निर्वाचन आयोगप्रति ओलीको असन्तुष्टि , भन्छन् 'मतपत्र ब्लाकेन्टह्वाईट भए हुन्छ, हरियो मान्य हुन्न'

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनसम्बन्धि निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङ समेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले काँग्रेसको निर्वाचन चिन्ह रुख हरियो हुने भएकाले आयोगले उनीहरुसँगै परामर्श गरेर निर्वाचन चिन्ह हरियो रङको बनाउने निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटव्यूरो बैठकमा बोल्दै अध्यक्ष ओलीले हरियो रङ रुख अनकूल हुने गरी किन निर्वाचन चिन्हको रङ रोज्न परेको भनि निर्वाचन आयोगसँग प्रश्न गरे । उनले निर्वाचन आयोगसँग आफ्नो पार्टीका लागि रातो सूर्य अनुकूलको रङ राख्न पनि माग गरे । दलहरुसँग परामर्श समेत नगरी निर्वाचन आयोगले सत्तारुढ गठबन्धनसँग भित्री साँठगाँठ गरेर निर्वाचन सम्बन्धि तयारीको कामलाई अघि बढाएको अध्यक्ष ओलीको आरोप थियो । उनले दलहरुको निर्वाचन चिन्हको रङ ब्लाकेन्टह्वाईट भएको भए मान्य हुने धारणा पनि राखे । निर्वाचन आयोगको क्रियाकलापले आगामी निर्वाचनमा भरतपुर काण्ड, सिरहा काण्ड दोहोरिन सक्ने भन्दै मतपेटिकाको सुरक्षा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले सचेत गराए । अध्यक्ष ओलीले भने, ‘निर्वाचन आयोगले पनि दलहरुसँग परामर्श गर्नु पर्छ । अनि निर्वाचन चिन्हहरुको रङ पनि दलहरुको परामर्श लिनुपर्दैन । कस्तो स्वेच्छाचारिता हो यो ? गठबन्धनसँगको भित्री परामर्शबाट भएका निर्णयहरु हुन यी । त्यसकारण निर्वाचन आयोगले सत्ता गठबन्धनसँग भित्री परामर्श गरेर हरियो, निलो रङ राख्नुपर्ने रङ बदल्नुपर्ने अनि अहिलेसम्म रङको कारणले चनाव चिन्ह चिनिएन भनेर कुनै दल वा मतदाताबाट आयो र । हामीले रङको कारणले चिनेनौं रङको कारणले कन्फ्युन भयो भन्ने त आएन । त्यसकारण रङ बदलेर हरियो चाँही किन राख्नु प¥यो ? चिन्हमा हरियो रुखलाई किन राख्नु प¥यो ? तर अरुको चाँही चिन्ह त्यस्तो नमिल्न सक्छ । सूर्य कसरी हरियो हुन्छ । कि त सिम्बोलिक ब्लाकेन ह्वाईटमा जानुप¥यो । कि जसको जुन चिन्ह हो, त्यही अनुसार हामीलाई रातो सूर्य देऊ । अनि हामीलाई रातो सूर्य नहुने अनि रुखको जस्तो रङ छ, त्यस्तै गर्नुपर्ने ? यो सत्तासाठगाठ होइन भने के हो ? निर्वाचन आयोगले यस्ता कुराहरु दलहरुसँग परामर्श नगरी गर्दै जाने कुराहरु उचित होईनन् । र यसको लक्षण निर्वाचन आयोगको क्रियाकलाप उही भरतपुर काण्ड, सिरहा काण्ड उस्तै देखिने त होइन ? त्यस्तै हुँदै जाने त होईन । त्यो देखिदै आएको छ । पहिलो निर्वाचन आयोगको जस्तो खालको क्रियाकलाप थियो, गतिविधि थियो । स्पष्टै एमाले विरुद्ध थियो । यो कुरा नदोहोरियोस् भन्ने हामी चाहन्छौं । प्रसंग के मात्रै हो भने हामी निर्वाचन तर्फ जाँदैछौं । निर्वाचनको तयारीतर्फ जाँदैछौं । तयारीका क्रममा यस्ता कुराहरुले हामीले सजकताका साथ हेर्नुपर्छ । र, मैले भन्ने गरेको छु–यस पल्ट हामी मतपेटिका आँखाबाट ओझेल परेको हुन दिन मञ्जुर गर्दैनौं । किनभने हाम्रो आँखा अगाडि मतमेटिका हुनुपर्दछ । हाम्रो आँखा अगाडि मत हालिनुपर्दछ । हाम्रो आँखा अगाडि मतपेटिकाको सुरक्षा हुनुपर्दछ ।’ अध्यक्ष ओलीले दलहरुसँग परामर्श नगरी निर्वाचन सम्बन्धि कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए । उनले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर तीन वटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै सोही अनुसारको तयारी गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे। 

