्तीले स्थानीयले लगाएको अन्न बाली क्षती गर्नुका साथै घर भत्काउनु थालेपछि स्थानीय चिन्तित बनेका छन् । हात्तीले आज बिहान गेरुवा–१ बनखेतका स्थानीय जनक थापाको घर भत्काउनुका साथै […]

हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

बर्दियामा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । गएराति जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बिक र निजको छोरी बर्ष ३ की दीपिका बिकको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।  आफ्नो घरमा बसी रहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जंगली हात्ती आई उनीहरुलाई आक्रमण गरेको थियो । आमा चन्द्राको घटनास्थलमै र छोरी दीपिकाको नेपालगन्ज मेडिकल कलेजमा आज बिहान उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बर्दिया निकुञ्ज क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउन माग

बर्दिया : पछिल्लो केही समययता बर्दियामा वन्यजन्तुमैत्री संरचना निर्माणबारे चर्चा चलिरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन र वन्यजन्तुसँग जोडिएका जुनसुकै सभा-सम्मेलन तथा गोष्ठीहरूमा संरक्षणकर्मीहरूले वन्यजन्तुमैत्री संरचनाकै कुरा गरिरहेका हुन्छन्‌। पाटे बाघ, जंगली हात्ती, गैँडा, चित्तल लगायत वन्यजन्तुहरू ओहोरदोहोर गर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने राजमार्गमा वन्यजन्तुमैत्री सडक तत्काल बनाउन संरक्षणकर्मीहरूले पटक-पटक माग समेत गर्ने गरेका छन्। केही दिन पहिलेमात्रै

राजमार्गमा बाघको ‘क्याटवाक’ !

बर्दिया । लकडाउन भएयता राजमार्गमा सवारीसाधन खासै गुडेका छैनन् । राजमार्गमा सवारीसाधनको चाप नभएपछि निकुञ्जका वन्यजन्तु दिनहुँजसो राजमार्गमै देखिन थालेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने पुर्व पश्चिम महेन्द्र राजमार्गमा दिनहुँजसो पाटेबाघ र जंगली हात्ती लगायतका वन्यजन्तुहरु देखिने गरेका छन् । पहिले जंगलभित्र मात्रै देखिने बाघ, हात्ती लगायतका वन्यजन्तुहरु लकडाउनका बेला खुला र सुनसान …

​गाडी लिएर हात्ती धपाउन गएको सुरक्षा टोलीमाथि हात्तीको आक्रमण

भावुक योगी/उज्यालो । बर्दिया, फागुन १३ – बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट गाउँबस्तीमा आएका जंगली हात्ती धपाउन गएको सुरक्षा टोलीको गाडीमाथि जं...