काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि फारम बुझाउन आह्वान गरेको छ। शुक्रबार परीक्षाफल प्रकाशन गरेको बोर्डले शनिबार सूचना निकालेर फारम बुझाउन आह्वान गरेको हो। बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा आगामी असोज ३० र ३१ गते हुनेछ। परीक्षामा सहभागी हुन असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्कवापत प्रतिविद्यार्थी ६०० रुपैयाँ बुझाउनुपर्ने सूचनामा उल्लेख छ।तोकिएको अवधिमा फारम भर्न छुटेका विद्यार्थीले असोज १४ गतेभित्र दोब्बर दस्तुर तिरेर असोज २५ गते कार्यालय