युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाको एफडब्लूसीएमएस प्रणालीमा नेपालका केही वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरिएको विषयमा सरकारको चासो रहेको बताएका छन् ।
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तथा पुनःनिर्माणलाई सरकारले तीव्रता दिएको छ। स्थानीयको आवतजावत सहज बनाउने उद्देश्यले क्षतिग्रस्त पुलहरूलाई प्राथमिकताका आधारमा मर्मत तथा पुनःनिर्माण गर्न लागिएको हो। बाढीबाट क्षति पुगेका पुलमध्ये १२ वटाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ। ती पुलहरूलाई आगामी असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी काम […]
३० भदौ, सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका–४ गोले टोलमा चट्याङ लाग्दा १२ वर्षीया दिना मोक्तानको मृत्यु भएको छ ।
घाइते अवस्थामा अस्पताल पुर्याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको …
हुम्ला । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ । सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीले खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट […]
३० भदौ, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा राति टेन्ट टाँगेर धर्नामा नबस्न प्रहरीले माइकिङ गरेको छ ।
आज रातिबाट माइतीघर क्षेत्रमा कोही पनि धर्ना बस्नका लागि टेन्ट टाँगेर बस्न नपाउने भएका हुन् । अहिले सो क्षेत्र …