बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

हेटौंडा । बागमती प्रदेशमा हालसम्म ९६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हेटौंडाबाट खोप अभियान शुरू भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । खोप अभियान तीव्ररूपमा सञ्चालन गरिएको र समुदायमै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षतिमात्र नभई अर्थतन्त्रमा समेत क्षति पुर्‍याएको भन्दै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताए । मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफै पुगेर कोरोना संक्रमणविरुद्धको खोप शिविर सञ्चालन गराएका थिए । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना संक्रमणविरुद्धको खोप लगाएको छ । कोरोनाविरुद्धको खोप लगाउने र स्वाब संकलन कार्य जिल्लामा जारी रहेको बताइएको छ । जिल्लामा कोरोना संक्रमण हुनेको संख्या हालसम्म १७ हजार ९११ जना र हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या १७१ जना रहेको कार्यालयले बताएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रति घट्दै गएको छ । रासस

सम्बन्धित सामग्री

बागमती प्रदेशका दुई लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

हेटौंडा : बागमती प्रदेशमा २ लाख बढी बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ। सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरूद्धको मोर्डना खोप लगाइने भएको हो। यसका लागि २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलब्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।आइतबार बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान सुरु हुनेछ। यी जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान

बागमतीका २ लाख बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

बागमती प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोना विरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइने भएको हो ।यसका लागि प्रदेशका ११९ वटा स्थानीय तहहरूलाई २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलव्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा आइतबारबाट खोप अभियान शुरू हुनेछ । यी जिल्लाका विद्यालयमा पु

बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

हेटौंडा । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएका छन् । यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले बताएको छ ।      मन्त्रालयका अनुसार ६ लाख १ हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउने बाँकी रहेको छ । पछिल्ला दिनमा खोप लगाउने क्रम बढेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । सरकारद्वारा खोप उपलब्ध पर्याप्त मात्रामा गराएसँगै पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या बढेको हो । प्रदेशमा अहिले पनि सात लाख ८३ हजार ३१ जनाले खोप लगाउन बाँकी रहेको बताइएको छ । कोरोना सङ्क्रमणविरुद्ध कोभिशिल्ड, भेरोसेल, अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ । यसैबीच मकवानपुर जिल्लामा कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनस्वास्थ्य कार्यालयले मकवानपुरले बताएको छ । कार्यालयका अनुसार जिल्लामा ५९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । तीमध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा ८८ प्रतिशत रहेका छन् । ग्रामीण तथा दुर्गम पहाडी क्षेत्रमा २४ देखि ३० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा ५९ प्रतिशतले एक पटक र ५१ प्रतिशतले पूर्ण खोप लगाएको कार्यालयले बताएको छ । जिल्लामा १८ वर्षमाथिका तीन लाख चार हजार ६४७ जनसंख्या रहेको र चालू आर्थिक वर्षमा सबैलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य रहेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । रासस

बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएको छ ।   यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउने बाँकी रहेको छ । पछिल्ला दिनमा खोप लगाउने क्रम बढेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । सरकारद्वारा खोप उपलब्ध पर्याप्त मात्रामा गराएसँगै पहिलो र दोस्रो डोज खोप लगाउनेको सङ्ख्या बढेको हो । प्रद

सबैभन्दा बढी खोप बागमतीमा, कम कर्णाली प्रदेशमा

सात प्रदेशमध्ये बागमती प्रदेश सबैभन्दा बढी कोरोनाविरुद्धको खोप लगाउने प्रदेशको रूपमा रहेको छ । जनसंख्या र जोखिम बढी रहेका कारण बागमती प्रदेशमा सबैभन्दा बढी खोप लगाइएको सरकारले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा ५७ प्रतिशतले पूर्णमात्राको खोप लगाएको जनाएको छ । यसैगरी बागमती प्रदेशमा खोप अभियानको प्राथमिकतामा परेकामध्ये ६६.५ […]

बागमतीमा १८ लाखले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ– बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ । प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ ले […]

नेपालमा चार लाख ४२ हजारभन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं। नेपालमा चार लाख ४२ हजार ७० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा दुईलाख ३२ हजार ७८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै पूर्ण खोप लगाउने दोस्रो नम्बरमा प्रदेशमा प्रदेश नं २ छ। प्रदेश नं २ मा ७९ हजार ५६६ जनाले पूर्ण खोप लगाइसकेका छन् भने तेस्रो नम्बरमा लुम्बिनी छ।

कोरोनाविरुद्धको खोप लगाउने बागमती प्रदेशमा धेरै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बागमती प्रदेशमा धेरै रहेको छ। देशभर कोरोनाको खोप लगाउनेको संख्या ३६ लाख ५३ हजार १७३ हुँदा बागमती प्रदेशमा मात्रै १४ लाख ७४ हजार ३२२ जनाले खोप लगाएका छन्। यसमा पहिलो मात्रा लगाउनेको संख्या ८ लाख ९२ हजार ८६ छ भने दोस्रो मात्रा लगाउनेको संख्या ५ लाख ८२ हजार २३६ छ।

बागमती प्रदेशमा झण्डै दुई लाख जनाले लगाए कोरोनाविरुद्ध खोप

हेटौंडा । बागमती प्रदेशमा झण्डै दुई लाख जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । प्रदेशका १३ वटा जिल्लाका विभिन्न खोप केन्द्रबाट दुई चरणमा गरी एक लाख ९८ हजार २ सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएको बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले जनाएको छ ।नेपाल सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा र दोस्रो चरणमा ६५ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई निःशुल्क कोरोनाविरुद्धको खोप सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।प्रदेशभरका १३ जिल्लाका स्थानीय तहमार्फत दोस्रो चरणको खोप सेवा सञ्चालन भइरहेको बा

बागमतीमा ६४ हजारलाई कोभिडविरुद्धको खोप लगाइने

कोरोना भाइरस संक्रमण ९कोभिड९१९० विरुद्धको खोप बागमती प्रदेशमा पनि लगाउन सुरु गरिएको छ । बुधबार हेटौंडामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. प्रविण श्रेष्ठलाई कोरोनाविरुद्धको खोप लगाएर...