सम्बन्धित सामग्री

काठमाडौँमा ५२ प्रतिशतमात्र मत खस्यो, निर्वाचन आयोग असन्तुष्ट

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं जिल्लामा ५२ प्रतिशतमात्र मत खसेको जानकारी दिएको छ। निर्वाचन आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर धेरै मतदाता भएको ठाउँमा कम खसेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेक छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले काठमाडौंमा ५२ प्रतिशतमात्रै खसेको प्रारम्भिक तथ्यांक प्रस्तुत गर्दै शनिबारसम्म विस्तृत तथ्यांक आउने दाबीसमेत गरे।

निर्वाचन आयोग पुगेरै एमालेले पोख्यो असन्तुष्टि, के केमा छ आपत्ती?

काठमाडौं : नेकपा (एमाले)ले निर्वाचन आचारसंहिताको बारेमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ। एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीले आयोगको ध्यानाकर्षण गराएको हो। एमालेले आचारसंहिताको दफा ४ को प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफ्नो दलको पक्षमा मत माग्न र उम्मेद्वार स्वयंलाई प्रचार गर्न निषेध गरेको बताएको छ। ‘निर्वाचन भनेको मत…

रेशम चौधरी निर्वाचन आयोग जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोग

निर्वाचन आयोग सरकारको कठपुतली बन्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग ‘सरकारको कठपुतली’ बनेको आरोप लगाएका छन् । नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा मंगलबार ट्वीट गर्दै संवैधानिक आयोगले नै लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी ...

निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको जसपा उपेन्द्र यादव पक्षको निष्कर्ष

जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षले निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष निकालेको छ । अध्यक्ष उपेन्द्र यादवले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका पदाधिकारी र बहुमत सदस्यले गरेको निर्णयलाई आयोगले दल दर्ता किताबमा अद्यावधिक नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘निर्वाचन आयोगको निर्णयले पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रूपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ, जुन कार्य विधिसम्मत देखिँदैन,’...

ओलीको निर्णयविरुद्ध माधव समूह फेरी निर्वाचन आयोगमा

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान विपरीत निर्णय गरेको भन्दै माधवकुमार नेपाल पक्ष फेरी निर्वाचन आयोग पुगेको छ।समूहले आज साँझ फागुन २३ गतेको फैसला विपरीत अध्यक्ष ओलीले निर्णयलाई सच्याउन माग गर्दै लिखित रूपमा आयोग पुगेर असन्तुष्टि व्यक्त गरेको हो। नेता वेदुराम भुसालले भने, ‘ओलीको कदम विधान, राजनीतिक ऐन र संविधान विपरीत छ, लिखित रुपमा पत्र बुझाएका छौं।’

ओलीको व्यंग्यबाणः कानुनी विषयमा अप्ठ्यारो लागे गोविन्द केसीलाई सोध्नू

२६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र डा. गोविन्द केसी दुबैप्रति व्यंग्य गरेका छन् । उपचारका लागि बैंकक जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सरकार गठनको प्रक्रियामा विलम्ब गरिएको भन्दै असन्तुष्टि जनाए । निर्वाचन आयोग ब्लाकमेलिङको शिकार भएको सुनिएको भन्दै उनले भने, 'कति …