उज्वेकिस्तानलाई हराउँदै नेपाल बन्यो सेन्ट्रल जोनको च्याम्पियन

नेपाली महिला भलिबल टोली एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियन बनेको छ । साविक विजेता नेपालले आज उज्वेकिस्तानलाई हराउँदै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो ।बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० को जित निकालेको हो । नेपालले सन् २०१९ मा भएको एभिसी एसियन सेन्ट्रल जोनको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।पहिलो सेटमा १२–१७ ले पछि रहेको अवस्थामा नेपालले उत्कृष्ट पूनरागमन गर्दै २०–१८ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि लगातार अंक गुमाउँदा खेल २१–२१ को बराबरीमा पुग्यो । नेपालले ३ पटक सेट प्वाइन्टमा पुग्दै २६–२४ को रोमाञ्चक जित निकाल्यो । दोस्रो सेटमा भने कुनै पनि समय अग्रता लिन नसकेको नेपालले २४–२६ को नतिजामा चित्त बुझाउँदै सेट उज्वेकिस्तानलाई सुम्पियो । उज्वेकिस्तानका प्रशिक्षकले रातो कार्ड खाएपछि नेपालले एक अंक थप्दै खेलमा फर्किने संकेत गरेको थियो । त्यसपछि लगातार ३ अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा पुर्याएको भएपनि नेपालले १ अंक जोड्दा उज्वेकिस्तानले २ पटक सेट प्वाइन्ट लिँदै २६–२४ ले सेट जितेको थियो । तेस्रो सेटमा ११–११ को अवस्थाबाट भने नेपालले लगातार अग्रता बनायो । लगातार ७ अंक जोड्दै नेपालले १८–११ को अवस्था सिर्जना गर्यो । र, थप ७ अंक जोड्दै २५–१५ को सहज जित निकाल्यो । प्रतिस्पर्धात्मक चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले सेट २२–२५ ले गुमायो । जसका कारण खेल पाँचौ सेटसम्म लम्वियो । निकै प्रतिस्पर्धात्मक पाँचौ सेटमा ७–७ को बराबरीबाट अघि बढेको नेपाल १३–९ को अग्रता लिँदै जितको निकट पुग्यो । त्यसपछि २ अंक जोड्दै १५–१० को सेटमा च्याम्पियन बन्यो ।च्याम्पियनसिपमा कुल ६ खेलमा २१ सेट खेलेको नेपालले १८ सेटमा जित र ३ सेटमा हार ब्यहोर्यो । यस्तै श्रीलंकाले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।२३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता थियो ।

सम्बन्धित सामग्री

एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिब क्लब लिगको महिलातर्फ फाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको छ । फाइनलमा पुलिसले एपिएफलाई ३-१ को सेटमा हराउँदै ६ लाख पुरस्कार पक्का गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनलमा २५-१२, २१-२५, २५-२३, २५-१९ को सेटमा हराउँदै उपाधि […] The post एपिएफलाई हराउँदै पुलिस च्याम्पियन first appeared on Hamro Khelkud.

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

१४ जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो । समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए […]

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौँ । हेल्प नेपालले सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि  जितेको छ ।  आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो

विराटनगरलाई हराउँदै लुम्बिनी बन्यो नेपाल टी २० लिगको पहिलो च्याम्पियन

काठमाडौँ: लुम्बिनी अल स्टार्स नेपाल टी २० लिगको च्याम्पियन बनेको छ। आज सम्पन्न फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी प्रतियोगिताको पहिलो च्याम्पियन बनेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा अल स्टार्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर सुरुवाती ब्याटिङ रोजेका थिए। सुरुवाती ब्याटिङमा उत्रिएको अलस्टार्सले १९.२ ओभरमा सबै विकेट…

मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – दुई साता अघि नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको मलेसियालाई हराउँदै क्रिकेट एसोसियसन अफ रुपन्देही-११ ले प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । रुपन्देहीले मलेसियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली रुपन्देहीले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा […]

नेपाल त्रिकोणात्मक टि२० च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको छ । नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल […]

पुलिसलाई हराउँदै न्यू डायमन्ड च्याम्पियन

चितवन (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता च्याम्पियन बनेको छ । आइतबार पूर्वी चितवनको खैरहनीस्थित सिमलटाडीमा रहेको आयोजक कर्पाकेली पुन युवा क्लबको कोर्टमा भएको फाइनलमा न्यु डायमन्डले विभागीय टोली पुलिसलाई ३-२ को सेटमा हराउँदै च्याम्पियन बनेको हो । प्रतिस्पर्धा फाइनल […]

नेपाल पुलिसलाई हराउँदै एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेटको च्याम्पियन

काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्बललाई हराउँदै एपीएफ च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले पुलिसमाथि २१ रनको जित निकाल्दै उपाधि जितेको हो। आज सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा १ बल बाँकी…

उज्बेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन : दोस्रो पटक सेन्ट्रल जोन पोल्टामा

काठमाडौं: एभीसी सेन्ट्रल जोन महिला भलिबलको आज सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाली च्याम्पियन बनेको छ। बंगलादेशसमा सम्पन्न प्रतियोगितामा उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो। आज सम्पन्न खेलमा पहिलो सेट नेपालले पहिलो २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा २४–२६ ले पराजय भोगेको थियो। त्यस्तै तेस्रो सेटमा…