प्रदेश-१ र बागमतीमा मुख्यमन्त्री फेर्ने निश्‍चित

काठमाडौँ- पार्टीभित्र विग्रह-विभाजनसँगै एमालेले अब प्रदेश-१ र बागमती को मुख्यमन्त्रीसहित सत्ता गुमाउनुपर्ने स्थिति पैदा भएको छ । पार्टीको आन्तरिक कलहकै कारण एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र सत्ता गुमाइसकेको छ । सत्तारुढ गठबन्धनभित्र प्रदेश-१ र बागमती मा सत्ता बाँडफाँटसम्बन्धी छलफल शुरु भएको र छिट्टै निर्णय…

सम्बन्धित सामग्री

मन्त्रीहरूलाई माधव नेपालको निर्देशन : विवादित काम र हावादारी गफ नगर्नुस्

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पार्टीको तर्फबाट सरकारको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री र मन्त्रीहरूलाई काममा केन्द्रित हुन निर्देशन दिएका छन्। शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपाल भने, ‘संविधान र लोकतन्त्र जोगाउनको लागि गठबन्धन बनाएका छौँ। कानुनी समस्याको कारण पार्टीको आकार लिन समय लाग्यो। हामीले संघीय सरकार सरकारमा पनि प्रवेश गरेका छौँ। प्रदेश-१ र बागमतीमा हाम्रो नेतृत्व

प्रदेश १ मा सरकार परिवर्तनको सम्भावना : आइतवार विश्वासको मत लिँदै मुख्यमन्त्री

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि आइतवार मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । आचार्य मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । एमाले विभाजन भएपछि उनले बहुमत जुटाउन नसक्ने अड्कल गरिँदै आएको छ । पहिले माधव नेपाल पक्षधर उनी मुख्यमन्त्री पद पाएपछि ओली पक्षमा लागेका थिए । शुक्रवारको सदनमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने विषयमा राजनीतिक कुरा भने गरेनन् । संसद्लाई सम्बोधन गर्दै आचार्यले बाढीपहिरोका कारण भएको धनजनको क्षतिबारे सदनलाई जानकारी दिएका थिए । गत असोज २५ गते संवैधानिक प्रावधान अनसार आचार्यले विश्वासको मत चाहिएको प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए । भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल व्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको प्रतिपक्षी दलहरूको आरोप छ । प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । यो संख्या सरकार टिकाउन पुग्दो संख्या होइन । संसद्मा स्पष्ट बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा बसेको छ । विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद छन् । केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ, जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने तय भएको छ ।

बागमतीमा कांग्रेस र एकीकृत समाजवादीबीच सहमति

काठमाडौं, असोज ४ । बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेस र एकीकृत समाजवादीले आधा आधा कार्यकाल चलाउने सहमति भएको छ । वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेको र केही दिनमै पदमुक्त हुने भएकाले नयाँ मुख्यमन्त्रीको कार्यकालका सन्दर्भमा दुई दलबीच सहमति भएको हो । यसअघि प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । […]

नेकपा (एस)लाई प्रदेश १ र बागमतीमा मुख्यमन्त्री दिनु बाध्यता : रक्षामन्त्री रिजाल

नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिनुपर्ने बाध्यता रहेको बताएका छन् ।  गृह जिल्ला मोरङ आएका रिजालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्ता साझेदार भएकाले बाध्यताका कारण मुख्यमन्त्री दिनुपर्ने बताएका हुन् ।  एउटा मन्त्रीसँग दुईवटा मन्त्री साट्नु भएको भन्ने प्रश्नमा उनले भने, ‘मन्त्रीसँग मुख्यमन्त्री साटिएको होइन, शक्ति सन्तुलन गरेको हो ।’

सुदूरपश्चिमको मुख्यमन्त्री फेर्न माग गर्दै काँग्रेस नेताहरु बालुवाटारमा

नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँग्रेस नेताहरु असन्तुष्ट देखिएका छन् । अब काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका काँग्रेस नेताहरु शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ आएका छन् ।सुदूरपश्चिम प्रदेशबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार आइपुगेको हो । प्रदेश १ वा बागमतीमा काँग्रेसले आफ्नो दाबी  छाडेपछि अब सुदूरपश्चिममा काँग्रे

प्रदेश १ र बागमतीमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्छः माधव नेपाल

काठमाडौँ– एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमतीको मुख्यमन्त्री आफ्नो पार्टीले पाउने दाबी गरेका छन्। रौतहट–काठमाडौँ सम्पर्क मञ्चलाई एकीकृत समाजवादीमा रुपान्तरण गर्न आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले भएका मुख्यमन्त्रीलाई बिदाइ गरेर आफ्नो पार्टीले नेतृत्व लिने बताएका हुन्। साविक एमालेमा नेता नेपाललाई साथ दिँदै आएका भीम आचार्य प्रदेश १ र अष्टलक्ष्मी शाक्य बागमतीमा […]

शाक्य र आचार्यको कुर्सी धरापमा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य स्पष्ट अल्पमतमा परेका छन् । सरकार बचाउन प्रदेश १ मा शेरधन राई र बागमतीमा डोरमणि पौडेलले माधवनिकट मानिएका नेताहरूलाई सत्ता...

प्रदेश-१ र बागमतीमा मुख्यमन्त्री फेर्ने निश्‍चित

काठमाडौँ- पार्टीभित्र विग्रह-विभाजनसँगै एमालेले अब प्रदेश-१ र बागमती को मुख्यमन्त्रीसहित सत्ता गुमाउनुपर्ने स्थिति पैदा भएको छ । पार्टीको आन्तरिक कलहकै कारण एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र सत्ता गुमाइसकेको छ । सत्तारुढ गठबन्धनभित्र प्रदेश-१ र बागमती मा सत्ता बाँडफाँटसम्बन्धी छलफल शुरु भएको र छिट्टै निर्णय…

ओलीसँग गठबन्धन नगर्न देउवालाई दबाब, ओलीमाथि किन यतिधेरै अविश्वास ?

काँग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको संस्थापन इतर समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग केन्द्र र प्रदेशमा गठबन्धन नगर्न दबाब दिएको छ । प्रदेश सरकार गठबन्धनको विषयमा छलफल गर्न देउवाले बोलाएको बैठकमा उनीहरुले ओलीसँगको गठबन्धन आत्मघाती हुने चेतावनी दिएका छन् । प्रदेश १ र बागमतीमा मुख्यमन्त्री विरुद्ध नेकपाको प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका दु्बैकै समूहको तानातानमा काँग्रेस परेको छ । काँग्रेस नेता रामचन्द्र पौडेलले कुनैपनि सिद्धान्त र तर्कले ओलीसँग मिल्न नमिल्ने तर्क गरे । कान्तिपुरमा विस्...

प्रदेशमा मुख्यमन्त्री काँग्रेसले पाउने सम्भावना, नेकपाका दुबै पक्षको आयो अफर

प्रदेश सरकार फेरबदलको कसरमा चलिरहेको बेला नेकपाका दुबै समूहले काँग्रेसलाई प्रदेश १ र बागमतीमध्ये एउटमा मुख्यमन्त्री दिन सकिन भन्दै गठबन्धनको अफर गरेका छन् । नेकपाका दुबै समूहले मुख्यमन्त्री भागबण्डा गरेर गठबन्धन गर्ने औपचारिक प्रस्ताव गरेपनि सहमति नहुँदा निर्णय गर्न भने नसकेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । नेकपाको केपी ओली पक्षका मुख्यमन्त्रीलाई हटाउन प्रदेश १ र बागमतीमा प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गराएको छ ।