काठमाडौँ : त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई हराउँदै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो। संकटालाई ३–० ले पाखा लगाउने क्रममा दिनेश हेमजङले २ तथा जिलेप्सीजंग कार्कीले १ गोल गरे। खेलमा आर्मीका जिलेप्सीले पहिलो हाफको अन्तिममा सुरुवाती अग्रता गोल गरेका थिए। खेलको ४९ औँ मिनेटमा दिनेशले गरेको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो।