२१औ पटक ग्राण्डस्लाम उपाधि जित्दै नाडालले राखे कीर्तिमान

१६ माघ, काठमाडौं। स्पानिस टेनिस स्टार राफायल नाडालले २१औ पटक ग्राण्ड्सलामको उपाधि जित्दै कीर्तिमानी कायम गरेका छन् । आइतबार मेलवर्नमा भएको अष्ट्रेलियन ओपनको फाइनलमा रसियाका डानिएल मेदभेदेभविरुद्ध ५ सेट चलेको खेलमा पुनरागमन जित हात पार्दै नाडालले करियरको २१औ उपाधि जितेका हुन्। प्रतिस्पर्धात्मक खेलमा नाडालले रसियन खेलाडी डानिएल मेदभेदेलाई २-६, ६-७, ६-४, ६-४, ७-५ ले पराजित […]

सम्बन्धित सामग्री

टेनिसका सर्वाधिक सफल खेलाडी नाडाल

१७ माघ, काठमाडौं। स्पेनिस टेनिस खेलाडी राफेल नाडालले आइतबार मेलवर्न पार्कमा सम्पन्न अष्ट्रेलियन ओपनको फाइनलमा रसियन डानिएल मेदभेदेभलाई हराएर २१औं ग्राण्डस्लाम उपाधि जित्ने कीर्तिमान बनाए । दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि उचालेका नाडाल २१औं ग्राण्डस्लाम जित्ने पहिलो खेलाडी बने । उनले अर्का दुई प्रतिस्पर्धी स्वीट्जरल्याण्डका रोजर फेडेरर र सर्वियाका नोभाक जोकोभिच भन्दा १ उपाधि बढि […]

‘जोकोभिचले २५ ग्राण्डस्लाम उपाधि नजिते आश्चर्य हुनेछ’

एजेन्सी। नोभाक जोकोभिचले २५ ग्राण्डस्लाम उपाधि नजिते मुख्य आश्चर्य हुने टेनिसका महान खेलाडी जोन म्याकइनरोइले बताए। ३४ वर्षे जोकोभिचले गएराती विम्बल्डनको उपाधि जित्दै रोजर फेडेरर र राफेल नाडालको कीर्तिमानी २० ग्राण्डस्लाम उपाधिसँग बराबरी गरेका छन्। सात पटकका ग्राण्डस्लाम विजेता म्याकइनरोइले भन्छन्, ‘‘जोकोभिच अहिले करियरकै उच्च लयमा छन्। अझै कम्तिमा पाँच उपाधि जित्छन्। दबाव चिर्न गाह्रो हुन्छ। तर जोकोभिचले कीर्तिमान रच्नेछन्।’’

फेडरर र नाडालको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा जोकोभिच

एजेन्सी।विश्व नम्बर एक नोभाक जोकोभिच आज विम्बल्डन टेनिसको उपाधिका लागि इटालीका माट्टेयो बेरेट्टिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। सर्बियाका ३४ वर्षे जोकोभिचले लन्डनमा आज जिते सबभन्दा धेरै २० पटक ग्राण्डस्लाम उपाधि जित्ने फेडेरर र नाडालको कीर्तिमानसँग बराबरी गर्नेछन्। पाँच पटक विम्बल्डन उपाधि जितिसकेका जोकोभिचले यसअघि लगातार दुई पटक उपाधि जितेका छन्। यो वर्ष जोकोभिचले अष्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन्।

१३ पटकका विजेता नाडाललाई हराउँदै जोकोभिच फाइनलमा

एजेन्सी। तेह्र पटकका विजेता राफेल नाडाललाई ३-१ ले हराउँदै विश्व नम्बर एक नोभाक जोकोभिचले फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएका छन्। गएराती सर्वियाका २४ वर्षे जोकोभिचले स्पेनका नाडाललाई ३-६, ६-३, ७-६(७-४), ६-२ को सेटमा हराएका हुन्। जोकोभिच फ्रान्समा दोस्रोपटक तथा समग्रमा १९औं ग्राण्डस्लाम उपाधि जित्नेमा लक्ष्यमा छन्। नाडालको भने कीर्तिमान २१औं ग्राण्डस्लाम जित्ने लक्ष्य सकिएको छ।