भद्रपुर (झापा), १९ असोज । सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो । मेचीनगर, बुद्धशान्ति, […]
१९ असोज, काठमाडौं । हृदयेश त्रिपाठी, दीपकुमार उपाध्याय लगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा गरिँदैछ ।
त्रिपाठीका अनुसार गैरराजनीतिक नागरिक अभियान चलाउन लागिएको हो । दिउँसो ३ बजे ललितपुरको पुल्चोकस्थित द प्लाजाबाट यो अभियानको घोषणा हुनेछ …
राँझा (बाँके), १९ असोज । दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा चामल बिक्री सुरु गरेको छ । सहुलियत बिक्री केन्द्र सञ्चालन गरेर सबै प्रकारका चामलमा प्रतिक्विन्टल पाँच सय छुट गरी बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका सूचना अधिकारी शिवराज घिमिरेले […]
जुम्ला, १९ असोज । जिल्लामा एक वर्षको अवधिमा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाका राष्ट्रिय परिचयपत्र शाखा प्रमुख कृष्णमाया रोकायाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि चालु आवको दुई […]